Monday, June 1News That Matters

Breaking News 2

उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक स्कुटी चालक पक्राउ

उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक स्कुटी चालक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ३० उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना स्कुटी चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाई घुस दिन खोजेको अभियोगमा जिल्लाको बेलका नगरपालिका–५ बस्ने प्रेम कुमार राइलाई प्रहरीले पक्राउ गरको हो । ईकाला प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरबाट घुम्ने स्थित मदन भण्डारी लोकमार्गमा सम्म संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादैँगरेको प्रदेश १–०२–०४२ प.८४२४ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गरेको थियो । प्रहरीले सो स्कुटी चेकजाँच गर्दा हेल्मेट समेत नलगाई तीनजना सवार रहेको साथै स्कुटीको सवारी दर्ता किताव , सवारी चालक अनुमति पत्र समेत नभएको र चालकले मादक पदार्थ समेत सेवन गरेको थियो । ट्राफिक प्रहरीलाई स्कुटी चालक राईले आर्थिक प्रलोभन देखाई नगद रु पाँच सय घुस दिन खोजेकोले स्कुटी चलाक र स्क...
ताप्लेजुङमा जीप दुर्घटना हुँदा १० जना घाईते

ताप्लेजुङमा जीप दुर्घटना हुँदा १० जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ३० ताप्लेजुङको मेची राजमार्गअन्तर्गत काबेली सडकखण्डको ल्याङबामा जीप दुर्घटना हुँदा १० जना घाईते भएको छन् । सदरमुकाम फुङलिङबाट तेल्लोकतर्फ जाने क्रममा फुङलिङ नगरपालिका–७ दोखु ल्याङवाको पुछार ट्रनिङमा मे १ ज २०५६ नम्वरको बोलेरा जिप दुर्घटनामा परेको हो । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर जीप झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा घाईते भएका मध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । रेफर गरिएकामा फुङलिङ नगरपालिका–४ का ३८ वर्षीय चन्द्र बस्नेत, ३१ वर्षीया नम्रता बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षका रोमन बस्नेत, १७ वर्षीय अब्दुल अरी, सिरीजंघा गाउँपालिका–८ का ३० वर्षीय सन्तमाबो लिम्बू र चालक फुङलिङ नगरपालिका–८ का ३८ वर्षिय डिल्ली विक्रम सुनुवारलाई जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जिल्ला ट्र...
मासु कम दिएको भन्दै बाबुले खुर्पा हानेर छोराको हत्या गरे

मासु कम दिएको भन्दै बाबुले खुर्पा हानेर छोराको हत्या गरे

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ मासुको विषयलाई लिएर विवाद हुँदा सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । बन्गाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीया नीमबहादुर कवरले खुर्पा प्रहार गरेर ३३ वर्षीय छोरा रुपलाल कवरको हत्या गरेका हुन् । मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाबुको खुर्पा प्रहारबाट रुपलालको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालसँग झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा गएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नीमबहादुरले गल्ती स्वीकारी सकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
कर्मचारीहरुबीचको ब्याड्मिन्टनमा घरेलु हाकिमको जोडी प्रथम, सहायक सिडियोको जोडी दोस्रो

कर्मचारीहरुबीचको ब्याड्मिन्टनमा घरेलु हाकिमको जोडी प्रथम, सहायक सिडियोको जोडी दोस्रो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २२ । कर्मचारी मिलन केन्द्र, उदयपुर ब्याड्मिन्टन क्लव २०७८ को आयोजनामा विहिबार भएको ब्याड्मिन्टन प्रतियोगितामा घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ र भेटेनरी कार्यालय प्रमुख अजय साहको जोडी प्रथम भए । महान चाँड दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा १४ टिमलाई पछि पार्दै खाँ र साहको जोडी प्रथम भएको हो । प्रतियोगितामा सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल र गाईघाट दिक्तेल सडक कार्यालयका चालक प्रमोद श्रेष्ठको जोडी दोस्रो भयो भने डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेल र कर कार्यालय गाईघाटका कर्मचारी मदन दाहालको जोडी तेस्रो भए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः दुइहजार, एक हजार र पाँच सय नगद पुरस्कारसहित मेडेल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम पुरस्कार मिलन केन्द्रको अध्यक्षसमेत रहेका वन ...

उदयपुर सिमेन्ट उद्योग, जलजलेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसंग पूर्णपुष्टिको प्रश्नहरु

Breaking News 2, Purnapusti TV
https://youtu.be/dFsZKUhYxA0 यस अन्तर्वार्ता थप सम्बाद https://www.youtube.com/channel/UCwnVxvlEJsYJ5Sl8PdmhKGg मा हेर्न सक्नुहुनेछ  
त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष संञ्चालन

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष संञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १७ जिल्ला प्रहरी कार्यालय उयदपुर र ट्राफिक प्रहरी उदयपुरले चाँडबाँडलाई मध्यनजर गर्दै त्रियुगा बस पार्कमा यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । आईतबार प्रहरी प्रमुख (एसपी) सुवास चन्द्र बोहोराले यात्रु सहायता कक्षको औपचारीक उद्घाटन गर्दै पूर्ण रुपमा संञ्चालनमा आएको बताउनुभयो । दशैँ तथा अन्य चाँडबाँडहरु नजिकिए सँगै यात्रुहरुको सफल यात्रा र गन्तव्यलाई सहयोग पुराउने उदेश्य सहित कक्ष स्थापना गरिएको एसपी बोहारोले बताउनुभयो । ट्राफिक प्रहरी, जिल्ला प्रहरी र सवारी चालकहरुको उपस्थिति गराई कक्षा संञ्चालन भएको छ । चाँडबाँडको बेला यात्रा असुरक्षित हुने र यसलाई सुरक्षित गर्न सवारी तथा सवारी चालकहरुले केकस्ता भुमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल समेत भएको छ । चाँडबाँडमा यात्रुहरुको बाढी चाप हुने र सवारी चालकहरुले लापर्वाही यात्रु ओसार पसार गर्नाले दुर्घटनाको कारण बन्दै गएको भन...
राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा र्याली सहित विश्व अहिंसात्मक दिवस उदयपुरमा पनि मनाईयो

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा र्याली सहित विश्व अहिंसात्मक दिवस उदयपुरमा पनि मनाईयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १६ उदयपुरको गाईघाटमा शनिवार भूमि अधिकार मञ्च उदयपुरको आयोजनामा विश्वअहिंसात्मक दिवस र्याली सहित मनाईएको छ । विश्वलाई शान्ति राख्न पहिले हिंसात्मक गतिविधि हुनुहुँदैन विश्व शान्ति भए आफ्नो देशनै शान्ति हुन्छ भन्दै र्याली सहित यो दिवस उदयपुरमा पनि मनाईएको हो । अहिंसावादी नेता माहात्मा गान्धीको जन्म उत्सवको अवसर पारी अहिंसात्मक विश्व निर्माणका लागि चेताना फैलाउँदै गाईघाट स्थित त्रियुगा बसपार्क देखि आँखा अस्पताल हुँदै बजार परिक्रमा गरी बरुवा बसपा सम्म र्याली कार्यक्रम र कोणसभा गरी कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय भूमि अधिकार मञ्च उदयपुरका अध्यक्ष सन्त बहादुर सुनुवारले बताए । कार्यक्रममा उपाध्यक्ष गोमा राई, जिल्ला सचिब राजेश बि क, संयोजक फुर्तीमान राई, कार्यलय सचिब सन्तोषी बि क र कटारी, चौदण्डीगढी ,त्रियुगा नगर मञ्चका अगुवा सदस्यहरूको सहभागी थियो ।...
नेपाल सहित २७ ओटा देशको दशैँको टिका साईत सार्वजानिक कुन देशमा कति बजे ?

नेपाल सहित २७ ओटा देशको दशैँको टिका साईत सार्वजानिक कुन देशमा कति बजे ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १५ अन्तराष्ट्रिय पञ्चाङ निर्णय समितिले यो बर्षको दशैँको टिकाको उत्तम साईत सार्वजानिक गरेको छ । समितिले नेपाल सहित २७ ओटा देशको उत्तम टिका साईत सार्वजानिक गरेको हो । नेपालीहरुको माहान चाँडको रुपमा मनाईने दशैँ बिभिन्न देशमा रहेको नेपालीहरुले पनि आफु रहेको देश बाटै मनाउने गर्छन् । नेपालीहरुले दशैँलाई माहान चाँड र महत्वका साथ मनाउने गर्छ यसै शिलशिलामा यो बर्षको दशैँ नजिकिए सँगै पंञ्चाङ समितिले सुभ साईत सार्वजानिक गरेको जनाए छ । यो दशैँमा नेपालको लागि असोज २९ गते बिहानको १० बजेर २ मिनेटमा टिका लगाउने उत्तम साईत रहेको समितिले जनाएको छ । बिभिन्न रोजगार तथा पढाईको शिलशिलामा बिदेशमा रहेको लाखौँ नेपालीहरुले दशैँलाइ आफुबसोवास गरेकै देश बाट महत्वका साथ मनाउँदै आईरहेको भन्दै बिभिन्न देशको सुभ साईत सार्वजानिक गरेको समितिले बताए । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसा...
पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज १४ । भेटघाट ब्याड्मिन्टन क्लवले चुहाडेमा आयाेजना गरेकाे जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियाेगिताकाे पहिलाे चरणकाे सबै खेल आज सकिएकाे छ । बी डिभिजन तर्फकाे पहिलाे चरणकाे सबै खेल सकिएकाे हाे । आयाेजकले भाेलि बी डिभिजनका साथै ए डिभिजनकाे सेमिफाईनलसम्मका खेलहरु सम्पन्न गर्ने र पर्सी फाईनल गर्ने जनाएकाे छ ।...
खुकुरी हानाहन गरी घाईते भएका दुवैलाई एउटै हेलीबाट अस्पताल लगियो

खुकुरी हानाहन गरी घाईते भएका दुवैलाई एउटै हेलीबाट अस्पताल लगियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ रुकुम पश्चिममा दुई समूह बिच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहानबाट दुवै समुह बाट एकएक जना घम्भिर घाईते भएको छ । घम्भीर घाईत दुवै समुहका बिरामीलाई बिहिबार एउटै हेलीबाट सुर्खेत लगिएको छ । बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते बनायो । फेरी त्यहि दिन करिब तीन घन्टा पछि बेलुका सात बजेतिर सोही ठाउँको सल्लेरीका ६२ वर्षीय लक्षे कामीमाथि अर्को एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । ‘सुरूमा पुरानो रिसइबीका कारण बोहोरोमाथि एक समूहले आक्रमण गरेको र त्यसपछि आक्रोशित बोहोरा पक्षले फेरि कामीमाथि खुकुरी हानेको देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए । घटनापछि बुधबार बेलुका नै घाइतेलाई थप उपचारका लागि बाहिरी जिल्...