Friday, August 28News That Matters

Breaking News 2

लिम्चुङबुङमा जनप्रतिनिधिलाई खरिद गर्ने चारपांग्रे सवारी साधनको पैसाले सर्बसाधारणको लागि बस खरिद

लिम्चुङबुङमा जनप्रतिनिधिलाई खरिद गर्ने चारपांग्रे सवारी साधनको पैसाले सर्बसाधारणको लागि बस खरिद

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १६ लिम्चुङबुङमा जनप्रतिनिधिलाई खरिद गर्ने चारपांग्रे सवारी साधनको पैसाले सर्बसाधारणको लागि बस खरिद गरिएको छ । स्थानीय सरकार लिम्चुङबुङ गाउँपालिकाले उदयपुरको दुर्गम क्षेत्रमा यातायात सेवा सुरु गरेको हो । बस खरिद गरी पालिकाबासी र आसपासका दुर्गम क्षेत्रका नागरिकहरुका लागि यातायात सेवा सुरु गरेको पालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । सर्बसाधारणको हितमा थालिएको यातायात सेवा सुलब गरिएको छ । अध्यक्ष राईले भन्नुभयो –“जनप्रतिनिधि गाडी चढ्ने भन्दा पहिले जनताको सुविधालाई प्राथमिकता दिइएको छ ।” यातायात सेवाका लागि पालिका आफैले खरिद गरेको एउटा बस हिजोबाट सञ्चालनमा आएको छ । पालिकाको सदरमुकाम बराहास्थित राईचौकदेखि जिल्ला सदरमुकाम गाईघाटसम्मको यात्राका लागि सेवा सुरु भएको हो । लिम्चुङबुङबाट गाईघाट ६५ किलोमिटर कच्ची सडक दुरी छ । प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार ...
उदयपुरमा गाँजा सहित २ युवक पक्राउ

उदयपुरमा गाँजा सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १६ उदयपुरको चौदण्डिगढी नगरपालिका–४ नमुना चौकबाट गाँजा सहित प्रहरिले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुर का २९ बर्षिय जिबछ मण्डल र १९ बर्षिय रुपेश कुमार सरदार रहेका छन् । हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स। ११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो । मोटरसाईकल सहित पक्राउ परेका दुबैजनालाई  ईलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको छ ।...
५५ हजार राशिका साथ खोटाङको खोटेहाङ गाउँपालिका सावाकटहरे अन्तर वडा स्तरी भलिवल प्रतियोगिता आजबाट सुरु

५५ हजार राशिका साथ खोटाङको खोटेहाङ गाउँपालिका सावाकटहरे अन्तर वडा स्तरी भलिवल प्रतियोगिता आजबाट सुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १५ खोटाङको खोटेहाङ गाउँपालिका स्थित सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता आजबाट हुँदैछ । खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे खोटाङको मुख्य प्रायोजन र युवा तथा खेलकुद विकास समितिको आयोजनामा दोस्रो सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता आज बाट सुरु भएको आयोजकले जनाएको छ । गाउँपालिका प्रमुख प्रदिप राईले खेलको औपचारिक उद्घाटन गर्ने भएको छ । आयोजक सहित करिब १० टिमले खेलमा सहभागी जनाउने कार्यक्रम संयोजक आभिष राईले जानकारी दिए । खेलको भव्य तयारीका साथ बुधबार बाट प्रतियोगिता भएको राईले बताए । खेल आज बाट सुरु भई १८ गते सम्म हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५५ हजार नगद अन्य पुरस्कारहरु समेत पाउने छ ।...
जनगणना सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा पुस्तिका बुझाउनेको घुँईचो (फोटो फिचरसहित )

जनगणना सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा पुस्तिका बुझाउनेको घुँईचो (फोटो फिचरसहित )

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर १४ राष्ट्रिय जनगणना २०७८ औपचारीक रुपमा सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा भरिएका पुस्तिका लगाएतका सामाग्री बुझाउनेको घुँईचोे लागेको छ । मुख्य गणना कार्य कार्तिक २५ देखि सुरु भएर मंसिर ९ गते सकिएको छ । १५ दिनको अवधिमा सुपरिवेक्षक र गणकले भरेका मुख्य प्रश्नावली, कन्ट्रोल फारम, सामुदायीक प्रश्नावली, अनुगमन फारम, मातृशिशु मृत्युदर फारम, कार्य सम्पन्नता फारम, नक्सा लगाएतका सामाग्री बुझाउनेको घुँईचोे लागेको हो । कार्यालयमा सामाग्री बुझाउने अन्मि समय भोली सम्म मात्र रहेको जिल्ला जनगणना कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले बताउनुभयो । जिल्लाको तीन स्थान कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा सामाग्री संकलन कार्य भईरहेको महतोले बताउनुभयो । सम्पूर्ण सामाग्री बुझाएका सुपरिवेक्षक र गणकहरुलाई प्रमाण पत्र प्रदान गरि विदाई गर्ने कार्य पनि भईरहेको उहाँले बताउनुभयो । ...
नगदसहित ७ जुवाडे पक्राउ

नगदसहित ७ जुवाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १४ झापाको दमक नगरपालिका–६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा नगदसहित सात जना जुवाडे पक्राउ परेका छन् । होटल संचालक दमक नगरपालिका–६ का ५० वर्षीय पवन लिम्बु, दमक–१ का ३५ वर्षीय भक्तीश्वर देवान, दमक–२ का ४५ वर्षीय प्रमोद लिम्बु, दमक–९ का ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुनन्द–८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली–१ का ४३ वर्षीय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे–१ का ४७ वर्षीय राज कुमार श्रेष्ठ पक्राउ परेका हुन् । हिजो बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधरमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु.एक लाख ५७ हजार र तीन बुङ ताससहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।...
एसियन लाईफ इन्स्योरेन्सको ४६ औँ शाखा गाईघाटमा उद्घाटन

एसियन लाईफ इन्स्योरेन्सको ४६ औँ शाखा गाईघाटमा उद्घाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १२ एसियन लाईफ इन्यस्योरेन्सको ४६ औँ गाईघाट शााखाको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रमको साथमा शाखाको उद्घाटन भएको हो । एसियन लाईफ इन्स्योरेन्स कम्पनी प्रदेश नं २ का प्रमुख रामरुप सहनीले रिबन काटेर शाखाको उद्घाटन गरेको हो । देशभर गाईघाट सहित ४६ शाखा र १ सय भन्दा बढी उपशाखाहरु रहेका यस कम्पनीको गाईघाटमा उपशाखाको रुपमा मात्र रहेका थिए । उपशाखाको काम र तार्गेटको आधारमा गाईघाटलाई पनि शाखा बनाइएको छ । उद्घाटन कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । कम्पनीका लागि तारगेट पुरा गरी उत्कृष्ट अभिकर्ता बन्न सफल भएका एक दर्जन बढी अभिकर्ताहरुलाई पुरस्कार प्रदान गरिएको गाईघाट शाखाका प्रमुख बाल कुमार राईले बताउनुभयो । राईका अनुसार १ बर्षमा ५ लाख बराबरको बिमा गराउने ५ जना, १० लाख बढी गराउने ३ जा, १५ लाख भन्दा बढी गराउने २ जना र २५ लाख बढी ग...
सुनको कछुवा सहित चार जना पक्राउ

सुनको कछुवा सहित चार जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १ सुनको कछुवा सहित चार जना लाई काठमाडौं महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाहरुमा काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ सहित चार जना रहेका छन् । काठमाडौं महानगरपालिका–१३ सोल्टी दोबाटोबाट शनिबार साँझ १ थान सुनको कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित चार जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।...
चिर्पटले हानेर आमाको हत्या छोरा पक्राउ

चिर्पटले हानेर आमाको हत्या छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ११ पाल्पामा चिर्पट दाउराले आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरिले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आफ्नै बृद्धा आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । मदिरा सेवन गरि ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा आमाको मृत्यु भएकोे तथ्य प्राप्त भएपछि कृष्णबहादुरलाई प्रहरिले नियनत्रणमा लिएको हो । पक्राउ परेका कृष्णबहादुरलाई आवश्यक कारवाही अगाडि बढाइएको प्रहरिले जनाएको छ ।...
जनगणनाको क्रममा एक गणकले गरे आत्महत्या, दुईको मृत्यु

जनगणनाको क्रममा एक गणकले गरे आत्महत्या, दुईको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १० राष्ट्रिय जनगणना २०७८ मा खटिएका दुई गणक र एक सुपरिवेक्षकको मृत्यु भएको छ । रसुवामा एक जना गणकले आत्महत्या गरेको तथ्यांक विभागले जनाएको छ । धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । त्यस्तै, कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ । जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ ।...
विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीद्धारा आत्महत्याको प्रयास

विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीद्धारा आत्महत्याको प्रयास

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १० विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत एक जना बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेको छ । मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेको हो । मण्डलले आज बिहान ६ बजेको समयमा आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए । आइसियूमा राखेर अस्पतालले उनको उपचार गरेको थियो । आइसियूबाट वार्डमा सारेपछि अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् । अस्पतालका अनुसार...