Friday, August 28News That Matters

Breaking News 2

बैकिङ कसुरमा २० लाख जरिवाना तोकिएका एक महिला पक्राउ

बैकिङ कसुरमा २० लाख जरिवाना तोकिएका एक महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १० बैकिङ कसुर मद्दामा २० लाख जरिवाना तोकिएका एक जना महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका–१३ स्थाइ घर भइ काठमाडौं महानगरपालिका–४ हाँडीगाउँ बस्दै आएकी ४५ वर्षीय शोभा गुरूङ बैकिङ कसुर मुदामा पक्राउ परेको हो । ब्यूरोले बिहीबार ललितपुरको कुपण्डोलबाट उनलाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ असार १ गतेको फैसलाले गुरूङलाई ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । पक्राउ परेका गुरुङले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर एनआइसी एसिया बैंकको चेक काटेर पीडितहरूलाई दिएकी थिइन् । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जनाएको छ ।...
ब्राउन सुगर सहित ७ युवक पक्राउ

ब्राउन सुगर सहित ७ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १० झापाको भद्रपुर नगरपालिका ७ बोक्तोवारी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी, सोही स्थान ६ संगमटोल का २० बर्षीय राहुल ठाकुर, सोही स्थान ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोल का १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोल का ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन । हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको वड...
पूर्व मुख्यमन्त्री शेरधन राईको दावी, आफु एमाले सचिवको दावेदारी

पूर्व मुख्यमन्त्री शेरधन राईको दावी, आफु एमाले सचिवको दावेदारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ९ प्रदेश नं १ का पूर्व मुख्यमन्त्री शेरधन राईले आफु एमाले पार्टीको सविका दावेदारी रहेको दावी गरेको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका राईले आफू सचिवका लागि योग्य रहेको र त्यो क्षमता राख्ने बताए। राई एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग अझै निकट छन्। पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने उनले बताए । ुभोलि अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्ने बताउँदै त्यो बेलामा यसबारेमा छलफल हुने कुरामा आफु विश्वास रहेको बताए । अन्तिमसम्म पनि सहमतिको लागि प्रयास जारी रहन्छ। सहमति हुने अवस्थामा आवश्यक परेमा पदाधिकारीको संख्या बढाउन सकिने समेत राईले बताए ।...
८१ वर्षीय वृद्धको घाटी काटिएको अवस्थामा शव फेला

८१ वर्षीय वृद्धको घाटी काटिएको अवस्थामा शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ९ सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का एक ८१ वर्षीय वृद्धको शव घाटी काटिएको अवस्थामा फेला परेको छ । मिश्रीलाल मण्डलको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको हो । मण्डल घरबाट बिहानै सखडा बजारतिर निस्किएका थिए । उनको झौखराही नामको फुलबारीबाट दिउँसो ४ बजेतिर शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो । हत्या के कारणले भएको यकिन नभएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा कार्यरत प्रहरी जवान राई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित

उदयपुरमा कार्यरत प्रहरी जवान राई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ८ ईलकाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान विक्रम राई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित हुन सफल भएको छ । प्रहरीको कार्यमा अग्रपंंति रहि जनताहरुको सुरक्षामा प्रतिवद्ध भई लागि परेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले राईलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो । राईले प्रहरीको कार्य अन्तरर्गत बिभिन्न कार्यविधिहरु अपराधका घटनाहरु घटाई वारदात पश्चात फरार रहेका प्रतिवादी, चोरी पैठारी, प्रतिबन्धित लागु औषध कारोबारी, अबैध लागु औषध गाँजा ५४ के.जी. सहित विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको कार्य उल्लेखित छ । उनिहरुलाई पक्राउ गरी कानुनी दायारामा ल्याउन ठुलो भुमिका खेलेको भन्दै राईलाई कार्तिक महिनाकै उत्कष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक तथा एसपी सुवास चन्द्र बोहोराले बताउनुभयो । राईले विभाग...
उदयुपुरे व्यवसायी कार्की लगतार छैटौंपटक उत्कृष्ट करदाता घोषित

उदयुपुरे व्यवसायी कार्की लगतार छैटौंपटक उत्कृष्ट करदाता घोषित

Breaking News 2
पूर्णपुष्टि, मंसिरि ८ उदयपुरका एक व्यवसायी सबै भन्दा बढी कर तिरेर छैटौँपटक उत्कृष्ट करदाता घोषित भएका छन् । कटारीका व्यवसायी प्रयास कार्की यस पटक पनि सबै भन्दा बढी कर तिरेर उत्कृष्ट करदाता घोषित बनेका हुन् । नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचाल कार्कीले आन्तरिक राजस्वकार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर उत्कृष्ठ करदाता घोषित भएका हुन् । कार्कीलाई आन्तरिक राजस्व कार्यालय लहानले कर सप्ताहको अन्तिम दिन आज कर दिवसको अवसरमा उत्कृष्ट करदाता घोषित गर्दै नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबै भन्दा बढि कर तिर्न सफल भएको जनाएको छ । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६।०७७मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवाकार्यालय गाईघाटले जानकारी दिएको छ । सेवाकार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आय वि...
सशस्त्र प्रहरीबाट प्रदेश १ का विभिन्न जिल्लामा २ करोड बराबरका तस्करी सामान बरामद

सशस्त्र प्रहरीबाट प्रदेश १ का विभिन्न जिल्लामा २ करोड बराबरका तस्करी सामान बरामद

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ७ १ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट झण्डै दुइै करोड मूल्य बराबरको तस्करीका सामान बरामद भएको छ । अवैध तरिकाले नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करी गर्दै गरेको अवस्थामा सशस्त्रले एक करोड ९८ लाख ३८ हजार आठ सय ३४ रूपैयाँ बराबरको लत्ताकपडा, चिनी, सूर्ति तथा किराना सामग्री बरामद गरेको हो । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार चोरी तस्करीका सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको छ । भारतसँग सीमा जोडिएका जिल्लामध्ये इलामबाट २६ लाख ६२ हजार चार सय १०, झापाबाट ७७ लाख ४४ हजार सात सय ५१, मोरङबाट ३४ लाख ८६ हजार नौ सय ८९ र सुनसरीबाट १३ लाख २१ हजार ५६ रूपैयाँ बराबरको सामग्री बरामद गरिएको गिरीले बताउनुभयो । उनका अनुसार १ नम्बर बराह बाहिनी इटहरीबाट खटिएको टोलीले ४६ लाख दुई हजार छ सय २८ रूपैयाँ बराबरको तस्करीका सामग्री नियन्त्...
कुटपिटबाट मगरको ज्यान गयो

कुटपिटबाट मगरको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ७ कुटपिटबाट डोटीमा एक जनाको ज्यान गएको छ । बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीका ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो । स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुबीच विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताएका छन् । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चन्दले बताउनुभयो । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौताराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।...
भूपेन्द्रको हत्या अभियोगमा १६ जनाविरूद्ध किटानी जाहेरी : धरानबाट थप एक पक्राउ

भूपेन्द्रको हत्या अभियोगमा १६ जनाविरूद्ध किटानी जाहेरी : धरानबाट थप एक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ६ कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । लम्कीचुहा–१ का चिसापानीका १९ वर्षीय मदन शाहीलाई प्रहरीले पक्राउ गरेको हो । शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको छ । आइतबार बेलुका शाही धरान विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो । पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले जानकारी दिनुभयो । बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो । हत्या गरेको अभियोगमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ । जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए । शाहीसहित बडुवाल हत्याका...
७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ६ ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । म्याग्दीको मंगल गाउँपालिका–५ का ४७ वर्षीय थमबहादु बिकलाई बालिका करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । चलचित्र देखाउने बहना बनाएर ललाई फकाई करणी गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले बिकलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ्गका अनुसार बिकविरुद्ध आइतबार म्याग्दी जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप गरिएको छ । २०७८ कात्तिक १८ गते दिउँसो १ बजेको घटनाको विषयमा प्रहरीलाई मंसिर ४ गते शनिबार मात्र खबर आएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिचछेद १८ को दफा २१९ को उपदफा (३) (क) बमोजिम दश वर्षभन्दा कम उमेरकी बालिकालाई जबरज...