Thursday, August 27News That Matters

Breaking News 2

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ६  झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण प्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिल बहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाऊपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् । हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ३ बुङ तास र नगद रु.१ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो । पक्राउ परेका छ जनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
हाम्रा अतुलनीय परिकारहरु

हाम्रा अतुलनीय परिकारहरु

Breaking News 2, पर्यटन, बिचार, रोचक, समाचार, स्वास्थ्य
मलाई लाग्छ, शिक्षाले नै मेरो लागि यस्ता अवसरका ढोकाहरू खोल्दै गयो। त्यसैले पूर्वी पहाडमा जन्मेर, पूर्वी तराईं हुँदै सुदुर पश्चिमसम्मको भूगोलहरूमा पाइला टेके । भूगोल विशेष समाज, शब्दावली, भाषाशैली, जीवनशैली देख्न, बुझ्न र सिक्न पाएँ । शिक्षा विना यी सबै कुराहरूबाट वन्चित हुने थिँएछु । सुष्मा राई, काठमाण्डौ खानपानमा सौखिन त त्यति धेरै छैन म । खानको लागि बाँच्नेभन्दा पनि बाँच्नको लागि खान पर्छ भन्ने मान्यता राख्छु । तथापी केही यस्ता मौलिक खाने कुराहरू छन्, जुन खाने कुरा भनेपछी हुरुक्कै हुन्छु जस्तै किनामा, गुन्द्रुक, तामा, निबुवा, छोइला, नेवारी अचार, सेलरोटी, थारु चट्नी आदि। किरात समुदायको मुख्य तिहुन हो किनामा । विशेष गरि हिउँद महिनाको तिहुन हो । अझै मलाई गाउँको याद ताजै छ । सानो छँदा मेरो गाउँमा हिउँदमा तरकारी उत्पादन गरिदैन्थ्यो र हुँदैनथ्यो । त्यो बेला गुन्द्रुक र किनामाले छा...
मेयर चौधरीको छोराको आईतबार पोष्टमार्टम पछि अन्त्यष्टी गरिँदै, त्रियुगा नगर क्षेत्रमा एक दिन सार्वजानिक विदा

मेयर चौधरीको छोराको आईतबार पोष्टमार्टम पछि अन्त्यष्टी गरिँदै, त्रियुगा नगर क्षेत्रमा एक दिन सार्वजानिक विदा

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ५ त्रियुगा नगरपालिकाकाका मेयर वलदेव चौधरीको छोरा मनोज छौधरीको आईतबार अन्तिम संस्कार गरिने भएको छ । चौधरीको पोष्टमार्टम पछि अन्यष्टी गरिने भएको पारिवारिक श्रोतले जनाएको छ । उनको थारु संस्कार अनुसार बिहान अन्यष्टीको तयारी भईरहेको परिवारले जनाएको छ । चौधरीको अन्तिम संस्कारको दिन त्रियुगा नगर क्षेत्रमा एक दिन सार्वजानिक विदा गरिएको छ । नगरको सम्पूर्ण सरकारी तथा अन्य कामहरु आज संञ्चालन नहुने गरी सार्वजानिक विदा गरिएको हो । चौधरीको शनिवार पिकनिक खाने क्रममा चौदण्डीगढी नगरपालिकाको देवधार खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।...
लिम्चुङबुङमा एक जनप्रतिनिधि एमालेबाट माओवादी केन्द्रमा प्रवेश

लिम्चुङबुङमा एक जनप्रतिनिधि एमालेबाट माओवादी केन्द्रमा प्रवेश

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आज देशभर वडा अधिवेशन चलिरहदा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा एकजना एमालेका जननिर्वाचित वडा सदस्य नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । वडाअधिवेशनको अवसरमा वडा नं. ३ की वडासदस्य कुमारी परियारले एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेकी हुन् । उनीसहित सो वडाका ३० जनाले विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हन् । त्यसैगरी वडा नं. १ बाँसबोटेमा १६ जना माओवादीमा प्रवेश गरेको जनाइएको छ । उनीहरुलाई माओवादी नेता एवम् पालिका अध्यक्ष मेजर राई तथा पालिकाको पार्टी सचिव झनक घिमिरेले स्वागत गरेका थिए । लिम्चुङबुङका सबै वडाहरुमा वडाअधिवेशनको उद्घाटन सत्र भब्यरुपले सम्पन्न भएको माओवादी नेता एवम् पालिका अध्यक्ष मेजर राईले बताए ।...
त्रियुगा उद्योग वाणिज्य संघमा स्वतन्त्र निर्वाचन समितिको खोजी

त्रियुगा उद्योग वाणिज्य संघमा स्वतन्त्र निर्वाचन समितिको खोजी

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर ४ । त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटमा स्वतन्त्र निर्वाचन समितिको खोजी हुन थालेको छ । विगतमा गजेन्द्र भगत नेतृत्वको कार्यसमितिले संघलाई सम्हाल्न नसक्दा पुरै विवादित भएपछि विकल्प खोजी भएको हो । स्वतन्त्र संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै स्वतन्त्र निर्वाचन समितिमार्फत त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको नयाँ कार्यसमिति चयन चाहेको कुरा सार्बजनिक गरेको छ । समितिका संयोजक चुडामणी कार्कीले अध्यक्ष भगतको टिम र बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको टिम भन्दा छुट्टै स्वतन्त्र पक्षले निर्वाचन गराउनुपर्ने धारणा राखे । स्थानीय प्रशासनको निगरानीमा स्वतन्त्र निर्वाचन समिति बनाउन उनको अपिल छ । संघको नेतृत्व गतिलो नहुँदा संघमा विवाद र झमेला मात्र चलिरहेको छ । तीनवर्षे कार्यकाल विभिन्न वाहानाबाजीमा म्याद थप्दै पाँचवर्ष कटाइसकिएको छ । संघभित्रको विवाद अदालतसम्म मुद्दामामिला चलि...
आज विश्व शौचालय दिवस नेपालमा पनि यसरी मनाईदैँ

आज विश्व शौचालय दिवस नेपालमा पनि यसरी मनाईदैँ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ३ आज विश्व शौचालय दिवस विश्वभर मनाईँदै छ । विश्को बिभिन्न देश सहित नेपालले पनि आफ्नो राष्ट्रमा सरसफाईको चेतनामुलक कार्यक्रम र सरसफाई सहित यो दिवस मनाउँदैछ । नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ । अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरुले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् । सरसफाई सम्बन्धि बिभिन्न चेतनामुलक कार्यहरु खुला स्थानमा दिसापिसाब गर्नाले खानेपानीको स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ । ‘शौचालयको महत्व’ (Valuing Toilet) दिवसको नारा सह...
संसारकै चार धाम मध्येको एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु

संसारकै चार धाम मध्येको एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु

Breaking News 2, बिचार, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, मंसिर २ संसारकै चार धाम मध्ये एक धाम मानिने वराहक्षेत्रमा मेला सुरु भएको छ । सुनसरी जिल्ला वराहक्षेत्र नगरपालीका वडा नं १ को वराहक्षेत्र मन्दिर परिसद भित्र लाग्ने हरिबोद्बनी एकादशी ( कात्तिके) मेलामा सोमबरबाट सुरु भएको हो । यसपाली हरिबोधिनी एकादशी कात्तिक २९ गते देखी मङसिर ३ गते पूर्णिमाको दिन सम्म लाग्ने मेलामा भारतिय भक्तजनहरुको पनी सहभागिता रहेको थियो । नेपालीहरुले मनाउँने दशैं, तिहार, छठ लगायतका ठूला पर्वहरु सकिए लगतै धार्मिक मेला पर्वको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक वराहक्षेत्र धाममा छाएको छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला संसारमै प्रसिद्ध छ । धार्मिक मेला र महोत्सब भन्न...
मोटरसाईकल दुर्घटनामा सईको मृत्यु

मोटरसाईकल दुर्घटनामा सईको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २ धरानमा भएको मोटरसाईकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा शसस्त्र प्रहरीका नायब निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो । राति ८ः४५ बजे दुर्घटना सोलुखुम्बु सोलुदूधकुन्ड गाउँपालिका–१ घर भएका बस्नेत गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकरी दिए । बस्नेत मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत थिए ।...
काम गरिरहेको अवस्थामा डोजर दुर्घटना : चालकको मृत्यु सहचालक घाईते

काम गरिरहेको अवस्थामा डोजर दुर्घटना : चालकको मृत्यु सहचालक घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २ काम गरिरहेको अवस्थामा डोजर दुर्घटना हुँदा दाङमा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएको छ । दाङको बङ्गलाचुली गाउँपालिकामा आज बिहान करिब ४ बजेतिर बाटो बनाउँदै गर्दा डोजर पल्टिँदा चालकको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ। सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन्। बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो...
गाईघाटमा अटो तथा रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना फैलाउँदै ट्राफिक प्रहरी

गाईघाटमा अटो तथा रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना फैलाउँदै ट्राफिक प्रहरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १ गाईघाटका अटो तथा रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । बुधबार गाईघाट त्रियुगा बसपार्कमा अटो तथा रिक्सा चालकहरुलाई जिल्ला जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरले सचेतना कार्यक्रम दिएको हो । पछिल्लो समयमा भएको सावरी दुर्घटनाहरु मध्य अटो रिक्साहरु समेत बढी दुर्घटनामा परेको बिषयलाई जोड्दै सुरक्षित यात्राका लागि सचेत गराईएको हो । जिल्ला ट्राफिक इन्चार्ज लिलाराज श्रेष्ठका अनुसार जिल्लाभरी करिब ७ सय ओटा अटो रिक्साहरु रहेको जनाएको छ । गत आर्थिक बर्षमा २३४ ओटा सवारी दुर्घटना मध्ये अटो मात्रै ३४ ओटा दुर्घटना परेको जनाउँदै यो निकै जोखिम र लापर्वाही रहेको जनाए । जिल्लामा ७ ओटा अटो रिक्साहरु मध्य करिब ८० प्रतिशतको भने लाईसेन्स भएको र बाँकी २० प्रतिशत बराबरको भने लाईसेन्स नै नभएको जनाएको छ । ईन्चार्ज श्रेष्ठले यो दुर्...