Thursday, August 27News That Matters

Breaking News 2

दाइको हत्या अभियोगमा भाइ पक्राउ

दाइको हत्या अभियोगमा भाइ पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३० दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ परेको छ । इलामको सुन्दकपुरमा भाईले आफ्नै दाइको हत्या गरेका छन् । गाउँपालिका–१ चाँपगैरीका ३० वर्षे चक्र मुखियाले सोमबार साँझ करिब पौने ७ बजे ३५ वर्षीय दाजू इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हिजो काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुंदा उनले दाइलाई चक्कु प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटि गई चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिरहेको छ ।...
दुई वडा सदस्य घुस रकमसहित पक्राउ

दुई वडा सदस्य घुस रकमसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३० दुई वडा सदस्य काम सम्पन्न भएको सिफारिस गरिदिएबापत घुस लिएको अभियोगमा सर्लाहीबाट पक्राउ परेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यहरू सोनलाल साह र उमेश रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासबाट खटेको टोलीले सोमवार पक्राउ गरेको हो । दुवै वडा सदस्यलाई एक लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत घुस लिन लागेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।...
मुगुको गमगढी बजारमा भिषण आगलागी, १७ ओटा घर खरानी, एउटा घर भत्काएर आगो नियन्त्रण

मुगुको गमगढी बजारमा भिषण आगलागी, १७ ओटा घर खरानी, एउटा घर भत्काएर आगो नियन्त्रण

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३० गएराती मुगुको गमगढी बजारमा भिषण आगलागी भएको छ । आगलागिमा परी बजारमा रहेको करिब १७ ओटा घर खरानी भएको छ । बजारमा आगलागी भएपछि अन्य ठाउँ फैलिन र थप क्षती हुन बाट बचाउन एउटा घरै भत्काएर आगो नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले बताए । राति १२ः३० बजे देखि सुरु भएको आगलागी घरै भत्काएर नियन्त्रणमा लिनु परेको एसपी श्रेष्ठले बताए । एसपी श्रेष्ठका अनुसार आगलागीबाट १७ घर र तीन वटा घुम्ती जलेको तथा एउटा घर आगो फैलिन नदिन भत्काइएको छ । एउटा घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ । प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिना सफल भएको एसपी श्रेष्ठको भनाई छ ।उहाँले आगलागीबाट कति क्षति भएको छ भनेर विवरण संकलन गर्न थालिएको जानकारी दिनुभयो ।...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाई ः कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाई ः कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता

Breaking News 2, समाचार
 पूर्णपुष्टि, कार्तिक २९ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन । आज काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताएका हुन । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने अध्यक्ष नेपालको भनाइ छ । बाइट माधवकुमार नेपाल, अध्यक्ष, नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताए उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको उल्लेख गरे । अध्यक्ष नेपालले सुकुम्बासीहरुको समस्या समाधानमा सरकारले ध्यान पु¥याउनु...
एकै परिवारका २ नाबालकको मृत्यु, विष खुवाई हत्या गरेको परिवारजनको आरोप

एकै परिवारका २ नाबालकको मृत्यु, विष खुवाई हत्या गरेको परिवारजनको आरोप

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २९ एक परिवारका दुई जना नाबालकको विषका कारण ज्यान गएको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको विषका कारण ज्यान गएको हो । ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ ।...
ओखलढुंङगामा भएको जिप दुर्घटनामा तीनको मृत्यु १३ घाईते

ओखलढुंङगामा भएको जिप दुर्घटनामा तीनको मृत्यु १३ घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २९ ओखलढुंगामा आईतबार भएको जिप दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएको छ भने १३ जना घाईते भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७ः३० बजेतिर जिप दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जना घाइते छन् ।‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याउने तयारी भईरहेको छ ।...
राउतले महाधिवेशन प्रतिनिधि बन्ने मत पाएनन्

राउतले महाधिवेशन प्रतिनिधि बन्ने मत पाएनन्

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २८ । नेकपा एमाले उदयपुरमा राम्रो प्रभाव छ भन्ने भान देखाउने भागवत राउत महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित ब्यहोरेका छन् । उनले १ हजार ८६९ खसेको मतमा छ सय मत पनि पाउन नसकेपछि पराजित ब्यहोरेका हुन् । उनले ५९४ मत पाए । खुल्लातर्फ २४ जना उम्मेदवार मध्ये ६ जना विजयी हुँदा जिल्ला सचिवालय सदस्य रहेका राउत विजयीको लिष्टमा पर्न सकेनन् । उनको निकट मत अंक ६२४ प्राप्त गर्ने कालु लामा विजयी भएका छन् । एमाले उदयपुरको राजनीतिको पुरानो नेता मणीराज उपाध्याय पौडेल पनि पराजित भएका छन् । १५ वर्ष पार्टी सचिव चलाएका पुराना नेता पौडेलले १५९ मत मात्र प्राप्त गरेका छन् । सबैभन्दा बढि मत बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा स्वस्तीले १०८६ पाएका छन् । दोस्रो मत परमेश्वर घिमिरेले ९२२, तेस्रो मत एमाले जिल्ला अध्यक्ष इश्वरमणी राउतले ७८६ मत पाएका छन् । प्रदेश सांसद विमल कार्कीले चौथो मत ७...
दोलखामा ७ पत्रकार पक्राउ

दोलखामा ७ पत्रकार पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २८ सडक अलपत्र पारेको भन्दै आन्दोलनमा उत्रेका दोलखाका ७ पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लामो साँघु–जिरी सडक सुधार आयोजनाका कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो । दोलखालाई राजधानीसँग जोड्ने मुडे चरिकोट सडक अलपत्र पारेको भन्दै पत्रकारहरु नै आन्दोलनमा उत्रेका थिए । पक्राउन पर्नेमा पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकारहरु गोकर्ण भण्डारी, श्याम खतिवडा, सिर्जन घिमिरे, राजन बस्नेत, अर्जुन कार्की छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको पत्रकार राजन बस्नेतले बताए । ६ वर्ष अघि ठेक्का लागेको यो सडक ठेकेदारको लापरवाही र सरकारी पक्षको बेवास्ताका कारण अलपत्र परेको छ ।  ...
उदयपुरको बैंकलाईबाट लागुऔषध गाँजासति २ जना पक्राउ

उदयपुरको बैंकलाईबाट लागुऔषध गाँजासति २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २८ उदयपुरको बैंकलाईबाट लागुऔषध गाँजासतिह दुई जना पक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–१० का ३५ वर्षीय पेशस घिमिरे र सोही नगरपालिका–१२ का २१ वर्षीय बिष्णु साह पक्राउ हुन् । हिजो दिउँसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ बैंकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २ सय २५ ट्याब्लेट र १ सय ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो ।...
ठुलो नगद सहित ८ जना जुहाडे पक्राउ

ठुलो नगद सहित ८ जना जुहाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २७ काठमाण्डौँ बाट ५ लाख नगद सहित ८ जना जुहाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनिहरुलाई काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो । कौडाको खालबाट पाँच लाख ११ हजार ५०० नगद रुपैयाँसमेत बरामद गरिएको परिसरले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।  ...