Thursday, August 27News That Matters

Breaking News 2

रामजी र सम्झनाको ‘चाँदनी’ सार्वजानिक, प्रकाश सपुत र केकी अधिकारीको अभिनय

रामजी र सम्झनाको ‘चाँदनी’ सार्वजानिक, प्रकाश सपुत र केकी अधिकारीको अभिनय

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक २७ लोकदोहोरी गायक रामजी खाँण र सम्झना भण्डारीले हालै बजारमा ‘चाँदनी’ बोलको गित सार्वजानिक गरेको छ । सो गितमा गायक तथा मोडल प्रकाश सपुत र नायिका तथा मोडल केकी अधिकारीले प्रस्तुती दिएकी छिन् । भिडियोका मोडल प्रकाश र केकीले गीत राम्रो बनेको बताउँदै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यी दुईले यसअघि पनि केही म्युजिक भिडियोमा सहकार्य गरिसकेका छन् । त्यस्तै यी दुईको सहकार्य रहेको चलचित्र ‘परदेशी २’ प्रदर्शनको लागि तयार छ । गायक–गायिका रामजी र सम्झनाले गीत राम्रो बनेको बताउँदै माया गरिदिन स्रोता एवं दर्शकमाझ आग्रह गरे । निर्देशक विक्रम स्वारले अन्य गीतहरूको निर्देशन गरिरहे पनि लोकदोहोरी भिडियो पहिलोपटक निर्देशन गरेको बताउँदै सकेको मेहनत गरेको बताए । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । थुप्रै लोकदोहोरी गीत ल्याइसकेको पृथ्वी इ...
मोरङ कारागार भित्र एक कैदीको ‘शङ्कास्पद’ मृत्यु

मोरङ कारागार भित्र एक कैदीको ‘शङ्कास्पद’ मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २६ बुधबार राति मोरङ कारागार भित्र एक जना कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो । निमित्त जेलर राम पोखरेलका अनुसार थापालाई पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोसी अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको हो । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई शब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शब पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको पोखरेलले बताउनुभयो । मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो । कात्तिक मण्डलको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेक...
बक्राह खोलाले २ जना युवक बगायो

बक्राह खोलाले २ जना युवक बगायो

Breaking News 2, समाचार
पूर्णपुष्टि,कार्तिक २५ मोरङ रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् । हिजो दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका–६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटु कुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला परेका थिए । उनलाई उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

Breaking News 2, Purnapusti TV, खेलकुद, समाचार
https://youtu.be/XYYl40a70Go पूर्णपुष्टि, कार्तिक २४ । लामो समय जिल्ला खेलकुद विकास समिति, उदयपुर नेतृत्वविहिन बन्दा जिल्लाको खेल क्षेत्र ओझेलमा परेका छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सागर नेपालले पूर्णपुष्टि प्रश्नको जवाफ दिदै जिल्लाको खेल क्षेत्र ओझेलमा पर्नुको मुख्य कारण लामो समय जिल्ला खेलकुद विकास समिति नेतृत्वविहिन बनेको बताएका हुन् । खेलक्षेत्र ओझेलमा रहेपनि खेल गतिविधि भने सञ्चालन भइरहेको उनको भनाई छ । समितिको भुमिका नपुगे पनि स्थानीय युवाहरु, क्लव, संस्थाहरुको पहलबाट पनि खेल गतिविधि सञ्चालन भइरहेको हो । फुटबल, भलिवल, क्रिकेट, ब्याड्मिन्टन जस्ता खेलहरु सञ्चालनको अवस्थामा रहेको अध्यक्ष नेपालले बताए । कराते, उसु, बक्सिङ जस्ता खेल प्रशिक्षण पनि चलिरहेको उनले बताए । खेल गतिविधि बन्द नै भने नरहेको उनले बताए । समिति करिब दुईवर्षदेखि नेतृत्वविहिन बनेको हो । कार्यालय प्रमुखसम...
मोरङ कारागारमा चौकीदारको यातना सहन नसकेको भन्दै कैदीहरु बीचमै झडप, ६ जना घाईते

मोरङ कारागारमा चौकीदारको यातना सहन नसकेको भन्दै कैदीहरु बीचमै झडप, ६ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २३ मोरङको विराटनगर कारागारमा चौकीदारको यातन सहन नसकेको भन्दै कैदीबन्दी बिच झडप भएको छ । सो झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दी बीच आज बिहान झडप भएको हो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका छन् । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति पैदा भएको हो । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए । पदम कुमार लिम्बु, निर्मल ढकाल, राम ...
सामूहिक बलात्कार गरी फरार रहेका तीन युवक २० दिनपछि पक्राउ

सामूहिक बलात्कार गरी फरार रहेका तीन युवक २० दिनपछि पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २३ सामूहिक बलात्कार गरेर फरार रहेको तीन जना युवकलाई २० दिनपछि प्रहरीले नियन्त्रमा लिन सफल भएको छ । म्याग्दीको बेनी–५ पुलाचौरमा कार्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका सोही स्थानका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनीक गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरेको हो । मुलुकी अपराध संहिता २०४७ को परिच्छिेद १८ को दफा २१९ बमोजिम १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्ठि भएमा सात देखि दश वर्षसम्म कैद सजाँय हुने कानुनी व्यवस्था छ। साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच बर्ष कैद सजाय हुने कानुन छ।...
प्रधानन्यायधिशको तत्काल राजीनामा माग गर्दै बारले थप आन्दोलन चर्काउने

प्रधानन्यायधिशको तत्काल राजीनामा माग गर्दै बारले थप आन्दोलन चर्काउने

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २२ नेपाल बार एशोसियसनले प्रधानन्यायधिश चौलेन्द्रशमसेर राणा विरुद्ध थप आन्दोलन चर्काउने चेतावनी दिएको छ । प्रधानन्यायधिश राणाको तत्काल राजीनामा माग गर्दै निरन्तर बारले बिरोध जनाई रहेको छ । आन्दोलन लाई थप चर्काउने र राणा बिरुद्ध देशैभर आन्दोलन चर्काउने बारे सबै बार इकाईहरु सँग छलफल भईरहेको बारले जनाएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई सोमबार साढे १० बजे नेपाल बारको प्राङ्गणमा उपस्थित हुन आह्वान गरेका छन् । कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश राणाविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तिहारको विदा सुरू भएको थियो। सोमबारदेखि उक्त विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले सबै कानुन व्यवसायीलाई उपस्थित हुन बारले आह्वान गरेको छ। मन...
गस्तीमा गएको प्रहरीकै मोटरसाईकल चोरी भएपछि

गस्तीमा गएको प्रहरीकै मोटरसाईकल चोरी भएपछि

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २१ सप्तरीमा गस्तीमा गएको प्रहरीको मोटरसाईकल चोरी भएको छ । इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो । बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे । उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए । बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक ९असई० दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए । मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो ।  ...
खोटाङकमम रुखबाट लडेर महिलाको मृत्यु

खोटाङकमम रुखबाट लडेर महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १९ खोटाङको दिप्रुङचुईचुम्मा २ का ६२ बर्षीया लिला देवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ । आज दिउसो १ बजे घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडि घाईते भएकी उनको उपचारको लागी लैजान लाग्दा घरमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
१५ लाख बढी नगद सहित ११ जुहाडे पक्राउ

१५ लाख बढी नगद सहित ११ जुहाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १८ जुवाखाल बाट ११ जुहाडे १५ लाख नगद सहित पक्राउ परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार–०२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–१७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण के.सी छन् । यसैगरी चितवन भरतपुर महानगरपालिका–१ घर भई पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे, पोखरा–८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा–२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका –८ घर भ...