Thursday, August 27News That Matters

Breaking News 2

स्वास्थ्य जानकारी

स्वास्थ्य जानकारी

Breaking News 2, स्वास्थ्य
मधुमेह किन हुन्छ ? भनेर कसैले सोधे, कुनै पनि विज्ञसँग यसको एउटा मात्र जवाफ छैन किनभने निकै धेरै कारणहरु गर्दा मधुमेह हुन्छ। खासगरी अस्वस्थ्य खानपान र अस्तव्यस्त जीवनशैली हुनु मधुमेह रोग हुनुको मुल कारण हो। हामी जीवनयापनका क्रममा कति गल्ती गरिरहेका हुन्छौ, जसले मधुमेहको जोखिममा पार्छ। यहाँ हामी त्यस्तै दैनिक जीवनमा गरिने ७ गल्तिहरुका बारेमा चर्चा गर्दैछौँ जसले मधुमेह गराउँछ। यी सात गल्तिहरुका कारणले हुने मधुमेह रोक्न खानु पर्ने ७ खानाको बारेमा पनि हामी यसमै चर्चा गर्नेछौँ। ७ गल्तिहरु तपाईले आफ्नो दैनिक जीवनमा गरिरहनु भएको छ कि छैन भन्ने कुरा याद गर्नुहोस् र सकेसम्म यी सात गल्तिहरुलाई कम गर्ने तर्फ ध्यान दिनुहोस्। कुनै कारणवश या विशेष दिनमा यस्तो कार्य हुनु त्यति खराब नै नहोला तर आफ्नो दैनिक जीवन नै यस्तो छ भने चै बेलैमा सजग हुनै पर्छ। १. राती अबेरसम्म बस्नु: राती अबेरसम्म बस्ने, पर्याप्त...
मजदुरहरुद्वारा उद्याेग परिसरमा निर्मित मन्दिर महाप्रबन्धक न्याैपानेबाट उद्घाटन

मजदुरहरुद्वारा उद्याेग परिसरमा निर्मित मन्दिर महाप्रबन्धक न्याैपानेबाट उद्घाटन

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक १७ । उदयपुर सिमेन्ट उद्याेग परिषरमा उद्योगका कर्मचारीहरुले आफ्नै परिश्रमबाट तयार गरेको बाबा विश्वकर्माको मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरकाे  राष्ट्रिय गौरवको उद्योग भएकोले उद्योग पनि एक पर्यटकीय स्थल भएको छ। उत्पादन क्षमता बढाएर आर्थिक सवलीकरण तर्फ उन्मुख हुने हो, उनले आफ्नो भिजन स्पष्ट पार्दै स्वच्छता र पारदर्शिता तर्फ उन्मुख भइ शुसासन कायम राख्ने आफ्नो अभियानमा पूर्ण रुपमा साथ दिन अधिकार प्राप्त अधिकारीहरुलाई निर्देशन समेत गरेका छन । अन्तर्राष्ट्रिय बजारमा कोइलाको बजार मूल्य आकासिएको छ, सकेसम्म मितव्ययी बनी न्यूनतम मूल्यमा उत्पादन गर्नु पनिको विकल्प खोज्न सकिन्छ कि ? भन्ने तर्फ लाग्नुपर्छ । हाम्रो देशमा रहेका सुकेर जाने बन पैदावर संकलन गरि बायो उर्जाको उत्पादन गर्ने उद्योगहरू खुलेका छन, ती उद्योगहरूलाई सरकारले प्रोत्साहन गरी कोइलाको विकल्प दिन सकिन्छ कि ? सरकारक...
नवनिर्मित प्रहरी चौकी प्याउली भोजपुरको भवन उद्घाटन

नवनिर्मित प्रहरी चौकी प्याउली भोजपुरको भवन उद्घाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १७ जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहेको प्रहरी चौकी प्याउलीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत २ तले ८ कोठा भएको प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा प्रहरी चौकी प्याउलीको कार्यालय भवन, ब्यारेक तथा भान्साघरको निर्माण सम्पन्न भएको हो ।भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहर...
जबर्जस्ती यौन कार्यमा लगाएको अभियोगमा पोखराबाट २ युवक पक्राउ

जबर्जस्ती यौन कार्यमा लगाएको अभियोगमा पोखराबाट २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १७ जबर्जस्ती यौन कार्यमा लगाएको अभियोगमा कास्की प्रहरीले पोखराबाट दुई युवकलाई पक्राउ गरेको छ । खाजा घरमा काम लगाउने बहानामा एक महिलालाई डर धम्की दिएर यौन व्यवसायमा लगाएको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तनहुँ, आँबुखैरेनी गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ जाल्पा रोड बस्ने २३ वर्षीय अर्जुन पन्त र गोरखाको गण्डकी गाउँपालिका–७, घ्याल्चोक घर भई हाल पोखरा महानगरपालिका–१४, चाउथे बस्ने २६ वर्षीय विराज रानामगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पन्त संगीना खाजाघरका सञ्चालक हुन् । महिलालाई जबर्जस्ती मोटरसाइकलमा राखेर लगिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १६ गएराति रौतताहटमा भएको मोटरसाईकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादव रहेको छ । बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भएको थियो । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर प्रहरी जवान यादवको मृत्यु भएको रौताहट प्रहरीले जनाएको छ ।...
उदयपुरको रौतामाईमा करेन्ट लागेर मगरको मृत्यु

उदयपुरको रौतामाईमा करेन्ट लागेर मगरको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १५ उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रौतामाई गाउँपालिका ८ खमारेका ४१ बर्षिय डम्वर बहादुर मस्र्याग्री मगरको करेन्ट लागी मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमका अनुसार घर नजिकैको बाँस काट्ने क्रममा अचानक मेन लाईनको विधुत तारमा टच भई करेन्ट लाग्दा घट्ना स्थलमै मगरको मृत्यु भएको जनाएको छ । करेन्ट लागेर मृत्यु भएको खबर प्रहरीमा आउन साथ सुकौरा बाट प्रहरी टोली घटना स्थल तर्फ गएर घटा स्थललाई सुरक्षित राख्ने र थप अनुसन्धान गर्ने काम भईरहेको डिएसपी गौतमले जनाए । मगरको लास पोष्टमार्टमका लागि जिल्ला हस्पिटल उदयपुर झारिएको छ ।...
चार वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

चार वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ चार वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ परेको छ । जिल्लाको भिमदत्त नगरपालिका–१६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई प्रहरीले करणी गरेको अभियोगमा पक्राउ गरेको हो । सिहंले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सिहंमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित

तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित तामाङ चयन भएका छन् । उनि तामाङ पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला अधिवेशनमा बाट सर्वसहमत अध्यक्षमा चयन भएको हो । अध्यक्ष तामाङ सहित उपाध्यक्ष सन्तोषकला तामाङ, सचिव तारा तामाङ ब्लोन, सह सचिव मिलन लो तामाङ, कोषाध्यक्ष सम्झनाकुमारी तामाङ र सदस्यहरु ः कुसुम तामाङ, भेषमोहन गोले, यमुना गोले, असोक तामाङ रहेका छन् । अधिवेशन शनिवार गाईघाटमा भएको थियो ।...
प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा व्यस्त

प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा व्यस्त

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १३ प्रधानमन्त्री शेरबहादुर देउवा अहिले लण्डनको भ्रमणमा छ । देउवाको लण्डनमा व्यस्त कार्यतालिका सार्वजानिक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन पुगेका छन् । प्रधानमन्त्री देउवासँग दिउँसो बेलायत–नेपाल समाजका प्रतिनिधि र बेलायत–नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिलगायतले भेट्ने कार्यक्रम रहेको छ । आजै साँझ उनले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोध...
देश र जनताप्रति जवाफदेही पत्रकारिता हुनुपर्ने राज्यमन्त्री अधिकारीको भनाइ

देश र जनताप्रति जवाफदेही पत्रकारिता हुनुपर्ने राज्यमन्त्री अधिकारीको भनाइ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लव अधिकारीले देश र जनताप्रति जवाफदेहि बनेर पत्रकारहरुले काम नगरे पत्रकारिताको धर्म नष्ट हुने बताएका छन् । पत्रकारिताको धर्म बचाउन देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने उनले बताए । प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षसमेत रहेका राज्यमन्त्ती अधिकारीले प्रतिष्ठानको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको संयोजनमा भएको पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रियामा बोल्दै सो कुरा बताएका हुन् । “मुलुक र जनता जहिल पनि शिरमा हुनुपर्छ ” उनले भने “पत्रकारिता मात्र नभइ सबै क्षेत्र जनताप्रति जवाफदेहि हुनुपर्छ । सरकार कहिले काँही शक्तिको आडमा अन्धो हुनसक्ने भन्दै त्यस्तो बेला पत्रकारिता जगतले झकझाउनु पर्ने बताउनुभयो । सरकार कहिलेकाही निरंकुश पनि हुनसक्ने भन्दै त्यस्तो बेला पत्रकारिताले खबरदारी ...