कामाडौं, फागुन २५ ।
ढकमक्क लालीगुराँस फुल्न थालेसँगै कैलालीको चुरे गाउँपालिका–५ भासुभीर नजिक भीमदत्त राजमार्ग छेउमा लालीगुराँस बिक्री गर्न बसेका दुई बालक । रासस
काठमाडौं, फागुन २५ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबँेशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । विसं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन÷ जयबाबा÷ काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ ।
गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाख...
राँझा,फागुन २५ ।
कोहलपुर नगरपालिकाले पक्की घर बनाइदिएपछि यहाँका अल्पसङ्ख्यक गन्धर्व तथा विपन्न दलित परिवारमा खुसियाली छाएको छ । कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइदिएको घरमा बस्दै आउनुभएकी कल्पना गन्धर्र्वले जीवनभरिको सपना पूरा भएको बताउनुभयो ।
“ नगरपालिकाले घर बनाइदिएकामा हामी अहिले धेरै खुसी छौं”, उहाँले भन्नुभयो ,“डुडुवा नालाले घरखेत सबै लगेपछि हाम्रो सम्पति केही थिएन,तर अहिले नगरपालिकाले घर दिएको छ ।”सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा रहेका घरबासविहीन अल्पसङ्ख्यक गन्धर्व, वादी तथा विपन्न दलित समुदायको लागि २० घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार, सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर –११ लोकनगरमा १७ घर गन्धर्व, दुई घर वादी र एक घर एकल अपाटङ्गता दलित महिला गरी २० जनालाई घर हस्तान्तरण गरिएको छ । नगर प्रमुख ...
पूर्णपुष्टि, फागुन २५
मोरङको बिराटनगर महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर–३ का ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् ।
हिजो बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १–०२–००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
काठमाण्डौँ, फागुन २५
लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ ।
बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, पे्रथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो ।
यसैबीच तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध१प १०४९ नंको मोटरसाइकल जाँच गर्दा पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको हो । जिल्...
पूर्णपुष्टि, फागुन २४ ।
आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरको छ । धनुषाको जनकपुरधमम उपमहानगरपालिका–१९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादवलाई पक्राउ गरको हो ।
यादवले शनिबार शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियालाई गोली हानेर फरार भएका थिए । मुकेश धनुषाको कमला नगरपालिका–८ घर भई हाल मामा घरमा बस्दै आएका थिए । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेको खुलेको छ ।
मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आएर अचानक गोली प्रहार गर्दा घाँटीमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोजी गर्ने क्रममा आइतबार विहान घटनास्थलभन्दा ६०/७० मिटरको दुरीमा जगदीश साहको ख...
पूर्णपुष्टि, फागुन २४ ।
घाँटी काटिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा अन्दाजी ३५ ४० वर्षीया महिलाको शव फेला परेको हो । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । ती महिलाको नाम ठेगाना खुलेको छैन ।
टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो ।
सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्...
पूर्णपुष्टि, फागुन २४ ।
तेह्रथुम सदरमुकामा म्याङलुङ नगरपालिका–१ केउरेनी डाँडाखर्कमा ट्याक्टर पल्टिँदा एक जना युवकको ज्यान गएको छ । सोही स्थान बस्ने २२ वर्षीय किशोरकुमार विश्वकर्माको ट्याक्टर पल्टेर दुर्घटना हुदाँ ज्यान गएको हो ।
म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुवास विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको तेह्रथुम प्रहरीले जनाएको छ ।...
काठमाण्डौँ, फागुन २४
अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सीएनएनले जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ । (रासस)...
काठमाण्डौँ, फागुन २४
रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन ।
स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन् । गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् ।
गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ । आउन जान तीन÷ चार दिनको समय लाग्ने एवं पैदल तथा हवाईमार्गक...