Wednesday, July 15News That Matters

Breaking News 3

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २६ । झापाको कन्काई नगरपालिका–९ स्थित राजगड–लक्ष्मिपुर सडक खण्डमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । सोही स्थानका ३५ वर्षीय उमेश थापाको एम्बुलेन्सले ठक्कर दिँदा ज्यान गएको हो । हिजो राती ७ बजे मे.१ च ५२५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।...
सङ्खुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

सङ्खुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । (रासस)...
लागुऔषध गाँजाको व्यापार गर्ने दुई जना पक्राउ

लागुऔषध गाँजाको व्यापार गर्ने दुई जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ लागुऔषध गाँजाको व्यापार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई रहेका छन् । लागुऔषध गाँजाको व्यापार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले ३२ किलो ४८५ ग्राम लागूऔषध गाँजासहित बुधबार उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रकाउ परेको दुबै जनाको थप अनुसन्धान भाईरहेको उक्त कार्यालयले जनाएको छ । (रासस)...
५३ घरलाई ‘एक घर, एक धारा’ वितरण

५३ घरलाई ‘एक घर, एक धारा’ वितरण

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन् । वडा नं ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताउनुभयो । विगतमा सामूहिक धारा हँुदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उहाँले बताउनुभयो । करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याए...
चटपटेको व्यापार

चटपटेको व्यापार

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा चटपट विक्री गर्दै स्थानीयवासी । यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । (रासस)
पोली हाउसमा तयार गरिएको उखुको बेर्ना

पोली हाउसमा तयार गरिएको उखुको बेर्ना

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ बेलौरी नगरपालिका हात्तीबोझाका किसान असारे बडायकले पोली हाउसमा तयार गरिएको अर्लिजातको उखुको बेर्ना । (रासस)
नि ः शुल्क आँखा उपचार

नि ः शुल्क आँखा उपचार

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्दै हिमालयन आँखा अस्पताल पोखराका चिकित्सकको टोली । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ७७४ जनाको आँखा परीक्षण र दुई वटा साधारण शल्यक्रियासहित ४५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । (रासस)...
पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाले वडा नं ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर रु एक लाखका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो । विसं २०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो । पहिरो पीडित घर–परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । पहिराबाट विस्थापित हुनुभएका यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टङ्क बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत...
रुस र युक्रेनबीच एकदिने युद्धविराम

रुस र युक्रेनबीच एकदिने युद्धविराम

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन २५ रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन् । उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ ।आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेका समाचारमा जनाइएको छ । मङ्गलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भ...
जन्ती ढुङ्गामा टिकटक बनाउँदै

जन्ती ढुङ्गामा टिकटक बनाउँदै

Breaking News 3, पर्यटन
काठमाडौं, फागुन २५ । दाङको तुलसीपुर उपमहानगरपालिका– १३, स्थित जन्ती ढुङ्गामा टिकटक बनाउँदै गरेका एक युवक । हेरिरहुँ लाग्ने जन्ती ढुङ्गामा पछिल्लो समय टिकटक बनाउनेको घुइँचो लाग्छ । तस्वीर : रासस