विद्यालयमा खानेपानी समस्या
काठमाडौं, फागुन १५
पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ।
सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराउनुभएको थियो । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पु¥याउन सकिएको अवस्था छैन ।
विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन । धारामा कमिला हिँडिरहेका हुन्छन् । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ । खो...









