Tuesday, July 14News That Matters

Breaking News 3

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

Breaking News 3, समाचार
काठमाडौं, फागुन १२ । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्र्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान जिल्ला चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको भनि झुटो बहाना गरेका थिए । घरपरिवारको समन्वयमा अनुसन्धान हुँदै जाँदा निज व्यक्ति सोही मितिमा आफ्नो प्रेमिकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको र आफ्नो साथमा रहे...
ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १२ । झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेका छन् । झापा गाउँपालिका–४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका–४ का १९ वर्षीय उतम बर्देवा पक्राउ परेका हुन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।...
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १२ । झापाको अर्जुनधारा नगरपालिका–९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सोही स्थान बस्ने ७८ वर्षीया शिवमाया दाहालको मोटरसाईकलले ठक्कर दिँदा मृत्यु भएको हो । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जादैँ गरेको प्र. १ –०१–०१२ प ५९९८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको बि. एण्ड सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका–१ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
घोडाबाट लडेर बालिकाको मृत्यु

घोडाबाट लडेर बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ११ । सोलुखुम्बुमा घोडाबाट लडेर एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका–४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ वर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर ज्यान गएको हो । सोनाम छुटिनसगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् । आज बिहान साढे १० बजे उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका–३ लासे दोभान स्थितमा हिउमा चिम्लिएर घोडा लड्दा उनीहरु समेत लडि घाईते भएका थिए । घाईते मध्ये सोनामको उपचारको लागी लैजादै गर्दा दिउँसो १२ बजे बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।...
१४ वर्षीया किशोरी करणी गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीया किशोरी करणी गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ११ । १४ वर्षीया किशोरी करणी गरेको अभियोगमा सुनसरीबाट एक जना पक्राउ परेको छ । सो ठाउँको किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरेको हो । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । करणीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले गरुङलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन ११ । बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ ।सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ । सो विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् ।सो खानी तत्कालै बन्द गर्न यहाँको स्थानीय सरकारले आदेश दिएको छ । बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा सो विस्फोट भएको थियो । प्रहरीले सो खानी सञ्चालन गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको जनाइएको छ । खानीको सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरुमाथि अनुसन्धान हुने बताइएको छ । रासस...
ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु

ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, फागुन ११ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ८५ जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढीे थियो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ । त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । हालको रेकर्ड गरिएको मृत्युको संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो । यहाँ गएको आठ दिनदेखि वर्षा र त्यसका कारण बाढी पह...
लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ११ । मोरङको बिराटनगर महानगरपालिका–१२ स्थितबाट ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर–१२ का कुनाल सिंहलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुकी पौने ५ बजे बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकलसहित नियण्त्रणमा लिएको हो । प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाईते

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ११ । झापाको मेचीनगर नगरपालिका–७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने, एकजना घाईते भएका छन । मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको छ भने, १७ वर्षीय बल बहादुर मगर घाईते भएका हुन् । हिजो राती पौने ८ बजेको समयमा उनीहरु दुबैलाई मे.१०प २२३२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएका थिए । घाईते दुबै जनाको बि.एन्ड सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा श्यामको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै, बल बहादुरको सोही अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर–१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।...
अमेरिकाद्धारा रुसमाथी प्रतिवन्धको घोषणा

अमेरिकाद्धारा रुसमाथी प्रतिवन्धको घोषणा

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन ११ । युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ । कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उलङ्घन गरेको विरुद्धमा एउटा देशले अर्को देशलाई प्रतिवन्ध लगाउने प्रचलन रहेको छ । यसलाई आक्रमणकारी वा हस्तक्षेपकारी देशलाई दिने सामान्य सजायको रुपमा पनि लिइन्छ । यस्ता प्रतिवन्धले देशको अर्थतन्त्र र राजनीतिलाई बढी असर पर्ने र नेताहरुले हस्तक्षेपकारी कदम थप अगाडि नबढाउने अपेक्षा गरिएको हुन्छ । अमेरिकाले गरेको प्रतिवन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशहरुले समेत समर्थन जनाउदै आफ्नो देशहरुको तर्फबाट पनि प्रतिवन्ध लगाइएको घोषणा गरेका छन् । रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपे...