Monday, August 31News That Matters

Breaking News 3

चिरपट प्रहार गरी छोराले गरे आमाको हत्या

चिरपट प्रहार गरी छोराले गरे आमाको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २ मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ते ३५ वर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेको छ । हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरी उनकै छोराले हत्या गरेको हो । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा राती साढे १० बजे ज्यान गएको अस्पतालले जनाएको छ । हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।...
चिनियाँ नागरिक पक्राउ

चिनियाँ नागरिक पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, फागुन १ । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ चिनियाँ नागरिक लिदहिमालय एयरको उडानद्धारा काठमाडौँ आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै पक्राउ गरेको हो । पक्राउ लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
आजदेखि दैनिक एक पटक रेल सञ्चालन

आजदेखि दैनिक एक पटक रेल सञ्चालन

Breaking News 3, समाचार
काठमाडौं, फागुन १ । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताउनुभयो । उहाँले भन्नुभयो, “आजदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ, तर तत्काल यात्रु बिनाको ड्राई रन मात्र हुन्छ ।” उहाँले केही दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्ने जन...
जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन

जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन

Breaking News 3, समाचार
काठमाडौं, फागुन १ । झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुनुहुन्छ । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उहाँले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गर्नुभयो । विसं २०३८ माघ १० गते तेह्रथुम आठराई–५ छातेढुङ्गा ९तत्कालीन छातेढुङ्गा गाविस–६०मा आमा धनमाया लिम्बू र बुवा जयबहादुर लिम्बूकी माइली छोरीका रूपमा सुशीलाको जन्म भएको हो । बुवा जयबहादुर भारतीय सेना हुनुहुन्छ । उहाँ सानैदेखि हक्की र निडर स्वाभावकी हुनुहुन्थ्यो । थिचोमिचो नसहने र नगर्न दिने क्रान्तिकारी स्वभाव उहाँको विशेषता नै हो । त्यसमा पनि तेह्रथुमको आठराई कम्युनिष्टहरूको जग भएको ठाउँ । “गाउँमा साना–ठूला कार्यक्रम भइरहन्थे”, सुशीलाले विगत सम्झिनुभयो, “आठराईमा कम्युनिष्टहरूको प्रभाव धेरै थियो, कम्युनिष्टका गतिविधि धेरै हुन्थ्ये त्यतिबेला ।” आठ वर्षक...
प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि  सर्यो

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्यो

Breaking News 3, समाचार
काठमाडौँ, फागुन १ । प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको छ । फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ । नेकपा९एमाले०ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिनुभएको थियो । (रासस)...
इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दियो

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दियो

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन १ । पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ ।इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको छ । त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ । इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो । इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको छ । यसअघि रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिका, बेलायत लगायतका पश्चिमी देशहरुले पनि आफ्ना दूताबास बन्द गरेर कर्मचारीलाई स्वदेश फर्काएका छन् । तर युक्रेनमा रुसले आक्रमण गर्ने भन्ने समाचारको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने खण्डन गर्नुभएको छ ।उहाँले बाहिर हल...
रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना संक्रमित

रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना संक्रमित

Breaking News 3, समाचार, संसार, स्वास्थ्य
काठमाडौं, फागुन १ । रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ । यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन् । यहाँ हरेक दिन अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित देखिने गरेका स्वस्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ७२९ ज्ना संक्रमितको निधन भएको छ । यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रुसमा पछिल्लो समयमा विक...
खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको ज्यान गएको छ । झापाको मेचिनगर नगरपालिका–१३ सुगम टोल स्थित फुलबासा खोलामा माछा मार्दा करेन्ट लागेर ५० वर्षीय मान बहादुर बराईलीको ज्यान गएको हो । हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट विजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।...
माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ “परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ । नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ । नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको २०६२र६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक ...
नालीको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

नालीको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १ झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक तीन वर्षीय बालकको ज्यान गएको छ । टिकमा श्रेष्ठका छोरा आयुस श्रेष्ठको नालीको पानीमा डुबेर ज्यान गएको हो । घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा बालकको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ–लाईन अस्पताल दमक लगिएकोमा आयुसको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घटनासमबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।...