Monday, August 31News That Matters

Breaking News 3

फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन ३ दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन्। फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो। आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो । आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटना बारे अनुसन्धान थालिएको छ । (रासस)...
एकैदिन प्रतितोला रु एक हजार २०० ले वढ्यो सुनको मूल्य

एकैदिन प्रतितोला रु एक हजार २०० ले वढ्यो सुनको मूल्य

Breaking News 3, आर्थिक, समाचार
काठमाडौँ, फागुन ३ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २००ले बढेर रु ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ । (रासस)...
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौं, फागुन ३ पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ । (रासस)...
पानीमा डुबी बालिकाको मृत्यु

पानीमा डुबी बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फाल्गुन ३ इलामको माईजोगमाई गाउँपालिका–४ स्थित माईखोलामा डुवी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन । हिजो बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुवि अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाईते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
काठमाण्डौं, फागुन ३ रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए । दुवै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । (रासस)...
ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु, दुई मजदुर घाईते

ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु, दुई मजदुर घाईते

Breaking News 3, समाचार
काठमाण्डौं, फागुन ३ सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स१त६ १०८ नंको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन् । मण्डल ट्र्याक्टरचालक हुन् भने अन्य मजदुर हुन् । (रासस)...
मन्त्री आलेविरुद्ध षड्यन्त्र ः सचिवालय

मन्त्री आलेविरुद्ध षड्यन्त्र ः सचिवालय

Breaking News 3, समाचार
काठमाडौँ, फागुन ३ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा९एकीकृत समाजवादी०का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाउनुभएको छ । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गनुभएको छ । मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उहाँमाथि ब्ल्याकमेल गर्ने, उहाँलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद ...
आगोमा जलेर एक वृद्धको ज्यान गयो

आगोमा जलेर एक वृद्धको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २ । सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका–८ शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो । आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाकाले जनाएको छ ।...
महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

Breaking News 3, समाचार
काठमाडौं, फागुन २ । कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवासायमा जोड्न तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीका बेला रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित गर्न थालिएको हो । स्वरोजगारमूलक व्यवसाय गर्ने युवा तथा महिलाका लागि व्यवसाय गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको ब्याज तिरिदिने र आवश्यक तालिम तथा प्रशिक्षण निःशुल्क उपलव्ध गराउने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार रोजगारी गुमाएका जोकोहीले पनि तमानखोलाभित्र रहेका बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सबै ब्याज गाउँपालिकाले नै तिर्ने भएको छ । दशौँ गाउँसभाबाट पारित भएको कार्यविधिले ऋणको ब्याज तिर्ने गरी युवा तथा महिलाले गर्ने व्यवसायमा लगानी गर्न सरोकारवालालाई आग्रहसमेत गरिएकोे छ । लगानीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाका ला...
जिल्ला प्रशासन कार्यालयमामा कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालयमामा कर्मचारी अभाव

Breaking News 3, समाचार
काठमाडौं, फागुन २ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा ९नासु ०, पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । प्रजिअ गौतमले भन्नुभयो, “कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक जनाले धानेको छ, निकै समस्या भएको छ ।” नायब सुब्बाको १० जनाको दरबन्दीमध्ये आठ नायब सुब्बा अहिले काम गरे पनि लामो समयदेखि नायब सुब्बाका दुई दरबन्दी रिक्त नै रहेका छन् । ...