दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै
काठमाण्डौँ, फागुन ६
बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ संस्करण हो ।
पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेल सुन्दरखाली खेल मैदान र निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । मेयर कप विजेता टोलीले रु ७५ हजार र उपविजेता टोलीले रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । उपमेयर कप विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजार ट्रफी, मेडल र प्र...









