Tuesday, July 14News That Matters

Breaking News 3

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको हो । उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका कामीमाथि थप अनुसन्धानको कार्य भइरहेको छ । रासस...
इथियोपियाको शरणार्थी शिविरमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु, हजारौं विस्थापित ः राष्ट्रसंघ

इथियोपियाको शरणार्थी शिविरमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु, हजारौं विस्थापित ः राष्ट्रसंघ

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन ६ उत्तरी इथियोपियाको अफर क्षेत्रमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी शुक्रबार कम्तीमा पाँच शरणार्थीको मृत्यु भएको छ । झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बस्दै आएका शरणार्थीमाथि आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । राष्ट्रसंघका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य हजारौं शरणार्थी शिविरबाट विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि पाँच शरणार्थी’ को मृत्यु भएको छ । त्यस्तै आक्रमणकारी समूहले केही महिलाहरूलाई अपहरण गरी लगेको बताइएको छ । (रासस)...
रासस आलेखः ठाडो भाका र बत्ती कर्पुटारका विशेषता

रासस आलेखः ठाडो भाका र बत्ती कर्पुटारका विशेषता

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ४ ‘कता गयो देउबहादुर दुरा शून्य भयो कर्पुटार बजारʾ पश्चिम नेपालमा ठाडो भाकाका गीत निकै लोकप्रिय छन् । लोकसाहित्यअन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ कर्पुटारले चासो र चर्चा कमाएकोे छ । धार्मिक महत्वको मध्यनेपाल – ७ स्थित इशानेश्वर महादेव मन्दिरको १०० मिटर उत्तरमा रहेको गौरीकुण्डको २० मि पूर्व टारी डिलको भिरालो परेको थुम्का कर्पुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रि मेलाका दिन रातभर बसेर ठूलास्वाँराका देउबहादुर दुराले ठाडो भाकामा पहिलो पटक गीत गाउनुभएको थियो । पछि ठाडो भाकामा विभिन्न गायकले विशेष योगदान गर्नुभएको थियो । शिवरात्रिमा बत्ती बाल्ने क्रममा लमजुङ नेटाका देउबहादुरले विसं १९५० का दशकमा पहिलो पटक करापुटारमा ठाडो भाका गाएकाले यसको गर...
रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन ६ रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ । पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्कियो, रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। यसैगरी यसले १० युद्ध विमानहरू मस्कोविलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता लिएको बताएको छ। (रासस)...
फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन ६ मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ । दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए। तीन जनाको मृत्यु भएको पुष्टि भएको छ, सैनिकले जनाएको छ। दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विज्ञप्तिमा भनिएको छ, यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन, वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ। (रासस)...
दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, फागुन ६ बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ संस्करण हो । पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ । प्रतियोगिताका खेल सुन्दरखाली खेल मैदान र निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । मेयर कप विजेता टोलीले रु ७५ हजार र उपविजेता टोलीले रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । उपमेयर कप विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजार ट्रफी, मेडल र प्र...
करेन्ट लागेर दाजुभाइको मृत्यु

करेन्ट लागेर दाजुभाइको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ६ पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो । बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । (रासस)...
सडक दुर्घटनामा परी दुवईमा नेपाली नर्सको ज्यान गयो

सडक दुर्घटनामा परी दुवईमा नेपाली नर्सको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ५ दुवईमा सडक दुर्घटनामा परी एक नेपाली नर्सको ज्यान गएको छ । बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको जनाईएको छ । यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ। दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन् ।...
बालविवाह मुक्त घोषणा अभियानले गति लिँदै

बालविवाह मुक्त घोषणा अभियानले गति लिँदै

Breaking News 3, समाचार
काठमाडौं, फागुन ४ । बाँकेमा स्थानीय सरकारले चासो देखाएपछि बालविवाह मुक्त घोषणा अभियानले गति लिएको छ । हालसम्म जिल्लाका तीन स्थानीय तहका ४३ वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । जानकी, बैजनाथ र खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पटक मङ्गलबार खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकालाई पनि बालविवाह मुक्त घोषणा गर्ने तयारी गरिएको छ । उहाँले यही फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारीका साथ काम भइरहेको जनाउँदै यसलाई सफल बनाउनमा स्थानीय तह र गैरसरकारी सङ्घसंस्थाको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकाम...
ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाईते

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ४ भूमे गाउँपालिका–४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिनुभयो । रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चारजना रहेको छन् । प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ । बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताउनुभयो । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ...