Tuesday, July 14News That Matters

Breaking News 3

सप्तकोसी नगरपालिका भवन तोडफोड

सप्तकोसी नगरपालिका भवन तोडफोड

Breaking News 3, समाचार
काठाडौं, फागुन ९ तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ । कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार पुनः ताला लगाउन जाँदा सो घटना भएको हो । प्रदर्शनकारीले नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च...
हत्याको आरोपमा एक जना पक्राउ

हत्याको आरोपमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ९ मोरङको केरावारी गाउँपालिका–८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । घटनामा संग्लग्न केरावारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बु संग बादबिबाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो । यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आए संगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुस...
एमसीसी नेपालको लागि खतरा भन्दै प्रशासनलाई ज्ञापन पत्र

एमसीसी नेपालको लागि खतरा भन्दै प्रशासनलाई ज्ञापन पत्र

Breaking News 3
पूर्णपुष्टि, फागुन ९ माओवादी मजदुर पार्टीले एमसीसी नेपालको लागि खतराको एजेण्डा रहेको जनाएको छ । पार्टीले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ज्ञापन पत्र बुझाउँदै यसलाई फिर्ताको लागि दवाव स्वरुप ज्ञापन पत्र बुझाएको हो । एमसीसी सम्झौता नेपालको लागि खतरा र हानिकारक छ, यो बैदेशिक राष्ट्र शक्तिहरुको मुड भेड बन्ने थलो रहेको विज्ञाप्तीमा उल्लेख गर्दै यसलाई फिर्ता गर्नु पर्ने माग पार्टीको रहेको छ । पार्टीका माहासचिव हिमाल सिंह राईले एमसीसी टेवुल नगर्न भन्दै ज्ञापन पत्र बुझाएको जनाए । केन्द्रीय प्रवक्ता जगत कटुवाल समेत रही आफुहरुले पार्टीका तर्फबाट एमसीसी पास नगर्ने पक्षमा पहिल्यै बाट विरोध गर्दै आएको जनाए ।...
ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ हराए

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ हराए

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन ८ । ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएका बताइएको छ । शनिबार पाँचौ दिन पनिपनि वर्षा जारी छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।यहाँ भारी मात्रामा वर्षा भएको बताइएको छ । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको यहाँका उद्धारकर्मीहरुले जानकारी गराएका छन् । शनिबारसम्मा यो बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका बताइएको छ । रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षात्का कारण ...
नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

Breaking News 3, समाचार, संसार
काठमाडौं, फागुन ८ । नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्। विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा ूअफगान परकम्पहरूस् एशेजबाट एशेज सम्मरुू ूहामी ृतालिबाने लाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं,ू भन्ने धारणा राखेको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ। अफगानिस्तानमा तालिबानको सत्ताआरोहण अगस्टको मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्याएको छ। सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अत्यन्तै आवश्यक अन्तर...
तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

Breaking News 3, समाचार
काठमाडौं, फागुन ८ । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिनुभयो । “हामीले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन ग¥यौंँ, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हे¥यौँ, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो”, उहाँले भन्नुभयो । अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर उनीहरुलाई उद्धार गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण भइसक...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ः झापाका ८८ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ः झापाका ८८ विद्यालय छनोट

Breaking News 3, समाचार
काठमाडौं, फागुन ८ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि ९आइसिटी० कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल रू १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ । छनोटमा परेका विद्यालयमध्ये तीन विद्यालयमा प्रयोगशाला, ३० मा चारकोठे कक्षाकोठा निर्माण, २१ मा दुईकोठे कक्षाकोठा निर्माण र ३४ आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो । ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु छ लाख ५० हजार, ल्याबका लागि प्रतिविद्यालय रु १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न प्रतिविद्यालयका लागि रु १८ लाख र चारकोठे कक्षाकोठाका लागि प्रतिवि...
कारागारबाट श्रीमान र देवरलाई छुटाई दिन्छु भनी रकम ठगी गर्ने पक्राउ

कारागारबाट श्रीमान र देवरलाई छुटाई दिन्छु भनी रकम ठगी गर्ने पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ । कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । ईटहरी –१२ का मन्दु भनिने जस बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसंग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बु र ईटहरी–१२ कै भरत चौधरीले आफ्नो न्यायाधिस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाईदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको छ । अर्का आरोपितको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालयले ...
सुनको मूल्य प्रतितोला रु ९६ हजार ६००

सुनको मूल्य प्रतितोला रु ९६ हजार ६००

Breaking News 3, आर्थिक, समाचार
काठमाडौं, फागुन ८ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० तोकिएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९६ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३०५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९७ डलर आसपास कारोबार भइरहेको छ । रासस...
पूर्णपुष्टि तस्बिर : जानकारी लिँदै मन्त्री आले

पूर्णपुष्टि तस्बिर : जानकारी लिँदै मन्त्री आले

Breaking News 3, समाचार
जानकारी लिँदै मन्त्री आले : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एअरको जहाजका बारेमा ककपिटमा बसेर जानकारी लिँदै । तस्वीर : विमलबहादुर (रासस)