Monday, August 31News That Matters

Breaking News 3

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो । सो भेटवार्ताका क्रममा उहाँहरुका बीचमा इरानी आणविका सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ । सन् २०१५ मा भएको इरान आणविक सम्झौतका बारेमा उहाँहरुको भेट केन्द्रित भएको इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । जर्मनीसहित विश्वका पाँच शक्तिसम्पन्न देश र इरानका बीचमा सन् २०१५ मा सो आणविक सम्झौता भएको थियो । सो सम्झौता इरानले पालना नगरेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक मात्रामा केही समय यतादेखि छलफल जारी रहेको छ । त्यस सम्झौतामा सहभागी देशहरुले केही समय अघि अष्ट्रियाको राजधानी भियनामा पनि छलफल गरेका थिए । (रासस)...
प्रधानसेनापतिद्वारा होल्डिङ सेन्टर निरीक्षण

प्रधानसेनापतिद्वारा होल्डिङ सेन्टर निरीक्षण

Breaking News 3, समाचार
काठमाडौं, माघ २८ । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिमको भ्रमणमा रहनुभएका उहाँले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर निर्माण, गुणस्तरमा जोड र समयमै सम्पन्न गर्न निमार्णमा संलग्न पक्षलाई निर्देशनसमेत दिनुभयो । “निर्माण सम्झौता भएअनुसार सामग्रीको प्रयोग र सोही अनुसारको लगानी हुनुप¥यो,” उहाँले भन्नुभयो, “निर्माण कमसल लगायतका दोष पछि गएर सेनालाई नआओस् ।” प्रधानसेनापति शर्मासँगै निरीक्षणमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी र जिल्ला कोभिड व्यवस्थापनको टोलीसमेत सहभागी थियो । रु २९ करोडको लागतमा एक हजार शय्याको उक्त होल्डिङ से...
चितवनको राप्तीमा बर्डफ्लू देखियो

चितवनको राप्तीमा बर्डफ्लू देखियो

Breaking News 3, समाचार
काठमाडौं, माघ २८ । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन : देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो । उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले बताउनुभयो । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उहाँको भनाइ छ । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ । (रासस)...
क्यानडाद्वारा चीन र लिथुआनियालाई वार्तामा आउँन आग्रह

क्यानडाद्वारा चीन र लिथुआनियालाई वार्तामा आउँन आग्रह

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ क्यानडाले चीन र लिथुआनियाबीच चलिरहेको व्यापार विवादमा विश्व व्यापार संगठन (डब्लुटीओ) वार्तामा सामेल हुन आग्रह गरेको ग्लोबल अफेयर्स क्यानडालाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन्। “क्यानाडाले बहुपक्षीय व्यापार प्रणालीको प्रवर्द्धन र रक्षा गर्न हाम्रो हितमा वि.व्या. सं. मा चीनसँग इयु को विवाद बारे परामर्शमा सामेल हुन अनुरोध गरेको छ,“ क्यानाडाको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमा सो उल्लेख गरिएको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ। यसबाहेक ग्लोबल अफेयर्स क्यानडाले ओटावाले चीनको व्यापारिक कार्यबाट चिन्तित भएको, आर्थिक जबरजस्तीको विरोध गरेको र समान विचारधारा भएका देशहरूसँग उभिएको उल्लेख गरेको छ। गत वर्षको डिसेम्बरदेखि चीनले लिथुआनिया वा लिथुआनियासँग जोडिएको आयात र निर्यातमा कडा प्रतिबन्ध लगाउन थालेको छ। आयोगले पटकपटक चिनियाँ अधिकारीसमक्ष यो विषय उठा...
१२०० लालपूर्जाविहीन ः हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी

१२०० लालपूर्जाविहीन ः हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने भएको छ । आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छानबिनको काम रोकिएको थियो । गाउँपालिकाको दुई वडा ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपूर्जा वितरणका लागि गाउँपालिका, वडा तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच बिहीबार एक हप्ताभित्रै पुनः टोली पठाउने सहमति भएको हो । “एक हप्ताभित्र पुनः फिल्डमै कर्मचारी पठाउने निर्णय भएको छ, उहाँहरुले रोकिएको काम सुचारु गर्नुहुनेछ” नापी कार्यालय प्रमुख राम विनयकुमार सिंहले भन्नुभयो । उहाँका अनुसार नापीका केही कर्मचारी फिल्डमै हुनुहुन्छ । दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो...
पशुपालक किसान भन्छन् ः ‘खर्च बढ्यो तर आम्दानी घट्यो’

पशुपालक किसान भन्छन् ः ‘खर्च बढ्यो तर आम्दानी घट्यो’

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ कैलालीको टीकापुर नगरपालिका–१ का चक्रबहादुर बटाला भैँसीपालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ पछिल्लो समय व्यवसायबाट सोचेजस्तो नाफा कमाउन नसक्दा निकै चिन्तित हुनुभएको छ । लाखौँ लगानी गरिसकेका उहाँलाई आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेरै पाँच बिघा जग्गा भाडामा लिएर व्यवसाय सुरु गर्नुभएको थियो । “व्यवसाय छ भन्नू मात्रै भएको छ । फाइदाको नाममा अहिलेसम्म देखिएको केही छैन । बर्सेनि बैंकको ऋण थपिएकै छ,” उहाँले भन्नुभयो, “केही व्यक्तिहरुलाई रोजगारी दिएका छौँ । उपलब्धि भनेको त्यहीँ भयो भन्ने लागेको छ ।” पछिल्लो समय पशुपालक किसान पशुलाई चाहिने आहारको जोहोमा बढी खर्च हुने र आम्दानी कम हुन थालेपछि निराश हुन थालेका छन् । यस वर्ष अत्यधिक वर्षाका कारण पशुका लागि परालको जोहो गर्न किसानलाई निकै समस्या भएको छ । विगतका वर्षमा दुई हजार ५०० मा पाउने परालको यस वर्ष तीन हजार पाँच सय ...
चप्पल गोदाममा आगलागी, एक घाइते

चप्पल गोदाममा आगलागी, एक घाइते

Breaking News 3, समाचार
काठमाडौं, माघ २८ दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । क्षतिको विवरण अझै आउन सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् । (रासस)...
“घर पायौंँ, धनीपुर्जा र रोजगारी कहिले त ?”

“घर पायौंँ, धनीपुर्जा र रोजगारी कहिले त ?”

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्नुहुन्छ र मुस्कुराउनुहुन्छ । घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ । छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन् । बिजुलीले घर झलमल्ल छ । सिलिङमा जिप्सन लगाइएको छ । दमक नगरपालिका वडा नं १ मा निर्मित एकीकृत नमुना बस्तीको सात नम्बर घरमा बस्दै आउनुभएका ७३ वर्षीय भुजेललाई अहिलेको बसाइ सपना जस्तो लाग्छ । जीवनभर दुखजिलो गर्दा डेरामा बस्नुपरेको लामो पीडालाई नमुना बस्तीको आरामदायी बासले बिर्साइदिएको छ । बस्ने घर पाइए पनि जग्गाको धनीपुर्जा हातमा नहुँदा भने उहाँलाई खल्लो अनुभूति हुन्छ । “सपनामा पनि यति राम्रो घरमा बस्न पाइएला भन्ने सोचेको थिइन नानी”, आँगनमा बसेर माघको न्यानो घाम ताप्दै भुजेलले भन्नुभयो, “खुशीको सीमा नै छैन, बुढेसकालमा डेरामा बस्नु त परेन ।” उहाँ...
नाबालकलाई प्रलोभनमा पारी सुन लुटपाट गर्ने दुई जना पक्राउ

नाबालकलाई प्रलोभनमा पारी सुन लुटपाट गर्ने दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २८ एक नाबालकलाई प्रलोभनमा पारेर सुन लुटपाट गर्ने र लुटपाट गरिएको सुन किनेको अभियोगमा काठमाडौंका दुईजना पक्राउ परेका छन् । गोकर्णेश्वर–४ का नारायण श्रेष्ठ र पथरी शनिश्चरे–८ घर भई गोकर्णेश्वर–६ काठमाौडौंमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका राजकुमार बराइली पक्राउ परेका हुन् । प्रहरीका अनुसार तीन वर्षीय नाबालकलाई म तिम्रो मामा हुँ भन्दै नारायणले चकलेट दिएर प्रलोभनमा पारी कानमा लगाइराखेको चार आना बराबरको सुनको मुन्द्रा लुटपाट गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।...
पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४ः४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ। रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो । नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो। राष्ट्रिय प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीले शव हटाउने र अनुसन्धान शुरु गर्ने जिम्मा लिएका थिए। (रासस)...