Monday, August 31News That Matters

Breaking News 3

दुर्घटनामा इञ्जीनियरको मृत्यु

दुर्घटनामा इञ्जीनियरको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ । रम्भा–१ हुँगीबाट ताहँुतर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको थियो । त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स...
डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार ३०० बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो । यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल ...
प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित युवक पक्राउ

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २८ सुनसरीको धरान उपमहानगर पालिका–१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे ५ बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २८ झापाको कमल गाउँपालिका–४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । हिजो बेलुका सवा ३ बजे पुर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे.६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालकलाई उपचारको लागी दमक लाईफ लाईन अस्पताल पठाएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...
निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो

निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २८ पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल÷फूलबारी जेभीले निर्माणको जिम्मा लिएको अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो । जिल्लाको एकमात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो । अस्थायी भवनको अगाडिपट्टि निर्माणाधीन टेवा पर्खाल सम्पन्न नहुँदै भत्किएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेका जटिल किसिमका बिरामी जोखिम मोलेर उपचार गराउन बाध्य छन् । ठेकेदार कम्पनीले घडेरी सम्याउँदा फालिएको माटोमाथि पर्खाल लगाएकाले भत्किएको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले बताउनुभयो । “निर्माणाधीन अस्पताल भवनको पर्खाल हिउँदे वर्षाम...
रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २७ रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ । यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को न...
भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २७ भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा कुल संक्रंमितको संख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा अरु एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ । नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९० हजार ७८९ पुगेको छ । सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ । (रासस)...
मच्छिन्द्र र ब्लुस्टार बीचको खेल नेपालमा हुने

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल नेपालमा हुने

Breaking News 3, समाचार
काठमाडौँ, २७ माघ एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ ९एन्फा०ले जनाएको छ । एन्फाको अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । यसअनुसार मच्छिन्द्र एएफसी कप छनोटमा छनोट भएको हो । मच्छिन्द्रले पहिलो खेलमा ब्लुस्टारलाई पराजित गरेमा दोस्रो चरणमा भारतको एटीके मोहन बगानसँग खेल्नेछ । उक्त खेल चैत १२ गते हुनेछ । मच्छिन्द्रले एएफसी कपको समूह चरणमा स्थान बनाउन यी दुई चरणको खेलसहित प्लेअफको अन्तिम खेल पनि जित्नुपर्नेछ । प्लेअफमा जित हात पार्ने टोलीले एएफसी क...
सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक

सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २७ डोटी जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबैभन्दा बढी हिमपात भएका छन् । हिमपातपछि अहिले सरकारी कर्मचारीदेखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सात वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो बढेको स्थानीयवासी बताउँछन् । जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा...
क्यासिनोको रु ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

क्यासिनोको रु ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ । सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो । विसं २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । आर्थिक वर्ष २०७६÷७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७÷७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी रु ३८ करोड १० लाख ४५ हजार ६...