Tuesday, July 14News That Matters

Breaking News 3

सुनसरीमा सवरी दुर्घटना : चालकको मृत्यु

सुनसरीमा सवरी दुर्घटना : चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २८ सुनसरीको रामधुनी नगरपालिका–७ स्थितमा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी–७ का २५ बर्षीय उमेश चौधरी रहेका छन । हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को २ त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका थिए । घाईते चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको छ ।...
मोरङमा ब्राउनसगुर सहित एक महिला पक्राउ

मोरङमा ब्राउनसगुर सहित एक महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २८ मोरङको रतुवामाई नगरपालिका–३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगञ्ज गाउँपालिका–५ की ३५ बर्षीया सरस्वती शाह रहेकी छिन् । लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले मंगलवार राती ८ बजे १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स सहित उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी महिलाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमणदर

ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमणदर

Breaking News 3, समाचार, साहित्य
पूर्णपुष्टि, पुष २७ नेपालमा आज कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । देशभर थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट एक हजार नौं सया ८१ जना तथा एन्टिजेन विधिबाट चार सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौं हजार पाँच सय २२ पुगेको छ । यही अवधिमा थप तीन सय १३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये आठ लाख १४ हजार सात सय ९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार छ सय सात जनाले ज्यान गुमाइसकेका छन् ।...
विराटनगरको नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

विराटनगरको नोबेल मेडिकल कलेज अगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २७ विराटनरको नोबेल मेडिकल कलेज अगाडि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले आज कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले प्रर्दशनमा उत्रियका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अनेरास्वीयू केन्द्रीय सचिवालय सदस्य भाष्कर खनालले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने निर्णय फिर्ता गरेर विद्यार्थीलाई पठन पाठन गर्ने व्यवस्था गर्न माग गरेका छन् । यस्तै नेविसंघका नेता जसवन्त पौडेल, अनेरास्ववीयूका नेता निर्मल भण्डारी, अखिल क्रान्तिकारीका नेता उमेश सेन...
पाहुनाको हत्या गरेको अभियोगमा ८१ वर्षीय एक वृद्ध पक्राउ

पाहुनाको हत्या गरेको अभियोगमा ८१ वर्षीय एक वृद्ध पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २७ घरमा आएको पाहुनाको हत्या गरेको अभियोगमा मोरङका एक ८१ वर्षीय वृद्ध पक्राउ परेको छ । जिल्लाको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको अभियोगमा डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फडानीमा प्रेमबहादुर बुढाथोकीको हत्या भएको थियो ।प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ । वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोर...
मोरङमा लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङमा लागुऔषध गाँजा सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २७ मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनपालथान–२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान–१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राई पक्राउ परेका छन् । आईतवार बेलुकी सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीको टोलीले उनिहरुको साथ बाट लागु औषध गाजाँ ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १–०२०–०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेकोरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
माघ ३ पछि सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय

माघ ३ पछि सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २६ पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणदर बढ्न थालेपछि माघ ३ गतेबाट अनिर्वायरुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड बोक्नु पर्नेछ । सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ । कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् ।...
गोली लागेर एक युवाको मृत्यु, ६ जना पक्राउ

गोली लागेर एक युवाको मृत्यु, ६ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २६ शिकार खेल्न गएको एक युवाको गोली लागेर ज्यान गएको छ । स्याङ्जाको जंगलमा पुष २० गते राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका–१ का कालिखर्कका २७ वर्षीय मनोज विकको ज्यान गएको हो । भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।...
७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २६ एक ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवा पक्राउ परेको छ । मोरङको कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई भोजपुर प्रहरीले पक्राउ गरेको हो । भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको रौतामाईमा किशोरकिशोरीद्धारा बालविवाह न्युनिकरणका लागि सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाए

उदयपुरको रौतामाईमा किशोरकिशोरीद्धारा बालविवाह न्युनिकरणका लागि सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाए

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २६ उदयपुरको रौतामाई गाउँपालिकामा किशोरकिशोरीद्धारा बालविवाह न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बझाएका छन् । केहि वर्ष यता वर्षेनी दर्जन बढि बालविवाह हुँदै आईरहेको रौतामाई गाउँपालिका–७ मा ८५ जना किशोरकिशोरीले सो ध्यानकर्षण पत्र बुझाएका हुन् । किशोरकिशोरीले रौतामाई गाउँपालिका–७ मा तथा पालिका जनप्रतिनिधिहरु, वडा बाल अधिकार समितिका पदाधिकारीहरु,शिक्षक,बुद्धिजीवि र राजनैतिक दलका प्रतिनिकिहरुको उपस्थितिमा आफनो हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको नमुना किशोरी समुहले जनाएको छ । ज्ञापन पत्र बुझ्दै वडा नम्बर ७ का अध्यक्ष उत्तर बहादुर मगरले यस वडामा बाल बिवाह जटिल समस्याको रुपमा देखिएकोले यसको न्युनिकरण गर्न घर”घरमा जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।उहाँले स्थानिय तहले यसको अगुवाई गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले ज्ञापन पत्र बु...