Sunday, August 30News That Matters

Breaking News 3

उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै कोभिड अस्पताल पुन: सञ्चालनमा

उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै कोभिड अस्पताल पुन: सञ्चालनमा

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ६ पछिल्लो केही समय यता उदयपुरमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धी हुन थालेसंगै जिल्लाको कोभिड अस्पताल पुन सञ्चानमा आएको छ । माघ २ गते देखि नयाँ कोरोना संक्रमित बिरामी भर्ना हुन थालेपछि जिल्लाको चौदण्डीगढी नगरपालिका–६ सातधारे स्थित खाली भएको उदयपुर कोभिड अस्पताल पुन सञ्चालनमा आएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको बुधवारको तथ्याङक अनुसार पछिल्लो समय २ सय १९ जनाको परिक्षण गरिएकोमा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।...
पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भएपछि खाता खोल्न हिँडेकी वृद्धाको बाटैमा मृत्यु

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भएपछि खाता खोल्न हिँडेकी वृद्धाको बाटैमा मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ बैंक खाता नभइ वृद्धभत्ता नदिने भएपछि खाता खोेल्न हिँडेकी ६० वर्षीया एक वृद्धाको बीच बाटोमै ज्यान गएको छ । कालीकोट जिल्लाको पलाँता–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटैमा ज्यान गएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि बम खाता खोल्नको लागि करिब १० किलोमिटर टाढाको थिर्पु जादैँ थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो । १० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न हिडेकी थिइन् ।  ...
एकै परिवारको ४ जना मृत भेटिए

एकै परिवारको ४ जना मृत भेटिए

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको हो । शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका हुन् । मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अराह्न चार बजे फर्किंदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरू कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत ...
आजदेखि बुस्टर डोज खोप लगाईदैँ

आजदेखि बुस्टर डोज खोप लगाईदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ आजदेखि नेपाल सरकारले कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि बस्टर डोज लगाउन थालिएको हो । त्यसैगरी, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो । सोही अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुले बुस्टर डोज पाउनेछन् । यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्...
कृत्ति दम्पत्तीको लकडाउन अवसर

कृत्ति दम्पत्तीको लकडाउन अवसर

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ कोभिड १९ को कारण भएको लकडाउनले सबैलाई नोक्सानी मात्र गर्यो भन्ने होइन, बरु त्यसको सदुपयोग गर्न जान्नेहरुलाई फाईदा पुगेको छ । त्यसको एक उदाहरण हो कलाकार गोपाल कृतिको दम्पत्ती । उदयपुरको त्रियुगा नगरपालिका–१२ का कृति रङ्गकर्मी हुनुहुन्छ । उहाँको परिवारमै कलाकारीता छाएको छ । कृति नाटक तथा अभिनयमा निपुण हुनुहुन्छ । उहाँकी श्रीमती नमु न्यौपाने नृत्यमा, ठूलीछोरी गायन, नृत्यमा र कान्छिछोरी अभिनय र नृत्यमा अब्बल हुनुहुन्छ । आफैमा सिमित यी कलाहरु लकडाउनपछि सबै माझ छाएको छ । सधै केही न केही सिर्जनशिल काम गर्नुपर्ने वा कार्यक्रममा सहभागि हुनुपर्ने परिवार लकडाउनले घरमै खुम्चिनु पर्दाको पिडा निकै तितो थियो । २०७६ सालको पहिलो लडकाउनमा घरमै खुम्चिएर रहेको कृति परिवारले २०७७ को दोस्रो लकडाउनलाई भने भरपुर सदुपयोग गर्यो । कतै केही गर्न नपाउने, घरमै बसिराखेको अवस्थामा कृतिले टिकटक एका...
१८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका प्रतिवादी २० वर्षपछि पक्राउ

१८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका प्रतिवादी २० वर्षपछि पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ३० एक १८ वर्षीया किशोरीको हत्या गरि फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० वर्षपछि पक्राउ गरेको छ । किशोरीको हत्या गरि फरार भएका साबिक पशुपतिनगर–३ का ४१ वर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । मन कुमारले २०५८ साल माघ ६ गते रोजिना राईको हत्या गरि फरार रहेका थिए । ईलामकै कन्यान घर भई आफ्नो माईती घर आएको समयमा खुर्र्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना को हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जानाएको छ । २०५८ साल काघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफुसंगै जान आग्रह गरेको र जान नमानेपछि जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते...
सञ्चारकर्मीमाथि हातपात : नेविसंघका उपाध्यक्ष पक्राउ

सञ्चारकर्मीमाथि हातपात : नेविसंघका उपाध्यक्ष पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २९ सोलुखुम्बुका अन्नपूर्ण संवाददाता सुवास दर्नाललाई हातपात गर्ने एक युवक पक्राउ परेको छ । रिपोर्टिङमा खटिएका सोलु एफ. एम. मा समेत कार्यरत दर्नासहित सञ्चारकर्मी रमन नबमाथि हातपात गर्ने माप्यदुधकोशीका जीवन बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनलाई माप्यदुधकोशी गाउँपालिका–५ स्थित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गत मंसिर १४ गते कांग्रेसको जिल्ला अधिवेशनको रिपोर्टिङमा खटिएका दर्नाल र बनलाई रिपोर्टिङकै क्रममा नेविसंघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायतका कार्यकर्ताले हातपात गरेका थिए । रिपोर्टिङमा प्रयोग गरिएको मोबाइल, माइक, रेकर्डरसहितका सामग्रीमा क्षति पुगेको छ । उनीहरुविरुद्ध पीडित पत्रकारले अभद्र व्यवहार गरेकोमा मुद्धा दायर गरेका छन् । घटन...
सवारी दुर्घटनाहुदाँ २ जनाको मृत्यु

सवारी दुर्घटनाहुदाँ २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २९ मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लावारी नगरपालिका–७ मा भेन र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २१ बर्षीय पवन लिम्बु रहेका छन् । पुर्व पश्चिम राजमार्गमा बुधबार राती पौने ८ बजे पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र बिपरीत दिशा तर्फ जादैँ गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ लिम्बु घाईते भएका थिए । उनको उपचारको क्रममा  B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको कोशी गाउँपालिका–३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटन...
कुटपिटबाट राईको मृत्यु

कुटपिटबाट राईको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २९ संखुवासभाको खाँदवारी नगरपालिका–१ का ४० वर्षीय महेश राईको कुटपिटबाट ज्यान गएको छ । सुङदेल–३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ वर्षीय शम्भु राईलाई महेशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । मृतक र अभियुक्त बीच पुष २६ गते राती वादविवाद भएको र वादविवादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए । घाईते भएका राईको बुधवार बिहान ज्यान गएको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको अभियोगमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
लिम्चुङबुङका समाजसेवी तथा  पूर्व क्याप्टेन राईको निधन, पालिकाले दियो सोक विदा

लिम्चुङबुङका समाजसेवी तथा पूर्व क्याप्टेन राईको निधन, पालिकाले दियो सोक विदा

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २९ श्री क्या. पर्शराम पदमा राई मा. वि. वलम्ताका व्यवस्थापन समितिको अध्यक्ष लिम्चुङबुङ गाउँपालिका शिक्षा समिति सदस्य तथा समाज सेवी बुद्धिजिवी अग्रज पुर्व क्याप्टेन पर्शुराम राईको निधन भएको छ । राईको यही पुष २८ गते बुधबारका दिन निधन भएको थियो । राई समाजका अग्रज र बुद्धिजिवीका समेत अगुवा थिए । राईको निधनमा पालिकाले एक दिने सोक विदा समेत दिएको छ । पूर्व बेलायती क्याप्टेन समेत रहेको राईले पालिकामा मात्रै नभई देशव्यापी रुपमै सामाजिक योगदान पुराएको र अति महत्वपूर्ण व्यक्ति पालिकाले गुमाएको भन्दै एकदिने सोक विदा दिइएको पालिका अध्यक्ष मेजर राईले जानकारी दिए । राईको निधनले पालिकामा मात्रै नभई जिल्ला र देशमै क्षती पुराएको भन्दै उहाँको आत्मा चिर शान्ति सहित उच्च सम्मानको साथ पालिकाले विदा दिइएको अध्यक्ष राईले बताए ।...