Sunday, August 30News That Matters

Breaking News 3

बसले ठक्कर दिँदा एक जनाको ज्यान गयो

बसले ठक्कर दिँदा एक जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १० सुनसरीको ईटहरी उपमहानगरपाललिका–१० मा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । तेह्रथुम साब्लाका ४५ वर्षीय बम बहादुर लिम्बुको बसले ठक्कर दिँदा ज्यान गएको हो । हिजो साँझ ६ बजे ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा ज्यान गएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
गाई काटेको अभियोगमा २ जना पक्राउ

गाई काटेको अभियोगमा २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ९ गाई काटेको अभियोगमा रोल्पामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४÷४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।...
एसईई र कक्षा १२ को परीक्षा हुने निर्णय

एसईई र कक्षा १२ को परीक्षा हुने निर्णय

Breaking News 3, समाचार
पूर्णपुष्टि,माघ ९ एसईई र कक्षा १२ को परीक्षा गरिने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गरिने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गरिएको हो । अब चाँडै परीक्षा तालिका सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको छ । कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताउनुभयो । यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।  ...
लागुऔषधसहित तीनजना पक्राउ

लागुऔषधसहित तीनजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ७ झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । अर्जुन्धारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ वर्षीय पुर्णलाल लिम्बु पक्राउ परेका हुन् । हिजो राती ८ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।  ...
करेन्ट लागि १ जनाको मृत्यु

करेन्ट लागि १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ७ मोरङको रतुवामाई नगरपालिका–९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको ज्यान गएको छ । पुर्व रुकुम घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको करेन्टलागेर ज्यान गएको हो । हिजो बेलुका ६ बजे रतुवामाई–९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । श्रेष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।...
बैँकिङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बैँकिङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ७ बैँकिङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेको छ । सुनसरी धरान उपमहा नगरपालिका–४ पाचकन्या का ३२ वर्षीय बिशाल राई पक्राउ परेको हो । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको २०७८ बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दैजाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको थियो । पक्राउ परेकाराईलाई आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।...
भोली बाटै मौसम सुधारमा आउने

भोली बाटै मौसम सुधारमा आउने

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ बिहिबार देखि हिमपात तथा बर्षाको संम्भावना रहेको मौसम भोली बाटै सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको अवस्थामा शुक्रबार देखी मौसम खुल्ने बिभागले जनाए । विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाए। पश्चिमी प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । सो मौसमी प्रणाली भोलिदेखि कमजोर हुँदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछु, उनले भने। भोलि देशभर आंशिकदेखि सामान्...
मानसिक सन्तुलन गुमाएकी मीनाले गरी श्रीमानको हत्या

मानसिक सन्तुलन गुमाएकी मीनाले गरी श्रीमानको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ मानसिक सन्तुलन गुमाएकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका रोल्पाले जनाएको छ । अभियुक्त मिनालाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।...
ट्याक्टर दुर्घटनामा परी १ जनाको ज्यान गयो

ट्याक्टर दुर्घटनामा परी १ जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मेरिङदिन गाउँपालिका–१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै ज्यान गएको हो । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १ सया ५० मिटर तल खसेर दुर्घटना भएको थियो । सोही ट्याक्टरमा सवार च्याम्जुको दुघटनमा ज्यान गएको छ, भने ट्याक्टरका चालक र सह–चालक घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
आँपको बगैँचामा एक युवती शव फेला, बलात्कारपछि हत्याको आशंका

आँपको बगैँचामा एक युवती शव फेला, बलात्कारपछि हत्याको आशंका

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ ६ एक २५ वर्षीया युवतीको शव आँपको बगैँचामा फेला परेको छ । धनुषाको धनषाधाम नगरपालिका–६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा सो युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो । युवतीको शव टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिनुभयो । प्रहरीका अनुसार युवतीको पहिचान खुलिसकेको छैन । ती युवतीको शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता रायले बताउनुभयो ।...