Monday, August 31News That Matters

Breaking News 3

निर्देशन कार्यान्वयन भए नभएको बारे बुझ्न २० जिल्लाका सिडियोहरुलाई गृहको फोन

निर्देशन कार्यान्वयन भए नभएको बारे बुझ्न २० जिल्लाका सिडियोहरुलाई गृहको फोन

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १५ गृहमन्त्रालयले २० जिल्लाका सिडियोहरुलाई फोन गरेर गृहको निर्देशन कार्यन्वयन भए नभएको बारे बुझेको छ । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गर्दै जिल्लामा कोभिड(१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमाजानकारी लिएका हुन् । सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका थिए । खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए । त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए । इलामका प्रजिअ माधवप्रसाद ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, न...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १४ मोरङ बिराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । आज बिहान साढे ९ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
करणी गरेको अभियोगमा होटल सञ्चालकसहित ३ जना पक्राउ

करणी गरेको अभियोगमा होटल सञ्चालकसहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १४ मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचार नगरपालिका–४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जबरजस्ती करणी गरेको अभियोगमा सोही होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सुन्दरहरैचा नगरपालिका–४ बलिया चौकका होटल सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी पक्राउ परेका हुन् । उनीहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सञ्चालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो । सो घटनामा संलग...
उदयपुरमा थप ५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

उदयपुरमा थप ५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १३ उदयपुरमा आज (बिहिवार) थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ४ जना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङक अनुसार आज १ सय ८ जनाको एन्टिजेन्ट विधिबाट परिक्षण गरीएकोमा २९ पुरुष र २७ महिला गरी ५६ जनामा संक्रमण देखिएको छ । आज थपिएका संक्रमितहरु चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका साथै उदयपुरगढी गाउँपालिकाका रहेका छन् । चौदण्डीगढीमा ७ पुरुष र ६ महिला गरी १३ जना, कटारीमा ७ पुरुष र ८ महिला गरी १५ जना, बेलकामा १२ पुरुष र ९ महिला गरी २१ जना र उदयपुरगढी गाउँपालिकामा ३ पुरुष र ४ महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । जिल्लामा हाल सम्म ५ पुरुष र १ महिला गरी ६ जनाले कोरोनालाई जितेको छ । त्यस्तै, जिल्लामा कोरोनाले १ जना पुरुषको ज्यान गएको छ । जिल्लामा अहिलेसम्म ८ सय...
मोरङमा खाल्डोमा गाडिएको अवस्थामा २ जनाको शव फेला

मोरङमा खाल्डोमा गाडिएको अवस्थामा २ जनाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङमा खाल्डोमा गाडिएको अवस्थामा दुईजनाको शव फेला परेको छ । जिल्लाको धनपालनाथ गाउँपालिका–७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव फेला परेको हो । २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसको हो भन्नेबारे भने खुलेको छैन । अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले जनाएको छ ।...
८० वर्षीय बुवाको हत्या अभियोगमा छोरा पक्राउ

८० वर्षीय बुवाको हत्या अभियोगमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङमा एक जना ८० वर्षीय वृद्धको हत्या अभियोगमा उनकै छोरा पक्राउ परेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो । बुधवार राति साढे ११ बजे सामान्य विवादमा बुवाको हत्या गरेको प्रहरीले जनाएको छ । बुधवार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुवाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई सोही रात प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।...
ब्राउनसुगर सहित २ जना पक्राउ

ब्राउनसुगर सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३  भोजपुर नगरपालिका–१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केरावारी गाउँपालिका–१० का २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका–५ का ३७ बर्षीय दल बहादुर तामाङ रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
आफ्नै बृद्ध बुबाको हत्या आरोपमा छोरा पक्राउ

आफ्नै बृद्ध बुबाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफनै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १२ झापाको दमक नगरपालिका–३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक–३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।  ...
एमडी र एमएस परिक्षामा नक्कली परीक्षार्थी भई सहभागी भएका तीन भारतीय पक्राउ

एमडी र एमएस परिक्षामा नक्कली परीक्षार्थी भई सहभागी भएका तीन भारतीय पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १० चिकित्सा शिक्षा आयोगद्धारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भएर सहभागी भएका तीन जना भारतीय नागरीक पक्राउ परेका छन् । भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत बिहारका शशिभूषण सिंह र भारत बिहारकै कृष्ण मुरारी पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसरी परीक्षामा सहभागी भएका व्यक्तिहरुलाई पक्राउ गरेको हो । उनीहरूलाई कलङ्कीमा रहेको परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको छ । ब्युरोले एक सूचना जारी गरी यस परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, बिचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवम् परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ । उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।...