Monday, August 31News That Matters

Breaking News 3

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १८ सरकारले भोली बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा भोली देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधवार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।...
मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण

मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १८ मोरङका दुई स्थानका फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू संक्रमण पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते बर्डफ्लु पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले बताउनुभयो । उहाँका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोेग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ । मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्थास्थ्यपरीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्...
लागुऔषध ब्राउनसुगर सहित युवक पक्राउ

लागुऔषध ब्राउनसुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट प्रहरीले नियन्त्रीत लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर –११ का २३ बर्षीय सेवन उराव रहेका छन । सोमबार दिउँसो साढे १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा उरावलाई ६ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।...
उदयपुरमा ४४ जनाको एन्टिजेन्ट परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

उदयपुरमा ४४ जनाको एन्टिजेन्ट परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १७ उदयपुरमा आज (सोमवार) ४४ जनामा एन्टिजेन्ट विधिमार्फत कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा १२ पुरुष र ६ जना महिला गरी १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु लिम्चुङबुङ गाउँपालिका र स्वास्थ्य कार्यालयमा परिक्षण गरिएकोमा संक्रमण देखिएको छ । लिम्चुङबुङका २ पुरुष र ३ महिला गरी ५ जना र जिल्लामा परिक्षण भएका मध्ये ८ पुरुष र १ जना महिलाको रिपोट पोजेटिभ आएको हो । जिल्लामा कोरोना मुक्त हुनेको संख्या ३९ पुरुष र १६ महिला गरी ५५ जना रहेका छन् । स्वास्थय कार्यालयको तथ्याङक अनुसार हालसम्म जिल्लामा १ हजार १ सय ३९ जनाको एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गरिएकोमा ३ सय ६० पुरुष र २ सय ८० जना महिला गरी ६ सय ४० जना संक्रमित भएका ह...
अनलाइनमार्फत जुवा खेल्ने ८ महिलासहित ७४ जना पक्राउ

अनलाइनमार्फत जुवा खेल्ने ८ महिलासहित ७४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १७ अनलाइन माध्यमबाट जुवा खेलिरहेको अवस्थामा ८ महिलासहित ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले दोलखाका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ गरेको हो । तर पछिल्लो समय अनलाइन माध्यमबाट जुवा खेल्नेहरू पनि बढ्न थालेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार महामारीको संक्रमणलाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका थिए । पक्राउ पर्नेमा ८ जना महिला र ६६ पुरुष थिए । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए । घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ अन्त...
हात्तीले आक्रमण गर्दा एक वृद्धको ज्यान गयो

हात्तीले आक्रमण गर्दा एक वृद्धको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १७ जङ्गगली हात्तीले आक्रमण गर्दा एक ७५ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका–१३ का खम्बसिंह कार्कीको हात्तीको आक्रमणमा परी ज्यान गएको हो । बिहान ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते कार्कीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको थियो ।...
लागुऔषधसहित ७ जना प्रहरी नियन्त्रणमा

लागुऔषधसहित ७ जना प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १७ लागुऔषध ब्राउन सुगर सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितबाट उनीहरु सातै जना पक्राउ परेका छन् । धरान–१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओम प्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर, धरान–१९ का २६ वर्षीय जनम मगर, धरान–३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगर पक्राउ परेका हुन् । संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
बुवाले चलाएको ट्याक्टरले किचेर २ वर्षीया छोरीको मृत्यु

बुवाले चलाएको ट्याक्टरले किचेर २ वर्षीया छोरीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ आफ्नै बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया बालिकाको ज्यान गएको छ । झापाका कनकाई नगरपालिका–७ दुर्गापुरकी बालिका आरुची दुलालको ट्याक्टरले किचेर ज्यान गएको हो । बुवा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्याक्टरले किच्दा आरुची गम्भीर घाईते भएकी थिइन् । घर अगाडि पार्किङ गरेर राखिएको ट्याक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरुची घाईते भएकी हुन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।  ...
उखुबारीमा गाडिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

उखुबारीमा गाडिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परका दुबै शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको शव फेला परेको हो । उनीहरु दुबै जना साथी रहेको प्रहरीले जनाएको छ । बिहीवार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए । तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले चौधरीको शव उनका आफन्तले सनाखत गरेको जानकारी दिए । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफ...
लडेर दुई जनाको ज्यान गयो

लडेर दुई जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपष्टि, माघ १६ मोरङ र झापाको दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको ज्यान गएको छ । उनीहरु दुबैको रुखबाट लडेर ज्यान गएको हो । हिजो दिउसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका–४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ वर्षीय धन ब. बिश्वकर्माको लडेर ज्यान गएको छ । यसैगरी हिजै साढे १ बजे झापा मेचिनगर नगरपालिका–३ दुधे गोलाटारका ४२ वर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडि गम्भिर घाइते भएका थिए । उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे ज्यान गएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...