Monday, August 31News That Matters

Breaking News 3

लागुऔषध सहित चार जना पक्राउ

लागुऔषध सहित चार जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २१ सुनसरीको धरान उप महानगर पालिका–१४ स्थितबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धारान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन । हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट बरामद गरेको हो । पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
प्रभाव दैनिकका सम्पादक पत्रकार कमलराज राईको निधन

प्रभाव दैनिकका सम्पादक पत्रकार कमलराज राईको निधन

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २१ लामो समय देखी राजधानीमा रहेर सक्रिया पत्रकारमा लागेको कमलराज राईको हृदय घातका कारण बिहिबार निधन भएको छ । राईको उपचारको क्रममा नेपाल भारत मैत्री अस्पतालमा निधन भएको नेपाल पत्रकार माहासंघले जनाएको छ । हृदयघातका कारण ४५ वर्षको अल्पायुमै निधन भएको महासंघका महासचिव रोसन पुरीले जनकारी दिए । माघ २० गते बिहीबार दिउँसो हृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल(भारत मैत्री अस्पताल पुर्‍याइए थियो । पत्रकार राईको उपचारकै क्रममा सोही दिन दिउँसो ४ बजे निधन भएको हो । राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत थिए ।...
उदयपुरमा थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६७६ पुग्यो

उदयपुरमा थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६७६ पुग्यो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ २० उदयपुरमा आज (बिहिवार) थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ महिला र ३ पुरुष गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ७६ जना पुगेको हो । २३ जनाको एन्टिजेन्ट विधिमार्फत परिक्षण गरिएकोमा ७ जनाको रिपोट पोजेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुका अनुसार थपिएको संक्रमितहरु चौदण्डीगढी र बेलाका नगरपालिकाका रहेको छन् । चौदण्डीमा ४ महिला र २ पुरुष गरी ६ जना साथै बेलकाको १ जना पुरुष संक्रमित भएका हुन् । जिल्लामा कोरोनालाई जितेर ३२ महिला र ५२ जना पुरुष गरी ८४ जना निको भएको स्वास्थ्य कार्यालयको तथ्याङले देखाएको छ ।  ...
१२ वर्षीया बालिका करणी अभियोगमा चौधरी पक्राउ

१२ वर्षीया बालिका करणी अभियोगमा चौधरी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २० १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा मोरङबाट एक पुरुष पक्राउ परेको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधवार साझा करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर करणी गरेको प्रहरीको भनाई छ । चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला प्रहरी कार्याय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।...
पाँचथरमा लेक लागेर एक जना युवाको ज्यान गयो

पाँचथरमा लेक लागेर एक जना युवाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २० पाँचथरमा चौंरी गोठ जाँदा लेक लागेर एक युवाको ज्यान गएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको लेक लागेर ज्यान गएको हो । बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए । हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु

ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक जना बालकको ज्यान गएको छ । जिल्लाको रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेका १३ वर्षीय रोशन विकको आज ज्यान गएको हो । भदौरेमा व्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर ज्यान गएको प्रहरीले जनाएको छद । पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड) को गर्दैआएका थिए । ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको अब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदैछ । घटको विषयमा थप अनुसन्धान सुरू ग...
पुल निर्माणको लागि राखिएको सामान चोर्दै गरेको अवस्थामा एक जना पक्राउ, तीन फरार

पुल निर्माणको लागि राखिएको सामान चोर्दै गरेको अवस्थामा एक जना पक्राउ, तीन फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ पुल निमार्णका लागि राखिएका सामान चोर्दै गरेको अवस्थामा प्रहरीले झापाबाट एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको गौरादहमा ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायतका सामाग्री चोरी गरेको अवस्थामा प्रहरीले नियन्त्रमा लिएको हो ।गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गौरादह–९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल निर्माणका लागि राखिएको छड चोरी गर्दैगर्दा मे १ त ४७२८ नम्बरको ट्याक्टरसहित साह पक्राउ परेका हुन् । उनलाई छड ट्याक्टरमा लोड गर्दैगर्दा प्रहरीले पक्राउ गरेको थियो । अन्य तीन जना भने फरार रहेको प्रहरीको भनाइ छ । यो समूहले दुई दिनअगाडि पनि ४० थान छड लगेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ बैंकिंङ् कसुर मुद्धाका फरार रहेका प्रतिवादी पक्राउ परेको छ । मोरङ विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सिताराम लुईटेल पक्राउ परको हो । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा मंगलबार पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ । प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा उच्च अदालत विराटनगरबाट २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना तोकीएकोमा उनी फरार भएका थिए । लगत नं.– ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सजाय भूक्तन गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १९ झापाको बिर्तामोड नगरपालिका–५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ परेको छ । सोही स्थानका २४ वर्षीय सुनिल लिम्बु पक्राउ परेको हो । हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान–२ सहित पक्राउ गरेको थियो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।...
बृद्धा आमाको हत्या आरोपमा छोरा पक्राउ

बृद्धा आमाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले हिजो दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा पास गरिदिए । उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा उनिमाथि मुद्धा हालेका थिए ।अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिशको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।...