इलामबाट काठमाडौंको हवाई उडान फागुन ८ देखि सूचारु हुने
पूर्णपुष्टि, माघ २६
इलामबाट काठमाडौंको हवाई उडान फागुन ८ गतेदेखि सूचारु हुने भएको छ । व्यावसायिक उडानको तयारी भइरहेको जिल्ला फाल्गुननन्द–सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परिक्षण उडान गरिएको छ ।
फाल्गुननन्द–सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यवसायी उडान सुरु हुँदैछ । तारा एयरलायन्सले साताको एक दिन काठमाडौँ–इलाम–काठमाडौँ उडान गर्ने तयारी छ । नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलाइन्सबीच सम्झौता भइसकेको छ । प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र एयरलाइन्सबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ ...








