Monday, July 13News That Matters

Breaking News 3

बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, ४ जना यात्री समेत घाईते

बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, ४ जना यात्री समेत घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ झापा कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्प स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् ।हिजो दिउसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको B&C  अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । बोलेरो र चालक ईलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।...
गाईघाटमा पहिलो चोटी आज बाट सवारी ट्रायल सुरु

गाईघाटमा पहिलो चोटी आज बाट सवारी ट्रायल सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ गाईघाटमा आज बाट सवारी लाईसेन्सको ट्रायल सुरु भएको छ । गाईघाट बाटै सवारी लाईसेन्सको व्यवस्था गरिएपछि आजा बाट औपचारीक रुपमा ट्रायल सुरु गरिएको हो । यातायात व्यवस्था सेवा कार्यालय उदयपुर गाईघाटले लाईसेन्स वितरणका कामलाई अघि सार्दै कार्तिक २८ गते बाट अनलाईन फर्म खुलाएका थिए । पहिलो चरणमै लाईसेन्सको लागि अत्यादिक सवारी चालकहरुले आवेदन दिएका थिए । शुक्रबार भएको पहिलो चरणको लिखित परिक्षामा उतिर्ण हुनेहरुको आज बाट ट्रायल हुने याताया व्यवस्था सेवा कार्यालय उदयपुरका प्रमुख सुवास कार्कीले बताउनुभयो । कार्कीका अनुसार पहिलो चरणमा १८९ जनाले लिखित परिक्षामा सहभागी जनाए थिए । लाईसेन्सका लागि लगतार अनलाई फर्म खुलिरहेकाले ट्रायलका लागि लिखितमा धमाधम सहभागी भईरहेको प्रमुख कार्कीले बताउनुभयो । गाईघटमा पहिलो पटक शुक्रबार भएको लिखित परिक्षा भन्दा थप बढेर दोस्रो पटक हिजो मंगलबार २...
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ मंगलबार तनहुँको भन्सारमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवकोटा पालुङटार नगरपालिका–४ निवासी सुवर्ण देवकोटा रहेका छन् । उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिँँदा गम्भिर घाईते भएका देवकोटाको उपचारको लागी दमौली अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । देवकोटा नेकपा ( माओवादी केन्द्र ) निकट अखिल ( क्रान्तिकारी ) पालुङटार नगर कमिटी संयोजक समेत रहेको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र बसलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।...
एकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ

एकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ७ जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद रु. २६,७२,९०६ जरिवाना असुल भएको छ । फरार प्रतिवादी पक्राउकै शिलसिलामा डाका मुद्धामा ६ बर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालिन चाँदवेला – १ हाल ईनरुवा – ७ वस्ने अजित मियाँलाई सोमवार दिउँसो पक्राउ गरेको छ । पक्राउ परेका मियाँ लगायतका ३ जनाको समुहले २०६८ सालमा रामधुनी –...
रक्सीको नसामा बुबाले नै गरे छोराछोरीमाथि एसिड प्रहार

रक्सीको नसामा बुबाले नै गरे छोराछोरीमाथि एसिड प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ७ बुबाले छ्यापेको एसिड लागेर सोलुखुम्बुमा छोरोछोरी घाइते भएका छन् । सोलु दूधकुण्ड नगरपालिका–५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले छ्यापेको एसिड लागेर उनकै २५ वर्षीय छोरा र १६ वर्षकी छोरी घाइते भएका हुन् । बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । एसिड प्रहारबाट घाइते भएकालाई जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर रहेको छ । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।...
जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ६ जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती साढे आठ बजे दुर्घटनामा परेको हो । सो जीपमा सवार ७ जनामध्ये ५ जनाको घटना स्थलमै ज्यान गएको र एक जनको उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटैमा ज्यना गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका४० वर्षीय दीपक मालीको उपचारको लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएसँगै मृतकको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ । दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको सो दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्य...
लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने आमा छोरासहित ४ जना पक्राउ

लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने आमा छोरासहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ६ लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने आमा छोरासहित चार जना पक्राउ परेका छन् । दाङको तुलसीपुर–५ बस्ने ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका छोरा १८ वर्षीय रोहन श्रेष्ठ र रोहनका दुई साथीलाई प्रहरीले पक्राउ गरेका हुन् । बुबाले भारतबाट ल्याउने र आमा छोराले पोका बनाएर डिलरको रूपमा बिक्रेताहरूलाई ब्राउन सुगर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ब्राउन सुगरको बिक्री भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आमा छोराले सँगै बसेर घरमै ब्राउन सुगरको पोका बनाइरहेको अवस्थामा पक्राउ गरेको थियो ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ६ मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउदा अचानक करेन्ट लागि गम्भिर घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचौक लगिएको थिए । घाईते खवासको उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।...
अटोको ठक्करबाट पदैल यात्रीको मृत्यु

अटोको ठक्करबाट पदैल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ६ झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे ६ बजे पुर्ब तर्फ आउदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो । अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेको छ । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरबाट हराएका खोटाङका ३३ वर्षीय युवक मृत्य भटिए

उदयपुरबाट हराएका खोटाङका ३३ वर्षीय युवक मृत्य भटिए

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ५ उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाडाबाट गत कात्तिक २९ गते रातिदेखि बेपत्ता बनेका युवक शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेको हो । मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अफ्ठ्यारो भीरमा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति राजदेश राईले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमार मंसिर २ गते जाहेरी दिएका थिए । कात्तिक २८ गते बारीको कान्लाबाट लड्दा अनुहार ...