Monday, August 3News That Matters

Breaking News 3

लागुऔषध सहित एकजना पक्राउ

लागुऔषध सहित एकजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १० मोरङ बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित प्रहरिले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् । आज पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र DIALEX-DC १ बोतल पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।...
चौथो पत्र

चौथो पत्र

Breaking News 3, साहित्य
गोठकृष्ण ठकुरी निक्कै सताई रहेछ अचेल तिम्रो यादले । यदि तिम्रो यादहरुको यो सम्पति बेच्न कुनै बजार पाए तिम्रो बालबच्चा र तिम्रो बुढो संसारकै धनी परिवारमा गनिने थियो । बुढि पत्र लेख्दा पीडा त कम नहुँदो रहेछ मात्र सहने बानीको विकास चाहिँ हुँदो रहेछ । बुढि मलाई त के छ र हिजो पनि एक्लै थिएँ । आज पनि एक्लै छु । चिन्ता यति मात्र हो, तिमीले आफ्नो जीवन पुरा जिउन पाएनौ । मेरो मन साँघुरो भएर होला तिमीले आकाश रोज्यौ । प्रयास त गरेकै हो हामीले तिमीलाई निको बनाउन भाग्यमा आएर अड्कीनु प¥यो । तिमीले नै भनेकी थियौ । मन दरो बनाउनु, मैले मन यति दरो बनाएको छु कि अब तिमी बाहेक कसैले तोड्न सक्दैन । तिमीले भनेको होईन हिम्मत नहार्न, हारेको छैन बुढी मैले हिम्मत । हिम्मत गरेरै तिमीले छाड्दा पनि बाँचीरहेको छु र हेरिरहेको छु सबै कुरा । उस्तै छ मोतिगडा चोक अनि चोकमा तिमीले खाने चाउमिन पसल उस्तै छ चौधरी...
चोरी मुद्धामा २२ बर्ष सम्म फरार रहेका अन्सारी पक्राउ

चोरी मुद्धामा २२ बर्ष सम्म फरार रहेका अन्सारी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १० चोरी मुद्धामा २२ बर्ष सम्म फरार रहेका व्यक्तिलाई सर्लाहि प्रहरिले पक्राउ गरेको छ । पर्सा गाउँपालिका–१ घर भएका मुनिया भनिने कमल हुसैन अन्सारीलाई प्रहरिले पक्राउ गरेको हो । सर्लाही जिल्ला अदालतको २०५६ साल असार २२ गतेको फैसलाले अन्सारीलाई चोरी मुद्दामा १ महीना कैद र रु ३५ हजार जरिवाना तोकेको थियो । उनि फैसला पश्चात फरार रहेको थिए । उनको खोजी गर्ने क्रममा २२ बर्ष पछि गाउँ बाटै पक्राउ गरेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सिन्धुली कारागार चलान गरिएको बुढाथोकीले जनाएको छ ।...
जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १० झापामा जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु छ । जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगर रहेका छन् । आज बिहान साढेँ ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको सुचना पश्चात ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरीको टोली खटिई घटनाको बारेमा कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ ।...
लागूऔषध सहित युवक पक्राउ

लागूऔषध सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १० मोरङको बिराटनगर महानगरपालिका १५ स्थितमा रहेको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिले बस्ने २३ बर्षीय विवेक तामाङ रहेका छन् । हिजो बेलुका पौने ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरेहेको छ ।...
एमाले महाधिवेशन चितवनमा उद्धाटन हुँदै

एमाले महाधिवेशन चितवनमा उद्धाटन हुँदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १० चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा नेकपा (एमाले) को १० औँ महाधिवेशन आजबाट सुरु हुदैँछ । अधिवेशनको लागि सबै तयारी पूरा भएको र उद्धाटनमा पाँच लाअभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले) ले जनाएको छ । महाधिवेशनमा २ हजार १ सया७५ प्रतिनिधि र १ सय ३ पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि समेत सहभागित रहने छ । ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।...
२० बर्ष सम्म ज्यान मुद्धामा फरार रहेको श्रेष्ठ पक्राउ

२० बर्ष सम्म ज्यान मुद्धामा फरार रहेको श्रेष्ठ पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ९ सवारी ज्यान मुद्धाका फरार प्रतिवादिलाई २० बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । फरार रहेका भक्तपुर थिमि नगरपालिका–१३ बस्‍ने ४४ वर्षीय रामभक्त श्रेष्ठलाई नक्सालबाट बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक ( डीएसपी ) निरन्जन दत्त भट्टको अनुसार उनले २०५९ साल पुस १५ गते काठमाण्डौँ महानगरपालिका –३२ कोटेश्वरमा बा२प ७३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक रामचन्द्र श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना लगतै रामभक्त श्रेष्ठ फरार रहेका थिए । श्रेष्ठ उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्रेडमार्क चोरीको अभियोगमा एक व्यवसायी पक्राउ

ट्रेडमार्क चोरीको अभियोगमा एक व्यवसायी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ९ ट्रेडमार्क चोरी र इमेलको दुरुपयोग गरेको अभियोगमा एक जना व्यापारी पक्राउ परेको छ । ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्कीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए । तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेल अनधिकृत रुपमा प्रयोग गरी फेसवुक र टिकटकमा प्रयोग गरेको उजुरी परेको प्रहरीले बताएको छ । प्रधान कार्यालय स्रोतका अनुसार बुधबार पक्राउ परेका कार्कीलाई ट्रेडमार्क चोरी र साइबर अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइनेछ । हलेसी डेकोरका संस्थापक अध्यक्ष हेमराज कार्कीले योगेन्द्र कार्कीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५, ४६ र ४७ को विपरीतको कार्य गरेको भनी जाहेरी दिएका हुन्...
भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ९ पाँचथरमा भालुले आक्रमण गर्दा एक जना गम्भीर घाइते भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएको हो । फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको छ । राईलाई उपचारका लागि सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।...
३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ

३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ ३० औँ अन्तराष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ छ । हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्मको १६ दिनलाई महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका रुपमा विश्वभर मनाउदैँ आएको हो । लोकतन्त्र पश्चात् नेपालमा पनि यो अभियानलाई १६ दिन सम्म मनाउने गरिएको छ । महिला माथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्र संघिय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत १६ दिन सम्म समुदाय देखि सबै तह सम्म विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । प्रत्येक वर्ष झंै यस वर्ष पनि महिला हिंसा अन्त्यका लागि भईराखेका प्रयासहरू प्रति ऐक्यबद्धता जनाउँदै समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको ओरेक नेपालको कार्यकारी निर्देशक लुभराज न्यौपान...