Sunday, May 31News That Matters

Breaking News 3

ट्रेडमार्क चोरीको अभियोगमा एक व्यवसायी पक्राउ

ट्रेडमार्क चोरीको अभियोगमा एक व्यवसायी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ९ ट्रेडमार्क चोरी र इमेलको दुरुपयोग गरेको अभियोगमा एक जना व्यापारी पक्राउ परेको छ । ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्कीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए । तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेल अनधिकृत रुपमा प्रयोग गरी फेसवुक र टिकटकमा प्रयोग गरेको उजुरी परेको प्रहरीले बताएको छ । प्रधान कार्यालय स्रोतका अनुसार बुधबार पक्राउ परेका कार्कीलाई ट्रेडमार्क चोरी र साइबर अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइनेछ । हलेसी डेकोरका संस्थापक अध्यक्ष हेमराज कार्कीले योगेन्द्र कार्कीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५, ४६ र ४७ को विपरीतको कार्य गरेको भनी जाहेरी दिएका हुन्...
भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ९ पाँचथरमा भालुले आक्रमण गर्दा एक जना गम्भीर घाइते भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएको हो । फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको छ । राईलाई उपचारका लागि सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।...
३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ

३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ ३० औँ अन्तराष्ट्रिय १६ दिने लैंगिकहिंसा विरुद्धको अभियान विश्वभर भोलीबाट सुरु हुदैँ छ । हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्मको १६ दिनलाई महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका रुपमा विश्वभर मनाउदैँ आएको हो । लोकतन्त्र पश्चात् नेपालमा पनि यो अभियानलाई १६ दिन सम्म मनाउने गरिएको छ । महिला माथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्र संघिय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत १६ दिन सम्म समुदाय देखि सबै तह सम्म विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । प्रत्येक वर्ष झंै यस वर्ष पनि महिला हिंसा अन्त्यका लागि भईराखेका प्रयासहरू प्रति ऐक्यबद्धता जनाउँदै समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको ओरेक नेपालको कार्यकारी निर्देशक लुभराज न्यौपान...
ब्राउन सुगर सहित एक युवक पक्राउ

ब्राउन सुगर सहित एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८  झापाको कन्काई नगरपालिका ७ बिरिङ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान ३ का २८ बर्षीय सुप्रकाश राई रहेका छन् । हिजो बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले राईलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको थप अनुसन्धान ईलाका प्रहरी कार्यालय अनारमनीले गरिरहेको छ ।...
नियन्त्रित औषधी सहित एक युवक पक्राउ

नियन्त्रित औषधी सहित एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ सुनसरी धरान उप महानगरपालिका–५ देउरालीका २४ बर्षीय अनम राईलाई नियन्त्रित औषधी सहित पक्राउ परेको छ । मंगरलबार बेलुका साढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, ४ जना यात्री समेत घाईते

बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, ४ जना यात्री समेत घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ झापा कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्प स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् ।हिजो दिउसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको B&C  अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । बोलेरो र चालक ईलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।...
गाईघाटमा पहिलो चोटी आज बाट सवारी ट्रायल सुरु

गाईघाटमा पहिलो चोटी आज बाट सवारी ट्रायल सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ गाईघाटमा आज बाट सवारी लाईसेन्सको ट्रायल सुरु भएको छ । गाईघाट बाटै सवारी लाईसेन्सको व्यवस्था गरिएपछि आजा बाट औपचारीक रुपमा ट्रायल सुरु गरिएको हो । यातायात व्यवस्था सेवा कार्यालय उदयपुर गाईघाटले लाईसेन्स वितरणका कामलाई अघि सार्दै कार्तिक २८ गते बाट अनलाईन फर्म खुलाएका थिए । पहिलो चरणमै लाईसेन्सको लागि अत्यादिक सवारी चालकहरुले आवेदन दिएका थिए । शुक्रबार भएको पहिलो चरणको लिखित परिक्षामा उतिर्ण हुनेहरुको आज बाट ट्रायल हुने याताया व्यवस्था सेवा कार्यालय उदयपुरका प्रमुख सुवास कार्कीले बताउनुभयो । कार्कीका अनुसार पहिलो चरणमा १८९ जनाले लिखित परिक्षामा सहभागी जनाए थिए । लाईसेन्सका लागि लगतार अनलाई फर्म खुलिरहेकाले ट्रायलका लागि लिखितमा धमाधम सहभागी भईरहेको प्रमुख कार्कीले बताउनुभयो । गाईघटमा पहिलो पटक शुक्रबार भएको लिखित परिक्षा भन्दा थप बढेर दोस्रो पटक हिजो मंगलबार २...
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ८ मंगलबार तनहुँको भन्सारमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवकोटा पालुङटार नगरपालिका–४ निवासी सुवर्ण देवकोटा रहेका छन् । उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिँँदा गम्भिर घाईते भएका देवकोटाको उपचारको लागी दमौली अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । देवकोटा नेकपा ( माओवादी केन्द्र ) निकट अखिल ( क्रान्तिकारी ) पालुङटार नगर कमिटी संयोजक समेत रहेको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र बसलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।...
एकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ

एकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ७ जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद रु. २६,७२,९०६ जरिवाना असुल भएको छ । फरार प्रतिवादी पक्राउकै शिलसिलामा डाका मुद्धामा ६ बर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालिन चाँदवेला – १ हाल ईनरुवा – ७ वस्ने अजित मियाँलाई सोमवार दिउँसो पक्राउ गरेको छ । पक्राउ परेका मियाँ लगायतका ३ जनाको समुहले २०६८ सालमा रामधुनी –...
रक्सीको नसामा बुबाले नै गरे छोराछोरीमाथि एसिड प्रहार

रक्सीको नसामा बुबाले नै गरे छोराछोरीमाथि एसिड प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ७ बुबाले छ्यापेको एसिड लागेर सोलुखुम्बुमा छोरोछोरी घाइते भएका छन् । सोलु दूधकुण्ड नगरपालिका–५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले छ्यापेको एसिड लागेर उनकै २५ वर्षीय छोरा र १६ वर्षकी छोरी घाइते भएका हुन् । बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । एसिड प्रहारबाट घाइते भएकालाई जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर रहेको छ । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।...