भूपेन्द्रको हत्यामा २१ जना संलग्न १२ जना पक्राउ, ९ अझै फरार
पूर्णपुष्टि, मंसिर २०
कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा २१ जनाको संलग्नता रहेको छ । हत्या अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरेको र ९ जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल छन् ।
यस्तै, लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्...








