Monday, August 3News That Matters

Breaking News 3

बृद्धाको हत्या आरोपमा युवक पक्राउ

बृद्धाको हत्या आरोपमा युवक पक्राउ

Breaking News 3
पूर्णपुष्टि, मंसिर २४ बृद्धाको हत्या आरोपमा प्रहरिले एक युवकलाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका–१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको आरोपमा प्रहरिले सोहि ठाँउका २५ वर्षीय प्रकाश बिकलाई पक्राउ गरेको हो । सामान्य विवादका कारण प्रकाशले लाठी प्रहार गर्दा जेठी आमा नाता पर्ने पार्वती घाईते भएका थिए । उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।प्रहरिले प्रकाशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २४ मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । हिजो राती ७ बजे विराटनगर महानगरपालिका–११ रामपुरमा दुर्घटना हुँदा सोही स्थानका ३४ वर्षीय मुन्ना कुमार साहनीको मृत्यु भएको हो । रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार साहनी घाईते भएका थिए । सहनीको कोशी अस्पताल विराटनगरमा पु¥याउन साथ मृत्यु भएको थियो । ट्याकटर र चालक सोही स्थानका १९ वर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ । यसैगरी, मोरङकै बुढिगंगा गाउँपालिका–२ टंकी स्थितमा हिजो राती ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका–४ आईतबारेका २६ वर्षीय सुरज खनाल...
लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्ट, मंसिर २३ सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । सुनसरीको ईनरुवा नगरपालिका–३ स्थितबाट भोक्राह नरसिंह–५ का २० वर्षीय सरोज मन्सुरी र २१ वर्षीय हारुण मन्सुरी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कर्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम बरामद भएको छ । त्यसैगरी बिशेष सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका–४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागुऔषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुलसहित राई र सोहि स्थानका १९ वर्षीय धनकुमार राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्र्यालय सुनसरीले थप अनुसन्धान अगाडी बढाएको छ ।...
मृत्त शिशुको जन्म, समयमै उपचार नपाउदा सुत्केरीको मृत्युु

मृत्त शिशुको जन्म, समयमै उपचार नपाउदा सुत्केरीको मृत्युु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २२ एक सुत्केरीले समयमै स्वास्थ्य उपचार नपाउदा अकालमै ज्यान गुमाएकी छिन् । बाजुराको हिमाली गाउँपालिका–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको उच्च रक्तश्रावका कारण ज्यान गएको हो । गाउँपालिका स्वास्थ्य शाखाका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको थियो । गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्न थालेको थियो । केही समयपछि सुत्केरी भएको तर, मरेको शिशु जन्मिएको चदारका श्रीमानले बताएका छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ । घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ ।...
जनकपुरमा विवाह पञ्चमीको रौंनक, सीतारामको विवाह महोत्सव

जनकपुरमा विवाह पञ्चमीको रौंनक, सीतारामको विवाह महोत्सव

Breaking News 3, रोचक, समाचार
पूर्णपुष्टि, मंसिर २२ जनकपुरधाममा आज विवाह पञ्चमीको रौंनक छाएको छ । सीता र रामको विवाह महोत्सव धुमधामका साथ मनाईदैँ छ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र आदर्शनारी सीताको विवाह भएको हो । सोही दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाह महोत्सवका अवसरमा बुधबार प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ । विवाह पञ्चमीमा राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ । बुधबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी, किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदान (बाह्र बिघा)मा डोलाफेर गरी सीतारामको स्वयम्बर हुने कार्यक्रम रहेको छ । रामजानकीको डोलासहित जनकपुरधाम नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि रामजानकीको विवाहको कार्यक्रम हुनेछ । राम मन...
लागुऔषध अफिमसहित २ जना पक्राउ

लागुऔषध अफिमसहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २१ झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । भारत फ्रोजपुर का २५ वर्षीय केयर सिंह र भारत मौगा का २५ वर्षीय सुखजित सिंह लागुऔषधसहित पक्राउ परेका हुन् । हिजो बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनीहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम बरामद भएको थियो । पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...
सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २१ झापा मेचीनगर नगरपालिका–१२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुद्धशान्ति गाँउपालिका–२ का ३५ वर्षीय भिम प्रसाद पौडेलको सवारी दुर्घटनामा ज्यान गएको हो । हिजो राती पौने ९ बजे ट्याक्टर बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर लागि दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक पौडेल घाइते भएका थिए । घाइते पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे ज्यान गएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।...
एक युवकको शव फेला

एक युवकको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २१ महोत्तरीमा एक जना युवकको शव फेला परेको छ । जिल्लाको एकडारा गाउँपालिका–५ स्थित गेना बथनाहामा रहेको पोखरी छेउमा अन्दाजी ४२ वर्षीय रामश्रृष्ठ यादवको शव फेला परेको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका–७ अन्कार बस्ने शव फेला परेको महोत्तरी हो । शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुुभयो । उनको मृत्युबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने आचार्यले बताउनुभयो ।...
माछा मार्न गएको पुरुषको डुबेर मृत्यु

माछा मार्न गएको पुरुषको डुबेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २० झापाको गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरीको टोलिले खोजतलास गर्ने क्रममा हिजो साढे २ बजे खोलामा डुबी मृत अबस्थामा फेला परेको हो । घटना सबन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।...
भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २० खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । हिजो दिउँसो ३ बजे बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोलिले राईको घरमा खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो । घटना सबन्धमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।...