१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
पूर्णपुष्टि, मंसिर २९
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । मंगलबार प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आयोजित एक बिशेष कार्यक्रमका बिच ५६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बि.सी.ले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनुभएको थियो ।
उहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकु...









