Monday, July 13News That Matters

Breaking News 3

पिकनिक गएको बसले ठक्कर दिँदा २ जनाको मृत्यु

पिकनिक गएको बसले ठक्कर दिँदा २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १ झापामा पिकनिक गएको बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कनकाई नगरपालिका–७ दुर्गापुरमा पिकनिक गएर फर्किने क्रममा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । इलामको कन्यामबाट सुनसरीको इटहरीतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे इलाम रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु पश्चिमबाट पूर्वतर्फ मे ७ प २८४६ नम्बरको मोटरसाइकलमा सवार थिए । तीव्र गतिको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीहरुको भनाई रहेको छ । प्रहरीले बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ बस्ने सरोज ढकाललाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका ...
झापामा नक्कली पीसीआर रिपोर्ट बनाउने एक जना पक्राउ

झापामा नक्कली पीसीआर रिपोर्ट बनाउने एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १ झापामा नक्कली पीसीआर रिपोर्ट बनाउने एक जना पक्राउ परेको छ । जिल्लाको मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले सो ठाउँ बस्ने काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको हो । प्रहरीले तामाङको कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय (नेपाल सरकार अर्थ मन्त्र...
ईटहरीमा बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जना पक्राउ

ईटहरीमा बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १ सुनसरीको ईटहरी उप–महानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न दुई जना पक्राउ परेका छन् । ईटहरी–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका–५ का २० वर्षीय मिनराज पराजुली पक्राउ परेका हुन् । मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ । बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।...
ट्रकको ठक्करबाट महिलाको मृत्यु

ट्रकको ठक्करबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १ झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेडाईको ट्रकले ठक्कर दिदाँ ज्यान गएको हो । हिजो मध्य राती पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि वि.एण्ड सी. अस्पताल बिर्तामोड पु¥याउना साथ उनको ज्यान गएको थियो । ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका–४ का २९ वर्षीय उतम वाईबालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।...
झापामा अज्ञात व्यक्तिको हतियार प्रहारबाट एक युवकको मृत्यु

झापामा अज्ञात व्यक्तिको हतियार प्रहारबाट एक युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १ झापामा अज्ञात व्यक्तिको हतियार प्रहारबाट एक जना युवाको ज्यान गएको छ । बुधबार राति ७ बजेतिर दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीमाथि हतियार प्रहार गर्दा उनको ज्यान गएको हो । दमक बजारमा पराजुलीमाथि हतिया प्रहार हुँदा उनी गम्भीर घाइते भएको थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।...
आगोमा जलेर एकै घरका २ बालिकाको मृत्यु

आगोमा जलेर एकै घरका २ बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १ सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकाको ज्यान गएको छ, एक जना घाईते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको ज्यान गएको हो । आगलागीमा जलेर उनका दुई छोरी ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै ज्यान गएको थियो । आगलागीमा जलेकी उनकै पाँच वर्षीया छोरी सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ । यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर ज्यान गएको छ । आगो ताप्ने क्रममा ...
बस र जीप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २६ जना घाईते

बस र जीप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २६ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २९ कैलालीको पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा बस र जीप एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र। ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्किदा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० वामदेव गौतमले बताउनुभयो । उहाँको अनुसार बसमा ३८ जना र जीपमा ३ जना गरेर जम्मा ४१ जना सवार रहेका थिए । जीपमा सवार चालकसहितका ३ जना र बसमा सवार २३ जना गरेर २६जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागी लम्कीकै स्थानीय अस्पतालमा लगीएको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन् । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
विराटनगरबाट हराएको मोटरसाईकलसहित दाहाल पक्राउ

विराटनगरबाट हराएको मोटरसाईकलसहित दाहाल पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २९ मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ परेको छ । सुनसरी रामधुनी नगरपालिका–३ घर भई विराटनगर महानगरपालिका–११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल पक्राउ परेको हो । मंसिर २६ गते राती साढे ८ बजे विराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भएको थियो । चोरीको मोटरसाईकल खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादैँ गरेको अबस्थामा मोटरसाईकलसहित दाहाललाई पक्राउ गरिएको हो । पक्राउ परेका दहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २९ १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । मंगलबार प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आयोजित एक बिशेष कार्यक्रमका बिच ५६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बि.सी.ले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनुभएको थियो । उहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकु...
भ्यान दुर्घटनाबाट २ जनाको मृत्यु, ८ घाईते

भ्यान दुर्घटनाबाट २ जनाको मृत्यु, ८ घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २९ ईलामको सुर्योदय नगरपालिका–७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने, आठ जना घाईते भएका छन् । माईजोमाई गाँउपालिका–४ का ७६ वर्षीय राम प्रसाद तिमसिना र माईजोमाई–३ का ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो, भने अन्य आठ जना घाईते भएका हुन् । हिजो दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भ्यान आफै अनियन्त्रित भई सडकबाट १ सय मिटर तल झरी दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लागिएकोमा तिमसिना र घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।...