Monday, August 3News That Matters

Breaking News 3

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पौष ५ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थितबाट नियन्त्रित लागुऔषध सहित १ जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका –२ का ३८ बर्षिय कालु बहादुर राई रहेका छन । आईतबार बेलुका साँढे ५ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीको टोलीले डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित राईलाई नियन्नत्रणमा लिएको हो । पक्राउ परेका राईको थप अनुसन्धान ईलाका प्रहरी कार्यालय चतराबाट भईरहेको प्रहरिले जनाएको छ ।...
उदयपुरमा किराँत समुदायको उधौली (साकेला) भब्यरुपले मनायो

उदयपुरमा किराँत समुदायको उधौली (साकेला) भब्यरुपले मनायो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष ४ उदयपुरमा किराँत राई समुदायले साकेला नाचेर अधौली पर्व भब्यरुपले मनाएका छन् । अन्नवाली राम्रो होस् भनी प्रकृतिलाई पुज्दै बैसाखे पूर्णेमा उभौली साकेला मनाउने राई समुदायले यतिबेला बाली भित्राएको खुसीयालीमा उधौली मनाएका हुन् । किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष नविन राईका अनुसार वर्षमा दुईपटक उभौली र उधौली चाँड मनाउने राई समुदायले यतिबेला अन्नबाली भित्राएको खुसियालीमा उधौलीपर्व मनाउने गर्दछन् । उधौली साकेलाको अवसरमा उदयपुरको बेल्टारमा किराँत राई जातीको पहिलो राजा यलम्बरको सालिक अनावरण भएको छ भने जिल्लाको मुख्य तीन स्थानमा भब्य साकेला नाँचको आयोजना भयो । चौदण्डीगढी नगरपालिकाको बेल्टारमा उधौली नाचको आयोजना गरी यलम्बरको सालिक अनावराण गरिएको हो । स्थानीय किन्दरमाया राई र उहाँको परिवारले स्वर्गिय पति कृष्णबहादुर राईको स्मृतिमा ४ लाख २५ हजारको लगानीमा यलम्बर सालिक निर्मा...
९ वर्षीय बालक चर्चभित्र झुण्डिएको अवस्थामा फेला

९ वर्षीय बालक चर्चभित्र झुण्डिएको अवस्थामा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ४ नौं वर्षीय बालक चर्चभित्र झण्डिएको अस्थामा मृत फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा नौं वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत फेला परेको हो । बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको थियो । घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।...
सिरहामा छुरा प्रहारबाट एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सिरहामा छुरा प्रहारबाट एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Breaking News 3, समाचार
पूर्णपष्टि, पुष ४ सिरहामा छुरा प्रहारबाट एक जनको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच झडप हुँदा २६ वर्षीय रामकुमार सदाका छुरा प्रहारबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार दुई समूहबीच छुरा हानाहान हुँदा सदाको ज्यान गएको र अर्का एक घाइते भएको छ । प्रहरीका अनुसार झडपमा गम्भीर घाइते भएका सदालाई उपचारको लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ पु¥याएलगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । त्यस्तै निकेश सदा गम्भीर घाइते छन् । उनको उपचार भइरहेको छ प्रहरीले जनाएको छ । दुई पक्षका ६–७ जनाबीच झडप भएको प्रहरीले जनाएको छ । उनीहरू अहिले फरार छन् । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ । घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश...
शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ४ धनकुटामा एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द भएको हो । विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ । विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड–१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए । पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए । १० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए । य...
सवारि दुर्घटनाबाट चालकको मृत्यु, १ जना घाईते

सवारि दुर्घटनाबाट चालकको मृत्यु, १ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, पौष ४ सुनसरीको गढी गाँउपालिका–५ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिका–६ का २५ बर्षिय निराजन राय रहेका छन् । हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको हो । मोटरसाईकल पछाडि सवार गढी–६ कै २७ बर्षिय अक्षय राय समेत घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिराट नसिंह होम बिराटनगर पुर्‍याईएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...
भारतमा नेपाली मजदुर सवार बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाईते

भारतमा नेपाली मजदुर सवार बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ३ भारतमा नेपाली मजदुर सवार रहेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बरो बस राजकोट जादैँ गर्दा उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुत्रबार दुर्घटना भएको थियो । दुर्घटनाबाट बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने छोरा विष्णु थापाको मृत्यु भएको हो । घाइते भएका पाँच जनाको अवस्था सामान्य रहेको छ भने अन्य यात्रुहरु शकुसल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । घाइतेहरूको उपचार भारतमा भइरहेको छ । बालकको शव पनि भारतमा नै रहेको प्रहरिले जनाएको छ ।  ...
सडक सुशासन कायम गराउन झापामा पुष ४ बाट ट्राफिक सप्ताह

सडक सुशासन कायम गराउन झापामा पुष ४ बाट ट्राफिक सप्ताह

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २ सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुष ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेष गरी पुष र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिनाई हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम १ नम्बर प्रदेश भरी नै सञ्चालन भइरहेको र झापामा पनि सोही ट्राफिक सचेतना अभियान गर्न लागिएको प्रहरी निरीक्षक चापागाईले बताउनुभयो । चापागाईका अनुसार...
टिपरको ठक्करले एकै परिवारको ३ जनाको मृत्यु, बालक घाईते

टिपरको ठक्करले एकै परिवारको ३ जनाको मृत्यु, बालक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २ सिरहामा टिपरले ठक्कर दिदाँ मोटरसाइकलमा सबार एकै परिवारको तिन जनाको मृत्य भएको छ, भने एक बालक घाईते भएका छन् । ठक्करबाट सप्तरीको बलान बिहुल गाउँपालिका– २ दिघिया गाउँका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको छ । सिरहाको लहान–३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१ क २६२ नम्बरको टिपरले प्रदेश २–०१–००२प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।बिहीबार दिउँसो मोटरसाईकलमा चार जना सबार भएर घरतर्फ आउने क्रममा दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले बताउनुभयो । मृत्यु भएका तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको प्रहरिले जनाएको छ ।...
माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । २०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरु गरेका हुन् । शिक्षण पेशा छोडेर माओवादी जनयुद्धमा लागेका ढुंगाना यसअघि पार्टीको प्रदेश कमिटी सदस्य पनि थिए । आफुले प्रदेश सचिवमा उम्मेद्वारी दिएको घोषणा गर्दै नेता ढुंगानाले सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सचिव पदमा दाबी पेश गर्न चाहन्छु,’ नेता ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले चा...