Wednesday, August 5News That Matters

Breaking News 3

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ८ झापामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने एक जना घाईते भएका छन् । जिल्लाको कमल गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठोक्कीदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका–१० का २२ वर्षीय अभिषेक यादवको ज्यान गएको छ, भने पछाडि सवार सोही स्थानका २५ वर्षीय राम कुमार खड्का घाईते भएका हुन् । हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को.१ क नम्बरको बसले विपरित दिशाबाट आउदै गरको प्र.१–०२–०४८ प ३०८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर लागि घाईते भएका यादव र खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन अगाडी बढाएको छ ।...
श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ७ संखुवासभाको पाचखपन नगरपालिका–३ का दिपन राई आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् । २९ वर्षीया श्रीमती बिष्णु माया राईको हत्या अभियोगमा राई पक्राउ परेका हुन् । पुष ५ गते राती १२ बजे बिष्णु माया मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको शरिरमा केही चोट पटक देखे संगै घटना बारेमा सुक्ष्म अनुसन्धान थालेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धान संगै मृतकलाई पोष्टमार्टमको लागी धरान पठाएको थियो । अन्य अनुसन्धान जारी नै रहेकोमा बिष्णु मायाको आत्महत्या तथा भवितव्य बाट मृत्यु नभई कर्तब्यबाट हत्या भएको खुल्न आएसंगै मृतककै श्रीमान दिपन राईलाई पक्राउ गरिएको हो । राई आफैले हत्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जना...
सवारी दुर्घटनाबाट युवकको मृत्यु

सवारी दुर्घटनाबाट युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पौष ७ झापाको दमक नगरपालिका–४ स्थितमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ बर्षिय निर्मल खवास रहेका छन् । मंगलबार राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका थिए । खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएको थियो । उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको प्रहरिले जनाएका छ । गाडी तथा गाडि चालक धनकुटा नगरपालिका–१० का २७ बर्षिय प्रेम कार्की ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ । पक्राउ परेका कार्कीको थप आवश्यक अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।...
कर्तब्य ज्यान कसुरमा संलग्न २ जना पक्राउ

कर्तब्य ज्यान कसुरमा संलग्न २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पौष ६ मोरङको रंगेली नगरपालिका–२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लाश घर नजिकै पैनीमा गाडेको अवस्थामा २८ गते फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पौष ६ झापाको बिर्तामोड नगरपालिका–१ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी–१० का ४० बर्षिय यामनाथ राय रहेका छन । सोमबार बेलुका ८ बजे बिर्तामोड–१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका रायलाई उपचारको लागी बिर्तामोड स्थित बि.एण्ड सि. अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको प्रहरिले जनाएको छ ।दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोसन लिम्बु इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।...
अवैध जडीबुटी जन्य वनस्पति सहित एक जना पक्राउ

अवैध जडीबुटी जन्य वनस्पति सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पौष ६ संखुवासभाको मकालु गाउँपालिका–३ स्थितबाट अवैध जडीबुटी जन्य वनस्पति सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका–३ का २३ बर्षिय अनिल दर्जी रहेका छन् । हिजो दिउँसो सवा १२ बजे मकालु–३ स्थित कोशी लोकमार्गमा च्यामताङबाट ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकाम तर्फ लादै गरेको अवस्थामा धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्राम सहित उनलाई इलाका प्रहरी कार्यालय हेदङनाले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
गाईवस्तु चोरले २४ घण्टामा ३८ स्थानीयको हत्या गरे

गाईवस्तु चोरले २४ घण्टामा ३८ स्थानीयको हत्या गरे

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, पुष ५ उत्तरी नाइजेरियामा गाईवस्तु चोरले २४ घण्टामा ३८ स्थानीयको हत्या गरेको छ । उत्तरी नाइजेरियाको कडुना प्रान्तमा बन्दुकधारी चोरहरुको समूहले तीनवटा गाउँका ३८ गाउँलेको हत्या गरेको हो । सो घटना प्रान्तको कौरान फवा, रिहेया र गिवा गाउँमा भएको हो । सो क्षेत्रहरुमा बन्दुकधारी गाईवस्तु चोरहरुको समूहले ३८ जना स्थानीयको हत्या गरेको सुरक्षा निकायले जानकारी दिएको छ । सो घटना पछिल्लो समयको सबैभन्दा खराब रक्तपात भएको कडुना प्रान्तका आन्तरिक मामलाका आयुक्त स्यामुअल अरुवानले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।...
चीनको बेइजिङमा चालकविहीन ट्याक्सी चलाउने अनुमति

चीनको बेइजिङमा चालकविहीन ट्याक्सी चलाउने अनुमति

Breaking News 3, रोचक, समाचार, संसार
पूर्णपुष्टि, पुष ५ चीनको राजधानी बेइजिङमा चालकविहीन ट्याक्सी चलाउने अनुमति पाएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति पाएको हो । अहिले परीक्षण गर्न अनुमति दिइएको छ । परीक्षण सफल भएमा यस्ता ट्याक्सीको संख्यामा वृद्धी गरीने बेइजिङका सरकारी अधिकारीहरुले बताएका छन् । एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ । एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ । कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिको वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् । परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षामा चुनौती हु...
ट्रकले ठक्कर दिँदा एक छात्रको ज्यान गयो

ट्रकले ठक्कर दिँदा एक छात्रको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ५ सर्लाहीमा ट्रकले ठक्कर दिँदा एक जना छात्रको ज्यान गएको छ । जिल्लाको लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान ज्यान गएको हो । लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले बताए । उनका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।...
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पौष ५ संखुवासभाको सभापोखरी गाउँपालिका–१ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका–२ का फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन । हिजो बेलुकी साढे ५ बजे प्रदेश १–०२–००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको थियो । ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकको थप आवश्यक अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।...