Wednesday, August 5News That Matters

Breaking News 3

सोलुखुम्बुमा दुई इन्जिनियरको मृत्यु

सोलुखुम्बुमा दुई इन्जिनियरको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ सोलुखुम्बुमा दुई जना इन्जिनियरको मृत्यु भएको छ । जिल्लामा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको हो । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो । अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए । काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् । सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पानिको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम समेत घाइते भएका छन् । उनलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मृतकक...
मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पाँचथरबाट पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङलाई श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पुष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा वादविवाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै ४५ वर्षीया श्रीमती जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा उनी घाईते भएको थिइन् । घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतबार बिहान साँढे ८ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।...
दुई किशोर–किशोरी मृत अवस्थामा फेला

दुई किशोर–किशोरी मृत अवस्थामा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ एक किशोरी र एक किशोर गरी दुई जनाको शव मृत अवस्थामा फेला परको छ । कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुलि नसकेको र थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
सिरहामा आमहड्ताल घोषणा, प्रहरी र बन्दकर्ताबीच झडप आधा दर्जन बढी सवारीसाधन तोडफोड

सिरहामा आमहड्ताल घोषणा, प्रहरी र बन्दकर्ताबीच झडप आधा दर्जन बढी सवारीसाधन तोडफोड

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ११ सिरहामा आज किसानलाई पक्राउ गरेको विरोधमा आमहड्ताल घोषणा गरिएको छ । पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । किसानले बिउ लगेपछि गाउँपालिकाले दिएको उजुरीको आधारमा ती किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले आमहड्ताल घोषणा गरेको हो । जिल्लाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको थियो । बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरेका छन् । सवारी साधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।...
सिभिल बैँक गाईघाट शाखाद्धारा बार्षिक उत्सवको अवसरमा जेहेन्दार छात्रालाई छात्राबृति

सिभिल बैँक गाईघाट शाखाद्धारा बार्षिक उत्सवको अवसरमा जेहेन्दार छात्रालाई छात्राबृति

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ११ सिभिल बैंक गाईघाट शाखाले आफ्नो ११औँ बार्षिक उत्सवको अवसर पारेर एक जना गरिब तथा जेहेन्दार छात्रालाई छात्राबृति प्रदान गरेको छ । जनता मावि श्रीपुरको एक सामुदायिक विद्यालयमा अध्ययनरत गरीब जेहेन्दार छात्रालाई छात्राबृति प्रदान गरेको सिभिल बैँक गाईघाट शाखा प्रमुख सन्जय सिग्देलले जनाएको छ । शुक्रबार आयोजित कार्यक्रममा कक्षा ६ मा अध्यानरत छात्रा श्रृष्टि कटुवाललाई नगद रु पाँच हजार पुरस्कार सहित छात्राबृत्ति प्रदान गरेको हो । शाखा प्रमुख सन्जय सिग्देल सहित, दिल बहादूर कटुवाल, सुनिल आर्चाय लगायतका कर्मचारीहरुले विद्यालय पुगेर प्रधान्याध्यापक राधारमा खतिवडा र जिल्ला शिक्षा इकाई प्रमुख बाबुराम पोखरेलको तथा अन्य शिक्षक विद्यार्थीहरुको सहभागीमा छात्राबृति प्रदान गरिएको थियो । छात्राबृति लिएका श्रृष्टि कटुवालको आर्थिक अवस्था कमजोर तथा विद्यालयमा जेहेन्दार भएको हुदाँ सानो सहयोग स्...
प्रहरीमाथी नै खुकुरी प्रहार

प्रहरीमाथी नै खुकुरी प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ११ अपराध गरी फरार रहेका व्यक्तिलाई समाउन खोज्दा प्रहरी माथीनै खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा रामेछापको मन्थलीस्थित लिखु गाउँपालिका घर भई हाल तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले सुवास तामाङलाई खुकुरी प्रहार गरेका थिए । उनको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको छ । उनीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । खुकुरी हानेर भाग्दै गरेकालाई समाउन खोज्दा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ । तामाङलाई घाइते बनाई भाग्ने क्रममा लखेट्दै जाँदा महानगरिय प्रहरी वृत्त बालाजु दरबन्दी भई हाल महानगरी प्रहरी प्रभाग धर्मस्थलीमा कार्यारत प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत खुकुरी प्रहार गरेका थिए । अवस्थीको टाउकोमा चोट लागेको र उनको नेपाल प्रहरी अस्पतालमा उपचार थालिएको छ ।...
ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था

ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ९ नब्बे वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागररिकमन्त्री उमा रेग्मीले ती लक्षित नागरिकलाई घरघरमै भत्ता पुर्याउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । यस्तो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक वृद्धभत्ता लिनको लागि स्थानीय तहको कार्यालय सम्म पुग्नु पर्ने समस्याको हटेर जाने छ । हालसम्म भत्ता वितरण कार्य भने वडा कार्यालयबाटै हुदैँ आएको छ । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताउनुभयो । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिमा मात्रै निर्भर रहेको नेपालले विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताउनुभयो ।...
इटहरीमा ट्रकले ठक्कर दिँदा एक महिला घाईते, इटहरी–धरान सडकखण्ड अवरूद्ध

इटहरीमा ट्रकले ठक्कर दिँदा एक महिला घाईते, इटहरी–धरान सडकखण्ड अवरूद्ध

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ९ सुन्सरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना महिला गम्भीर घाइते भएकी छन् । इटहरीको हलगडामा दक्षिणबाट उत्तर जाँदै गरेको ट्रकले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया देवी खड्का घाइते भएकी हुन् । इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश १–०२–ख ८०५२ नम्बरको ट्रकले शुक्रबार बिहान करिब १०ः०५ बजे खड्कालाई ठक्कर दिएको १ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै इटहरी–धरान सडकखण्ड अवरूद्ध पारेका छन् । घटनाको थप विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
प्रदेश १ को सबै पालिकामा अपाङ्गता हेल्पडेक्स निर्माणको माग

प्रदेश १ को सबै पालिकामा अपाङ्गता हेल्पडेक्स निर्माणको माग

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष ८ १ नम्बर प्रदेशको सबै स्थानीय तहमा अपाङ्गता भएका ब्यक्तिहरुको न्याय र सुचनामा पहुँचका लागि सुचना सञ्चार तथा सहयोगी कक्ष (हेल्पडेक्स) स्थापनाको माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, १ नं. प्रदेशले प्रदेश अन्तर्गतका सबै अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति हेल्पडेक्सको आवश्यकता रहेको प्रदेश अध्यक्ष नविनचन्द्र ढुङ्गेलले बताउनुभयो । “हामीले १ नम्बर प्रदेशको एक सय ३७ वटै स्थानीय तहमा हेल्पडेस्कको माग अघि सारेका हौं” अध्यक्ष ढुङ्गेलले भन्नुभयो “नेपालको कानुनमै उल्लेखित मौलिक अधिकार अन्तर्गत न्याय तथा अधिकार सुनिश्चितताका लागि यो नमुना योग्य काम हुनेछ” महासंघले हेल्पडेक्स निर्माण गरी अपाङ्गता भएका ब्यक्तिहरुलाई नै अनिवार्यरुपले पचिालन गर्ने वातावरण सिर्जना गर्नु सरकारसंग माग राखेको छ । हरेक पालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको समुह बनाइ सक्रिय बनाएमा उनीहरुको क्षमता...
शनिबारदेखि हराइरहेकी ६ वर्षीया बालिका मृत भेटियो

शनिबारदेखि हराइरहेकी ६ वर्षीया बालिका मृत भेटियो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ८ शनिबारदेखि हराइरहेकी छ वर्षीया बालिकाको शव मृत अवस्थामा भटिएको छ । बर्दियामा बुधबार दिउँसो २ बजे बर्दिया बारबर्दिया नगरपालिका–९ औरीस्थितमा ६ वर्षीया बालिका देविका खनालको शव भटिएको हो । उनका अनुसार बालिकाको शव घर देखि अन्दाजी ५ सय मिटर पश्चिममा रहेको बबई सिचाई आयोजनाको नहरको अन्डर ग्राउन्डभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । देविका गत शनिबार अपराह्न ५ बजेदेखि बेपत्ता थिइन् । आफ्नी छोरी हराइरहेको भन्दै बारबर्दिया नगरपालिका–८ औरी बस्ने बुवा विष्णु खनालले आइतबार जानकारी गराएका थिए । त्यसपछि प्रहरीको टोली खोजी गर्न खटिएको थियो । खोजतलासकै क्रममा बुधबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव फेला पारेको हो । प्रहरीका अनुसार बालिकाको मृत्यु चिप्लिएर लडि पानीमा डुबेपछि भएको प्ररम्भीक अनुसन्धानबाट खुलेको छ । बालिकाको शव फेला प...