Wednesday, August 5News That Matters

Breaking News 3

उदयपुरमा विद्यालयस्तरमै पुगी बालबालिकालाई मोडर्ना खोप लगाईदैं

उदयपुरमा विद्यालयस्तरमै पुगी बालबालिकालाई मोडर्ना खोप लगाईदैं

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १५ उदयपुरमा विद्यालयस्तरमै बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउने कार्य भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय क्याम्पसमा अध्ययनरत १२ देखि १७ उमेर समूहका विद्यार्थीलाई सम्बधित ठाउँमै पुगरेर खोप दिन थालिएको हो । आज गुरुङहरुको तमु ल्होसारका दिन सार्वजनिक विदा भएता पनि खोप लगाउने कार्य यथावत रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताउनुभयो । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ । उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा चार गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप...
प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १५ ‘लाहुरे’ को नामबाट परिचित प्रख्यात र्यापर आशिष राना पक्राउ परका छन् । ‘लाहुरे’ लाई पोखराको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध मुद्दामा पक्राउ गरिएको हो । उनी हिजो बेलुकी पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चन्द्रागिरिमा ३० वर्षीय युवाको शव फेला

चन्द्रागिरिमा ३० वर्षीय युवाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १५ चन्द्रगिरिमा एक ३० वर्षीय युवाको शव फेला परेको छ । काठमाडौंका चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा सुजन लामाको शव भेटिएको हो । प्रहरीकोे टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।...
१७ दिनदेखि बेपत्ता भएको एक बालकको शव फेला

१७ दिनदेखि बेपत्ता भएको एक बालकको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १५ १७ दिनदेखि बेपत्ता भएको एक जना १२ वर्षीय बालकको शव फेला परेको छ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका सन्देश लामिछानेको मङ्गलबार साँझ फेला परेको हो । प्रहरीकाअनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए । फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरीकाअनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो । जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । बालक रात्माटा र दराकको बीचमा पर्ने खोपी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको हो । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।...
सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोह पक्राउ

सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोह पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा चोरी गर्दै हिँड्ने पाँच जना र चोरी गरिएका सामान खरिद गर्ने अर्का एक जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका अनुसार रातको समयमा सहकारी संस्था तथा पसलहरूमा चोरी गर्दै हिँड्ने गिरोहका रोशन उप्रेती, राम पुनित महतो, राम बाघदास, राजु गुप्ता भन्ने राम विश्वास महतो, अशोक कुमार महतो र कवाडी पसल सञ्चालक शत्रुधन प्रसाद जयसवाल पक्राउ परेका छन् । उनीहरुलाई चोरीको सामान सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । गत मंसिर ११ गते थानकोटस्थित विशाल प्लाष्टोक्याव ई. प्रालिबाट राती साढे १२ देखि २ बजेको समयमा पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको साइजर तथा तामाको तार समेत गरी १८ लाख ७६ हजार ४ सय बराबरको धनमाल चोरी गरेको घटनाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन्...
पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति

पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको हो । ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको जनाईएको छ ।...
लागुऔषधसहित चार जना पक्राउ

लागुऔषधसहित चार जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलबार राती लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका–११ बाट ३ जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २१ वर्षीय सौरभ कडरिया, २२ वर्षीय निशान न्यौपाने र याशोक गाउँपालिका–२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ वर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका–६ बाट लागुऔषध ट्याब्लेटसहित एक जना पक्राउ परेको छ । मंगलबार राती ९ बजेको समयमा सिआर भि पोस्त केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–८ का ३८ वर्षीय अम्बर बहादुर गदाल...
रोटरी क्लबको नेतृत्वमा कविन श्रेष्ठ

रोटरी क्लबको नेतृत्वमा कविन श्रेष्ठ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न रोटरी क्लव विराटनगको भेलाले प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सहकोषाध्यक्षमा पूजा सिंह चयन गरेको हो । यस्तै सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल सेवा परियोजनामा नन्दीप अग्रवाल, सार्वजनिक सम्पर्क अधिकारीमा विनिता धाडेवा, रोटरी कोषमा राजकुमार शर्मा, युवा सेवामा विनोद अग्रवाल प्रमुख (संयोजक) छन् । सचेतकमा प्रविण अग्रवाल, क्लब सम्पादकमा दिनेश गडतौला, सल्लाहकारमा बेनीगोपाल मुन्दडा, प्रशिक्षकमा बद्री कटुवाल, सूचना प्रविधि व्यवस्थापनमा इन्द्रकुमार पौडेल, वेव डिजाइनरमा हितेष झुनझुनवाला छन् । निर्वाचन समितिका प्रमुख आयुक्त बेनीगोपाल मुन्दडा र आयुक्तद्वय डा बिजु थपलिया र विनोद अग्रवालको टोलीले उ...
अपरिचित समूहद्धारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

अपरिचित समूहद्धारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १३ एक अपरिचित समूहद्धारा एकैसाथ पाँच पसलमा आगजनी गर्दा लाखौँको क्षति भएको छ । जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति आगजनी हुँदा स्थानीय रामएकवाल, योगेन्द्र साह र मङ्गल साहको चिया पसल साथै राजकुमारी साह र शम्भु साहको खाजा पसल पूर्णरुपले जलेर नष्ट भएको हो । नचिनेको समूहले गएराति करिब ९ बजेको समयमा आगजनी गरेको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भइ लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्याँस सिलिण्डर, चुल्हो र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो ।...
उदयपुरको बेलकामा प्याराग्लाईडिङ्गको सफलतापछि कटारीमा सञ्चालन, रौतामाईमा पनि परिक्षण गरिने

उदयपुरको बेलकामा प्याराग्लाईडिङ्गको सफलतापछि कटारीमा सञ्चालन, रौतामाईमा पनि परिक्षण गरिने

Breaking News 3, पर्यटन, रोचक, समाचार
पूर्णपुष्टि, पुष १२ प्रकृतिकरुपले सुन्दर रहेको उदयपुरमा प्याराग्लाईडिङ्गले एकपछि अर्को सफलता हात परेको छ । जिल्लाको बेलका नगरपालिकामा भएको प्याराग्लाईडिङ्गको सफलता पछि कटारीमा पनि प्याराग्लाईडिङ्ग सञ्चालन गर्न लागिएको हो । माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाईडिङको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न लागिएको पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यहाँ चारदिनअघि मात्र प्याराग्लाईडिङ्गको सफल परीक्षण उडान गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मीटरको उचाईबाट २५० मीटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाईडिङ्गको परीक्षण...