Monday, July 13News That Matters

Breaking News 3

विराटनगरबाट काठमाडौं पुगेकी एक महिला स्रोत नखुलेको ५० लाखसहित पक्राउ

विराटनगरबाट काठमाडौं पुगेकी एक महिला स्रोत नखुलेको ५० लाखसहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १८ विराटनगरबाट काठमाडौं पुगेकी एक महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । सिनामंगल बस्ने विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सौर्य एयरलाईन्सको जहाजमा विराटनगरबाट काठमाडौं आउँदा एयरलाईन्सका स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा पोखरेललाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सौर्य एयरलाईन्समा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारीसमेत हुन् । बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।...
खोटाङमा गर्भवतीको हवाई उद्धार

खोटाङमा गर्भवतीको हवाई उद्धार

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १८ खोटाङको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका–२६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको हो । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशुजीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।...
मुक्ति कृषि सहकारीको सातौं साधारणसभा सम्पन्न , उत्कृष्ट ५ जना पशुपालक किसान पुरस्कृत

मुक्ति कृषि सहकारीको सातौं साधारणसभा सम्पन्न , उत्कृष्ट ५ जना पशुपालक किसान पुरस्कृत

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १७ मोरङ कानेपोखरसातौं साधरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो साधारणसभा सम्पन्न गरेको छ । कानेपोखरी २ बोहोरा टोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामि कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको छ । ४९ जना साधरणसदस्य रहेको सहकारी २०७१ साल फागुन ६ गते स्थापना भएको उक्त सहकारीले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ४७ लाख ६८ हजार ६ सय ४० रुपैयाँको कारोबार गरेको छ । ६ लाख ४६ हजार ८ सय रुपैयाँ शेयर पूजी रहेको सहकारीले गत वर्षमात्रै २ लाख ६३ हजार १३३ रुपैयाँ मुनाफा गर्न सफल भएको संस्थाका अध्यक्ष आचार्यले बताए । झण्डै ५ लाख रुपैयाँ स्थित पूजी रहेको सहकारीले आगामी ५ वर्षभित्रमा कानेपोखरी गाउँपालिकाकै नमूना कृषि सहकारी बन्ने लक्ष्य लिएको छ । सहकारीले आगामि आर्थिक वर्षसम्ममा २ सय...
एमाले उदयपुर जिल्ला अधिवेशनको लागि भोली बाट प्रतिनिधि चयनको काम हुने

एमाले उदयपुर जिल्ला अधिवेशनको लागि भोली बाट प्रतिनिधि चयनको काम हुने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १६ नेकपा एमाले जिल्ला कार्य समिति उदयपुरले ८ औँ जिल्ला अधिवेशनका लागि भोली बाट प्रतिनिधि चयनको काम अगडी बढाउने जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अधिवेशन भव्य सफल बनाउन भोली अर्थात शनिवार बाट प्रतिनिधि चयनको काम गरिने कमिटी अध्यक्ष ईश्वरमणी राउतले बताए । राउतले करिब ७ सय जनाको हाराहारीमा प्रतिनिधि चयन गर्ने जनाएको छ । जिल्लाभरी रहेको ७५ ओटा वडाहरुमा र ८ ओटा पालिकाहरुमा २० जनाको संख्या आधारमानी ३÷३ जनाको दरले प्रतिनिधि चयन हुने छ । जस्मा १ जना महिला अनिवार्य गरिएको छ । यता उत्पिडित समाज र अन्य पार्टी बाट प्रवेश गरेकाहरुलाई पनि १÷१ जना प्रतिनिधि हुने गरी कार्यक्रम तयारी गरिएको जनाएको छ ।  ...
घरको चार तलाबाट खसेर एक किशोरीको ज्यान गयो

घरको चार तलाबाट खसेर एक किशोरीको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १६ घरको चार तलाबाट खसेर एक जना किशोरीको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर ज्यान गएको हो । प्रहरीका अनुसार आज बिहान सवा ६ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा साढे ६ बजे भक्तपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मृत किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन् । किशोरी रातिकै समयमा खसेको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकोे छ । उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।...
लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ

लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १६ मोरङको बिराटनगर–१४ स्थितबाट लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् । सुनसरी इटहरी उप–महानगरपालिका–९ का २२ वर्षीय निसान चौधरी र इटहरी–१२ का २८ वर्षीय दिवश तामाङ लागुऔषधसहित पक्राउ परका हुन् । हिजो राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ११८७ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो । खैरो हिरोईन फेला परे सगै मोटरसाईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरको कोशेली घर मौलिक तथा पौराणिक सिपको केन्द्र

उदयपुरको कोशेली घर मौलिक तथा पौराणिक सिपको केन्द्र

Breaking News 3, समाचार
पूर्णपुष्टि, पष १६ उदयपुरको कोशेली घर मौलिक तथा पौराणिक सिपको केन्द्र विन्दु बनेको छ । जिल्लाको सदरमुकाम गाईघाटको कोशेली घर सबै उद्यमीहरुका लागि पौलिक तथा पौराणिक सामग्री विक्रिको केन्द्र विन्दु बनेको छ । आ–आप्mना सिप अनुसारको उत्पादनहरु विक्री तथा प्रदर्शन गर्न कोशेली घर साझा थलो नै बनेको छ । उद्यमीहरुले कोशेली घरमा स्थानीय उत्पादन ल्याउने गरेको सञ्चालक रुद्र श्रेष्ठले बताउनुभयो । कतिपय समान आफै किन्ने गरेको र कतिपय राखेर बेचिदिने गरेको श्रेष्ठले बताउनुभयो । कोशेली घरको कारण दुई सय जना बढि उद्यमीहरुको आफ्ना सिप अनुसारको उत्पादनले बजार पाएको छ । त्यसमा सबैभन्दा बढि आप्mनै जिल्लाको झण्डै डेडसय जना उद्यमीको उत्पादन आउने गर्दछ । कोशेली घरमा खासगरी नेपाली मौलिक तथा पौराणीक सामग्रीहरु आउने गर्दछ । नेपाली संस्कार, संस्कृतिसंग सम्बन्धीत सामानहरु बढिजसो छन् । मानिसको जन्मदेखि, न्वारान, पास्नी, ...
दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना : एकको मृत्यु, ४ घाइते

दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना : एकको मृत्यु, ४ घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १६ कञ्चपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् । जिल्लाको बेलौरी नगरपालिका–५ मा रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा विद्यालयस्तरमै पुगी बालबालिकालाई मोडर्ना खोप लगाईदैं

उदयपुरमा विद्यालयस्तरमै पुगी बालबालिकालाई मोडर्ना खोप लगाईदैं

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १५ उदयपुरमा विद्यालयस्तरमै बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउने कार्य भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय क्याम्पसमा अध्ययनरत १२ देखि १७ उमेर समूहका विद्यार्थीलाई सम्बधित ठाउँमै पुगरेर खोप दिन थालिएको हो । आज गुरुङहरुको तमु ल्होसारका दिन सार्वजनिक विदा भएता पनि खोप लगाउने कार्य यथावत रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताउनुभयो । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ । उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा चार गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप...
प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १५ ‘लाहुरे’ को नामबाट परिचित प्रख्यात र्यापर आशिष राना पक्राउ परका छन् । ‘लाहुरे’ लाई पोखराको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध मुद्दामा पक्राउ गरिएको हो । उनी हिजो बेलुकी पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।