Wednesday, August 5News That Matters

Breaking News 3

भारतमा लगेर दीदी–बहिनीलाई बेचेको अभियोगमा एक युवती पक्राउ

भारतमा लगेर दीदी–बहिनीलाई बेचेको अभियोगमा एक युवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ भारतमा लगेर दुई दिदि–बहिनीलाई बेचेको अभियोगमा प्रहरीले एक जना युवतीलाई नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा बस्ने बस्ने अनिशा नाम गरेकी फुलमाया तामाङलाई प्रहरीले नियन्त्रमा लिएको हो । पुष ९ मा उनलाई बुढानिलकण्ठ नगरपालिकास्थित कपनबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले बताएको छ । २०७४ साउनमा काठमाडौंबाट दुई दिदी बहिनीलाई उनले नयाँ बसपार्कबाट गाडी चढाएर भारतमा लगेर बेचेको आरोप छ । पोखराको होटलमा जागिर लगाई दिने प्रलोभनमा पारी ११ र १३ वर्षीया दिदी बहिनीलाई काठमाडौंको आकाशेधारास्थित होटलमा चाउमिनमा बेहोस हुने औषधी खुवाएर तामाङले भारतमा लगेर बेचेको ब्यूरोले जनाएको छ । भारतको बम्बई, इलाहबाद, कलकत्ता र कुचबिहारका कोठीमा काम गरेपछि बहिनी भागेर दार्जिलिङको बाटो हुँदै नेपाल आउन लाग्दा भारतीय प्रहरीले फेला पारेका थिए । पीडि...
१५ गते देखि हराएका कामतको शव माछा पोखरीमा फेला

१५ गते देखि हराएका कामतको शव माछा पोखरीमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ पुष १५ गतेदेखि हराएका एक युवकको शव माछा पोखरीमा फेला परेको छ । मोरङको बिराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा स्थानीय २८ वर्षीय सुजनको शव फेला परेको हो । घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलबार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा शव फेला परेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
ट्याक्टर दुर्घटना सह– चालकको मृत्यु

ट्याक्टर दुर्घटना सह– चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मंगलबार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा हतुवागढी गाउँपालिका–१ का रंजित सार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह–चालक सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
१० वर्षीया बालिका करणी गरेर भागेका बस्नेत भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ

१० वर्षीया बालिका करणी गरेर भागेका बस्नेत भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २० १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर भागेका एक जना युवा पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ छिम्सुवाका २० वर्षीय सरोज भनिने गोपी बस्नेत मोरङ्गस्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् । करणी गरेका बस्नेत विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि फरार उनी फरार भएका थिए । घटना गत असोज ९ गतेको थियो । घटना भएको तीन महिनापछि बस्तेत पक्राउ परेका हुन् । वालिका गोठालो गएका बेला बस्नेतले बालिकामाथि करणी गरेको आरोप छ । बालिकाले घटनाको बारेमा बताएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आफुविरुद्ध उजुरी परेपछि बस्नेत फरार भएका थिए । खोजतलास गर्ने क्रममा उनलाई मोरङ्गस्थित भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो । प्रहरीले बस्नेतविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको छ...
सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २० सुनको भाउमा आज भारी गिरावट भएको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ पुगेको हो । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
सवारी दुर्घटना, दुईजनाको ज्यान गयो

सवारी दुर्घटना, दुईजनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २० झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परी दूई जनाको ज्यान गएको छ । झापा गाउँपालिका–१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका–५ बाराका २२ वर्षीय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे ज्यान गएको हो । रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा ज्यान गएको थियो । यसैगरी, सुनसरीको धरान उप–महानगरपालिका–१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको ज्यान गएको छ । सोमबार राती साँढे ६ बजेको समयमा धरान–१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मो...
मोरङ बेलबारी–४ का सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

मोरङ बेलबारी–४ का सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २० मोरङ बेलबारी ४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् । गत पुष १३ गते मङ्गलबार साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस चढेर गएको भएपनि हालसम्म उनी सम्पर्क बिहीन रहेका छन् । उनकी बहिनी शान्ता भुजेलले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासको निवेदन दिएकी छिन् । प्रहरीका अनुसार ‘दाजु सुरज भुजेल दुहबी डेरा कोठामा जान्छु भनि घरदेखि बस चढी गएकोमा हालसम्म कोठामा नगएकोले के कहाँ गयो भनि गाउँ घरलगायत आफन्तकोहरूमा खोजतलास गर्दा पनि फेला नपरेको हुँदा खोजतलास हुलियाँ परिपत्र गरि पाउँ,’ भनि निवेदनमा उल्लेख गरिएको छ । ५ फिट ३ इन्च अग्लो, गहुँगोरो र अगाडि रातो धर्को भएको ज्याकेट, कालो जिन्सको पेन्ट र शरिरमा खैरो चक्लेटी रङको कपडा लगाएका उनी कहाँ गए भन्ने विषयमा कुनै जानकारी नभएको परिवारले जनाएको छ । उनको खोजीका लागि पर...
उदयपुरमा भोलीबाट दोस्रो मात्राको “भेरोसेल” खोप लगाउन सुरु

उदयपुरमा भोलीबाट दोस्रो मात्राको “भेरोसेल” खोप लगाउन सुरु

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १९ उदयपुरमा पहिलो मात्राको कोरोना विरुद्धको “भेरोसेल” खोप लगाएकाहरुलाई भोलीबाट दोस्रो डोज खोप लगाउन सुरु गरिने छ । मंसिर महिना र सो भन्दा अगाडी पहिलो मात्रा “भेरोसेस” खोप लगाएका र दोस्रो डोजको पर्खाइमा वसेका लक्षित वर्गलाई मंगलबारबाट खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुका अनुसार साविककै खोप केन्द्रहरुबाट खोप लगाइने छ । जिल्लाका आठ वटै पालिकामा दोस्रो मात्राको “भेरोसेस” खोप दिन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्रियुगा र चौदण्डीगढी नगरपालिकामा पुष २० देखि २३ गते सम्म खोप लगाउने कार्य रहेको छ । बेलकामा पुष २१ देखि २४ गते सम्म खोप लगाउने कार्य रहेको छ । कटारीमा पुष २५ देखि २८ गते सम्म खोप सञ्चालन गरिने छ । त्यसैगरी, रौतामाई, लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकामा एकै साथ पुष २५ गते देखि २८ गते सम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय उलयपुरल...
रेशम चौधरीको नयाँ पार्टी दर्ता गर्न झाँकीसहित निर्वाचन आयोग पुगे

रेशम चौधरीको नयाँ पार्टी दर्ता गर्न झाँकीसहित निर्वाचन आयोग पुगे

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १९ डिल्लीबजार कारागारमा कैद भुक्तात गरिरहेको सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु भेला भएर झाँकी र र्यालीसहित आयोगको कार्यालयमा पुगेका हुन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन् ।...
सप्तरीमा मोटरसाइकल दुर्घटना, उदयपुरका चौधरीसहित दुई जनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, उदयपुरका चौधरीसहित दुई जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १८ सप्तरीमा आईबार मोटरसाइकल दुर्घटना हुँदा उदयपुरका एक जनासहित दुई जनाको ज्यान गएको छ । उदयपुर चौदण्डीगढी नगरपालिका– ९ भिमाटोलका २८ वर्षीय हरिशंकर चौधरी र सप्तरी कञ्चनरुप नगरपालिका– ७ का सुभास बस्नेतको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो । कञ्चनपुर–फत्तेपुर भित्री सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना प्रहरीले जनाएको छ । दुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २२ प १५५८ नम्बरको मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा...