Wednesday, August 5News That Matters

Breaking News 3

सुनसरीमा सवारी दुर्घटना  : एकको मृत्यु, एक घाईते

सुनसरीमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २४ सुनसरीमा सवारी दुर्घटनाहुँदा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनसरी दुहबी नगरपालिका–१० बुद्ध चोक स्थितमा भएको सो दुर्घटनामा दुहबी नगरपालिका–११ तनमुना का २८ बर्षीय जित नारायण उरावको मृत्यु भएको छ । शुक्रबार बेलुका सँवा ४ बजे ईनरुवा–दुहबी सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुहबी नगरपालिका–११ तनमुना का २८ बर्षीय जित नारायण उराव र रंगेली नगरपालिका–९ का ३० बर्षीय भिम प्रसाद उराव घाईते भएका थिए । घाईते दुबैलाई उपचारको लागी बिराट नर्सिंह होम विराटनगर पठाईएको थियो । उपचारको क्रममा बेलुका ५ बजे जित नारायण उरावको मृत्यु भएको प्रहरीले जनाएको छ । भिम प्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालक उदयपुर कटारी नगरपालिका–५ का २४ बर्षीय सागर...
नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २३ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको छ । पुष महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ । पछिल्लो समय भारतमा संक्रमण व्यापक फैलिएपछि त्यसको असर नेपालमा पनि देखिन सुरू भएको छ । गत मंगलबारदेखि नेपालमा संक्रमणदर बढ्न थालेको छ । हिजो मात्र नेपालमा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । जुन दुई महिनायताकै बढी संक्रमित संख्या हो । विज्ञहरूले यो संख्या थप बढ्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्...
अवैध औषधी तथा क्लिप बरामद

अवैध औषधी तथा क्लिप बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २३ संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप बरामद गरेको हो । पुष २१ गते बसपार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी–पीबिओजी ४ कार्टुन (११६ प्याकेट),केयचटुपिओ १५ प्याकेट, सिलिलोङग २० बोतल र वाटरपम्प लेखिएको मेसिन १ थान फेला परेको हो । फेला परेको अवैध औषधी तथा क्लिप अन्दाजी मुल्य ३ लाख ६३ हजार २ सय ५० रुपैंया बराबरको रहेको छ । बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
बसको ठक्करबाट दुई जनाको ज्यान गयो

बसको ठक्करबाट दुई जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २३ सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ वर्षीय सन्तोष राई र सोही स्थानका २० वर्षीय अभि राईको बसले ठक्कर दिदाँ ज्यान गएको हो । हिजो राती साढे ७ बजे राती धरानबाट इटहरी तर्फ आउदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्बरको बसले बिपरीत दिशा तर्फ जादैँ गरेको को. २७ प २१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा दुबै जना घाईते भएको थिए । घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडी सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुबैको जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इटहरी–४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको छ ।...
क्रान्तिकारी माओबादिको स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

क्रान्तिकारी माओबादिको स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ लालपत्ता,उदयपुर र नेकपा (क्रान्तिकारि माओबादी) १ नम्बर प्रदेश समितिद्धारा अयोजित प्रदेश स्तरीय स्कुलिङ तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गरिएको छ । उक्त स्कुलिङ कार्यक्रममा माक्र्सवादिका तीन संघटक अंगहरु दर्शन ,राजनैतिक अर्थशास्त्र र बैज्ञानिक समाजबादका समग्र बिषयहरुमा प्रशिक्षण दिइएको थियो । मंगलबार बाट देखि तिन दिन सम्म संचालन भएको उक्त कार्यक्रमको समापन प्रदेश सेक्रेटरी उदयको अध्यक्षतामा पार्टी स्थायी समिती सदस्य तथा स्कुल बिभाग प्रमुख परि थापाले गर्नुभयो। कार्यक्रम समापन सँगै थापाले यस स्कुलिङबाट सिकेका ज्ञानबाट वर्गसंघर्ष र संगठन निर्माणमा जोडेर लैजानु पर्ने बताउदै आगामी दिनमा तल सम्म यस्ता स्कुलिङ कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनुभयो । थापाले बैज्ञानिक समाजबाद दर्शन अन्तर्गत द्वन्दबादका प्रबर्गहरु र ऐतिहासिक भौतिक अन्तरगत समाज चेतनाका रुपहरु सँ...
नेपाली कांग्रेस उदयपुरको जिल्ला कार्यसमितिमा ८ जना मनोनित

नेपाली कांग्रेस उदयपुरको जिल्ला कार्यसमितिमा ८ जना मनोनित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेपाली कांग्रेस उदयपुरले ८ जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । जिल्ला सभापति हिमाल कार्कीले थप ८ जनालाई सदस्यमा समेटेर समितिमा मनोनित गरेको हो । जिल्ला कार्यसमिति सदस्हरुमा त्रिनपाका संञ्जा दुनवार, महेन्द्र कुमार राई, मिन वहादुर मगर, उदयपुरगढीका मदन बहादुर कटुवाल, चौदण्डीका विष्णु प्रसाद कोईराला, गरुडमान बिक, कटारीका लिला भट्राई र राम कुमारी साहा गरी ८ जनालाई सदस्यमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ । उनिहरुलाई नेपाली कांग्रेस विद्यान २०१७ संसोधन सहित धारा १२ को उपधार ५ ख २ बामोजिम सदस्यमा मनोनित गरेको नेपाली कांग्रे जिल्ला कार्यसमिति पत्रमा उल्लेख गरिएको छ ।...
मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै सात विद्यार्थी संगठनको आपत्ति, शुल्क अध्ययन गर्न अनुगमन टोली गठन

मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै सात विद्यार्थी संगठनको आपत्ति, शुल्क अध्ययन गर्न अनुगमन टोली गठन

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २२ चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको गुनासो आएपछि विभिन्न सात विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायत सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरेको हो । त्यसैगरी, एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् । यसअघि कलेजले होस्टललगायत शीर्षकमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो । चिकित्सा ...
तराईमा चिसो बढेसँगै कठ्याङ्ग्रिएर बेहोस भइन् एक महिला, अस्पताल लैजाने भन्दाभन्दै गुम्यो ज्यान

तराईमा चिसो बढेसँगै कठ्याङ्ग्रिएर बेहोस भइन् एक महिला, अस्पताल लैजाने भन्दाभन्दै गुम्यो ज्यान

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २२ विगत केही दिनयताबाट तराई भेगमा अत्याधिक चिसो र शीतलहरका कारण सिराहामा कठ्याङ्गिएर एक महिलाको ज्यान गएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर जिल्लाका कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको कठ्याङ्ग्रिएर ज्यान गएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला ज्यान गएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले बताउनुभयो । यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मापसे सेवन गरेका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ

मापसे सेवन गरेका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २२ मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ परेका छन् । चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपाली प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका हुन् । प्रदेश ०३–०२–००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र महानगरीय प्रहरी प्रभाग नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए । घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...
पुष २२ गते तोकिएको संसद बैठक स्थगित

पुष २२ गते तोकिएको संसद बैठक स्थगित

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ पुष २२ गते तोकिएको प्रतिनिधिसभाको संसद बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुष २८ गते बस्ने गरी विहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुष २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठकपछि सार्न माग गरेको थियो । यसअघि पुष १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुष २२ गतेका लागि बोलाइएको थियो ।...