Monday, August 3News That Matters

Breaking News 3

अटोको ठक्करबाट पदैल यात्रीको मृत्यु

अटोको ठक्करबाट पदैल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ६ झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे ६ बजे पुर्ब तर्फ आउदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो । अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेको छ । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरबाट हराएका खोटाङका ३३ वर्षीय युवक मृत्य भटिए

उदयपुरबाट हराएका खोटाङका ३३ वर्षीय युवक मृत्य भटिए

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ५ उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाडाबाट गत कात्तिक २९ गते रातिदेखि बेपत्ता बनेका युवक शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेको हो । मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अफ्ठ्यारो भीरमा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति राजदेश राईले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमार मंसिर २ गते जाहेरी दिएका थिए । कात्तिक २८ गते बारीको कान्लाबाट लड्दा अनुहार ...
ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ५ झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरिएको छ । शनिबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको छ । ब्राउन सुगर बरामद भए पश्चात उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो । यसै गरी सोही स्थानबाट बसपार्कबाटै खटिएको प्रहरी टोलीले शनिबार राती ८ बजे बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो । उनिहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ । पक्राउ परेका तिनैजनालाई ईलाक...
होटलबाट नगद सहित ६ जना जुवाडे पक्राउ

होटलबाट नगद सहित ६ जना जुवाडे पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ५ झापा दमक नगरपालिका ४ स्थितमा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् । हिजो राती साढे १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
धनकुटामा भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटामा भरुवा बन्दुकसहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ५ धनकुटामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेको छ । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटेका २४ वर्षीय राजन लिम्बुलाई भरुवा बन्दुकसहित पक्राउ परेको हो । हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भएसंगै राई पक्राउ गरिएको हो । पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।...
मोरङमा १८ वर्षीया किशोरी कांगे्रस प्रदेश प्रतिनिधि चयन

मोरङमा १८ वर्षीया किशोरी कांगे्रस प्रदेश प्रतिनिधि चयन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ५ एक १८ वर्षीया किशोरी मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा चयन भएकी छन् । १८ वर्षीया रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रियरुपमा राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने रक्षाको भनाई छ । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन गराएर चयन भएको हो । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।...
पर्सामा धान झार्ने थ्रेसर पल्टिएर बालकलाई किच्दा बालकको मृत्यु

पर्सामा धान झार्ने थ्रेसर पल्टिएर बालकलाई किच्दा बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णुष्टि, मंसिर ५ पर्साको जनथपुर नगरपालिका–६ मा धान झार्ने थ्रेसर पल्टिएर किच्दा ८ वर्षीय बालकको मृत्यु भएको छ । सोहि स्थान बस्ने भुटेश्वर साहको छोरा ओमबाबु साहको मृत्यु भएको हो । हिजो राती साढेँ ८ बजे ना६त ५०४५ नंम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाने क्रममा अचानक थ्रेसर पल्टिएर बालकलाई किचेको थियो । गम्भिर घाईते भएको बालकलाई तराईको अस्पतालमा उपचारको लागी पुर्याएको थियो । उपचारको क्रममा राति साँढे ९ बजे अस्पतालले बालकलाई मृत घोषित गरेको थियो । बालकको शवको पोष्टमार्टम गर्न नारायणि अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताएका छन् । थे्रसर र ट््याकटर प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याकटर चालक फरार रहेकोले खोजतलास जारी रहेको खनालले बताएका छन् ।...
त्रियुगा ११ नं. वडा कमिटिमा खड्काको नेतृत्व

त्रियुगा ११ नं. वडा कमिटिमा खड्काको नेतृत्व

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न गर्ने क्रममा उदयपुरको त्रियुगा नगरपालिका –११ मा शिवबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि बनेको छ । कमिटिको उपाध्यक्षमा राम बराइली, सचिव सोमानसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्ष विमला बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा कल्याण राई, उमेश कटुवाल, हेमकला राई, मिलन विक, कोपीला भुजेल, सिता राई, रमिता राई, गिता राई, बलबहादुर विक रहेका छन् । त्यस्तै कुमार राउत, दलबहादुर बस्नेत, राजकुमार राई, कौशल रेग्मी, कमला राई, अर्जुन अधिकारी, बृहस्पती राई, अम्बिका राई, रिता थापा, मञ्जु श्रेष्ठ, अस्मिता राई, उद्धव पराजुली, विक्रम राई, विरबहादुर विक र सानु विक रहेका छन् । अधिवेशनले नगरप्रतिनिधिका लागि राजकुमार राई, लक्ष्मीकुमार कार्की, दलबहादुर बस्नेत, विक्रम राई, रमिता राई, बलबहादुर वि.क., गीता राई,...
झापामा  फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप

झापामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसीर ४ झापामा प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुने र प्रतियोगिताका ओभरल च्याम्पेनसिपले तीन लाख रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै फष्ट र सेकेण्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए । खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुची जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना ...
१६ लाख भन्दा बढीको भारतिय चिनी बरामद

१६ लाख भन्दा बढीको भारतिय चिनी बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ३ सुनसरीको छुट्टाछुट्टै स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरिएको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो । यसै गरी गढी गाऊपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले वरामद २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए । बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनि सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...