Monday, August 3News That Matters

Breaking News 3

कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ३ नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानून व्यवसायीलाई जथाभाबी गाली गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई कानून व्यवसायीलाई जनभावी गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको प्रहरीले जनाएको छ । उनीहरुले हिजो पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
खुकुरी प्रहारबाट एकको मृत्यु, ४ जना पक्राउ

खुकुरी प्रहारबाट एकको मृत्यु, ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ३ मोरङमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । रिजन दाहालको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका–६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र एक १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । २८ कात्तिक राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
करेन्ट लागेर एक जना महिलाको ज्यान गयो

करेन्ट लागेर एक जना महिलाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ३ करेन्ट लागेर झापामा एक जना महिलाको ज्यान गएको छ । झापा गाउँपालिका–६ भृकुटी चौककी ६२ वर्षीया हरिमाया बि.क. को करेन्ट लागेर ज्यान गएको हो । हिजो बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै ज्यान गएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ३ ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको फङलिङ नगरपालिका–८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङ तर्फ आउदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका २७ वर्षीय पुष्प बि.क. रहेका छन् । हिजो बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका बि.क.को उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमै ज्यान गएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व तराईमा मनाईदैँ

दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व तराईमा मनाईदैँ

Breaking News 3, मनोरञ्जन, रोचक, समाचार
पूर्णपष्टि, मंसिर २ नेपालीहरुको ठूलो चाड दशैं, तिहार र छैठ सकिएसँगै अर्को महत्वपूर्ण पर्व समाचकेवा मनाउन थालिएको छ । आदिवासी थारुलगाएत तराई–मधेशमा बसोबास गर्ने अन्य समुदायले पनि दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व उत्सवको रुपमा मनाउदैँ छन् । कात्तिक शुक्ल द्वितिया तिथिदेखि शुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्म दिदी–बहिनीहरु प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन् । बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्न आकारका मूर्तिहरु बनाइएका छन् । जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिरहेका छन् । थारु संस्कृतिविद्का अनुसार करिब दुई हजार वर्ष पहिले गरभ देशमा गरभा नामक राजा थिए । उनकी रानीको नाम आदम्बत्ती थियो । सात...
४६ वर्षीया प्रीति सरोगेसी विधिबाट बनी जुम्ल्याहा बच्चाकी आमा

४६ वर्षीया प्रीति सरोगेसी विधिबाट बनी जुम्ल्याहा बच्चाकी आमा

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, मंसिर २ चर्चित बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । ४६ वर्षीया पीतिले सरोगेसको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । आफू आमा बनेको कुरा प्रीतिले सामाजिक सञ्जाल इन्स्टाग्राबाट जानकारी गराएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’ प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’ प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् । विवाहको करिब ६ महिनापछि मात्र उनले विवाहको तस्वीर सार्वजनिक गरेकी थिइन् ।...
२१ लाख बढी जरिवाना तोकिएका बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी राई पक्राउ

२१ लाख बढी जरिवाना तोकिएका बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी राई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २ बैकिङ कसुर मुद्धाका सम्मानित उच्च अदालत बिराटनगरको २०७८र०१र१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान(१६ का ५२ बर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह ९च्क्ष्त्० बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।...
कतार विश्वकपका लागि यी १३ राष्ट्र छनोट, छनोटका लागि अझै १९ राष्ट्र बाँकी

कतार विश्वकपका लागि यी १३ राष्ट्र छनोट, छनोटका लागि अझै १९ राष्ट्र बाँकी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १ आयोजक कतार सहित १३ राष्ट्र आगामी विश्वकपका लागि छानिएको छ । कतार आयोजकको रुपमा सिधै विश्वकपमा छानिएको हो भने, अन्य १२ राष्ट्रहरु प्रक्रियागत खेल पार गर्दै छानिएको हो । कतारले अर्को बर्ष फिफा विश्वकप आयोजना गर्ने भएको छ । सो खेलमा सहभागीताका लागि अहिले छनोट चरणका खेलहरु चलिरहेको अवस्था छ । हालै छानिएका १३ राष्ट्रहरुमा आयोजक कतार, दक्षिण अमेरिका र युरोपका राष्ट्रहरु छन् । युरोपका राष्ट्रहरु फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स रहेको छ भने, दक्षिण अमेरिका ः ब्राजिल, अर्जेन्टिना र आयोजक ः कतार छन् ।...
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर १ आज सुनको मूल्यमा भारी गिरावट भएको छ । हिजो प्रतितोला सुन ९४ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो । सुनको मूल्यमा आज प्रतितोला ५ सय रुपैयाँले गिरावट भएर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । हिजो सम्म नेपाली बजारमा चाँदी १ हाजार २ सय ९० रुपैयाँमा कोरोवार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० कायम भएको महासंघले जनाएको छ ।...
उदयपुर क्षेत्र नं २ (ख) बाट कांग्रेसको प्रदेश माहाधिवेशन प्रतिनिधिमा जनजाति तर्फ राजिव तामाङको उम्मेदवारी

उदयपुर क्षेत्र नं २ (ख) बाट कांग्रेसको प्रदेश माहाधिवेशन प्रतिनिधिमा जनजाति तर्फ राजिव तामाङको उम्मेदवारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ३० कांग्रेस १४ औँ माहाधिवेशनमा प्रदेश माहाधिवेशन प्रतिनिधि पदका लागि उदयपुर क्षेत्र नं २ (ख) बाट राजिव तामाङ (ठुले भाई) ले जनजाति तर्फको उम्मेदवारी घोषणा गरेको छ । उनले महाधिवेशन लाई सफल पार्न र कांग्रेस पार्टीलाई मजवुद बनाउन साथै पार्टी र जनताका निम्ति राम्रो व्यक्ति छान्न आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ । उनले त्यसका लागि जनजाति तर्फको उम्मेदवारीमा आफुलाई महत्वपूर्ण भोट आउनेमा पनि आशा व्यक्त गरे । उम्मेदवारी घोषणा सँगै तामाङले सम्पूर्णलाई अमुल्य भोटको आग्रह समेत गरे । उनले प्रदेशमा राम बहादुर पोखरेल र क्षेत्रमा राम कुमार खत्रीको टिमबाट उम्मेदवारी दिएको जनाएको छ । नजिकिँदै गरेको माहाधिवेशनलाई सफल पार्न पार्टीका लागि आफ्नो सम्पूर्ण त्याग तपस्या सहित आफु चुनावी मैदानमा उत्रेको भन्दै सबै सँग आशिर्वाद, सहयोग, सद्भाव र अमुल्य मतको समेत आग्रह गरे । प्रदेश नं १ ...