Monday, July 13News That Matters

Breaking News 3

डेड लाख घुस लिरहेको अवस्थामा दुई जनप्रतिनिधि पक्राउ

डेड लाख घुस लिरहेको अवस्थामा दुई जनप्रतिनिधि पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २९ सेवाग्राही सित करिब डेड लाख घुस लिरहेको अवस्थामा सर्लाहीमा दुई जनप्रतिनिधिलाई अख्तियारले समातेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाही ईश्वरपुर नगरपालिका ११ का दुईजना वडा सदस्यलाई १ लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा नं वडा नं ११ का सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सोमबार करिब १ बजे सर्लाहीस्थित कृष्ण ईन्टरप्राइजेजबाट डेढलाख घुससहित रंगेहात पक्राउ गरेको हो । ५६ वर्षीय साह र ४२ वर्षीय राय दुवैजना सेवाग्राहीलाई स्थानीय तहको सेवा उपलब्ध गराए वापत घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरू दुवैलाई काठमाडौंस्थित अख्तियारको केन्द्रीय कार्यालयमा पठाई थप अनुसन्धान गरिने अख्तियार स्रोतले बताएको छ । उनिहरु दुवै जना सर्लाही ईश्वरपुर नगरपालिका ११ का दुईजना वडा सदस्य हुन् ।...
मोरङमा युवाहरुबीच ग्याङ फाइट, खुकुरी प्रहारबाट एकको मृत्यु

मोरङमा युवाहरुबीच ग्याङ फाइट, खुकुरी प्रहारबाट एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २९ मोरङमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आइतबर राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको ज्यान गएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । दाहाल माथि छ÷सात जनाको समुहले खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताउनुभयो । बढीगंगा–६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको...
नेपालमा जनगणना सुरु भएको आज पाचौँ दिन, अझै सुरु भएन कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणना

नेपालमा जनगणना सुरु भएको आज पाचौँ दिन, अझै सुरु भएन कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणना

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक २९ गत वर्ष सरकारले नेपालको प्रशासनिक नक्सा अद्यावधिक गर्दै समावेश गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गरिने भनिएता पनि गणना अझै सुरु हुन सकेको छैन । नेपालमा राष्ट्रिय जनगणना २०७८ सुरु भएको आज पाचौं दिन तर नयाँ नक्सामा समावेश गरिएका भू–भागमा अझै जनगण कसरि गर्ने अन्योलमै छ । नयाँ नक्सामा समेटिएका भूगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिका–१ कुटी, नाभी र गुञ्जीमा स्याटलाइटबाट जनगणना हुने दाबी सरकारले गरिरहेको छ । ‘भारतीय अतिक्रमणको चपेटामा परेका’ ती गाउँमा जनगणना त परै जाओस् सोही वडाका तिंकर र छाङरूमा पनि जनगणना सुरु हुन सकेको छैन । कुटी, नाभी र गुञ्जीमा जनगणनाका लागि जिल्लालाई कुनै निर्देशन दिइएको छैन भने बाँकी गाउँमा जनगणनाका लागि गणक पुग्न सकेका छैनन् । नेपाली गाउँमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भए पनि भारतीय प...
माओवादी केन्द्रले जनताको पक्षमा काम गरे एकाता गर्छौ : विप्लव

माओवादी केन्द्रले जनताको पक्षमा काम गरे एकाता गर्छौ : विप्लव

Breaking News 3, बिचार, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २८ नेकपाल कम्युनिष्ट पार्टी (विप्लव) ले माओवादी केन्द्रले जनताको पक्षमा काम गरेमा आफुहरु एकतामा जाने जनाएको छ । माओवादी केन्द्रले व्यक्तिगत सर्तमा पार्टी र जनतालाई प्रयोग गरे यो सम्भव नरहेको समेत जनाए । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा पार्टीका माहासचिव नेत्र विक्रम चन्दले माओवादी केन्द्र सँग एकता सम्भव रहेको तर त्यसका लागि जनताको पक्षमा काम पर्ने सर्त राखेको छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ’ त्यसको लागि जनताको पक्ष र राष्ट्रको पक्षमा निश्वार्थ निष्पक्ष काम गर्नु पर्छ माहासचिव चन्दले भने । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् । गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्...
त्रिनपा १६ मा भलिवल प्रतियोगिता सम्पन्न

त्रिनपा १६ मा भलिवल प्रतियोगिता सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २८ त्रियुगा नगरपालिका वडा नं १६ मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । वडा स्तरीय खेलकुद विकास समितिको आयोजना तथा १६ नं वडा कार्यालय जाल्पा चिलाउनेको सहयोगमा खेल भव्य सम्पन्न भएको हो । वडाको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक बजेटबाट खेल गराईएको वडा स्तरीय खेलकुद विकास समितिको संयोजक पेसल राईले जनाएको छ । खेलमा वडाको १२ ओटा टिमले सहभागी जनाएका थिए । त्यस मध्ये सिद्रे डिहिटार (आम्वोके टोल विकास संस्था) ले प्रथम स्थान हासिल गरेको छ । दोस्रो हुने टिममा सिरुवानी काभ्रे टोल विकास संस्था रहेको छ भने, तेस्रो हुने टिममा जाल्पा स्पोट क्लव रहेको छ । खेल मावि चिलाउनेको खेलकुद मैदानमा भएको थियो ।...
उदयपुरको बेल्टारमा कार्यरत छि फेन्जो भोटे असोज  महिनाको उत्कृष्ट प्रहरी घोषित

उदयपुरको बेल्टारमा कार्यरत छि फेन्जो भोटे असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २८ उदयपर स्थित बेल्टारको ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक (इन्स्पेक्टर) छि फेन्जो भोटे जिल्लाकै सर्वोकृष्ट प्रहरी घोषित भएको छ । प्रहरीको जिम्मेवारीलाई पूर्ण पालना र कर्तव्यनिष्ट तवरले जनताको सुरक्षामा खटेको भन्दै भोटेलाई कार्तिक महिनाको सर्वोकृष्ट उपाधि दिलाएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले भोटेलाई सर्वोकृष्ट प्रहरी घोषित गरेको उदयपुरका प्रहरी उपरिक्षक (एसपी) सुवास चन्द्र बोहोराले बताउनुभयो । भोटेले विभागिय मूल्य–मान्यता, आदेश, निर्देशनको पालना गर्दै उच्च मनोवलकासाथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक भोटेलाई असोज महिनाको उत्कृष्ट प्रहरीबाट सम्मानित गरिएको एसपी बोहोराले बताउनुभयो । उनी कार्यरत क्षेत्रमा जघन्य अपराधका घटनाहरु, चोरी पैठारी, प्रतिवन्धीत लागुऔषध कारोवारमा संलग्न लगायत विभिन्न अपराधिक गतिविधीमा संलग्न भएका व्यक्ति...
मेडिकल व्यवसायी हुँ भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

मेडिकल व्यवसायी हुँ भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २६ मेडिकल व्यवसायी हुँ भन्दै रकम ठगाी गरको अभियोगमा महानगरीय अपराध महाशाखाले एक जना भारतीय नागरिक पक्राउ परेको छ । अस्पतालमा पार्टनसीप दिलाइदिने भन्दै रकम ठगी गर्ने भारत कोडामबाक्कम, तमिलनाडु घर भइ हाल काठमाडौं महानगरपालिका–४ वालुवाटारमा बस्दै आएका ४४ वर्षीय शिवम विरुमुथु पक्राउ परेको हो । आफू मेडिकल व्यवसाय गर्ने गरेको र नेपालस्थित मणिपाल अस्पताल खरीद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी गरी अस्पतालमा पार्टनरशीपको प्रलोभन दिइ ठगी गरी रकम भुक्तानी लिने गरेको सूचनाको आधारमा उनलाई बालुवाटारबाट अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।...
१० हजार अनुदान प्राप्त गर्न अति विपन्न परिवारलाई १५ दिनभित्र निवेदन दिन सरकारको आह्वान

१० हजार अनुदान प्राप्त गर्न अति विपन्न परिवारलाई १५ दिनभित्र निवेदन दिन सरकारको आह्वान

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक २५ कोरोना महामारीबाट प्रभावित भएका अति विपन्न घर परिवारलाई नगद अनुदानका लागि सरकारले निवेदन दिन आह्वान गरेको छ । अर्थ मन्त्रालयले सूचनना निकालेर कोरोनाका कारण प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आग्रह गरेको हो । अति विपन्न परिवारले अबको १५ दिनभित्र १० हजार रुपैयाँ नगद अनुदानका लागि निवेदन दिनुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ । विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएका मजदुर तथा कामदारले अनुदानका लागि निवेदन दिन सक्ने छन् । यस्तै, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङलो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, रिक्सा चालक, ठेलागाडा मजदुर तथा सार्वजनिक गाडीका मजदुर र पर्यटक भरियाले पनि निवेदन दिन पाउने...
चक्कु प्रहारबाट एक युवकको हत्या, आठ जना पक्राउ

चक्कु प्रहारबाट एक युवकको हत्या, आठ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २४ चक्कु प्रहारबाट कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ बस्ने भुपेन्द्र बडुवालको चक्कु प्रहारबाट हत्या भएको हो । हत्या अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टकाअनुसार दुई समूहबीच झडप हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टीकापुरमा रहेको कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।...
१२२ केजी गाँजासहित एक जना पक्राउ

१२२ केजी गाँजासहित एक जना पक्राउ

Breaking News 3
पूर्णपुष्टि, कार्तिक २४ एक सय २२ केजी गाँजासहित मकवानपुरबाट एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मनहरि गाउँपालिका–९ जयसिहं सडक खण्डबाट प्रहरीले राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तानलाई गाँजासहित पक्राउ गरेको हो । आज बिहान शङ्कास्पद रुपमा गाँजा लिएर निकासी गर्न लागेको अवस्थामा मुक्तानलाई एक सय २२ केजी गाँजासहित पक्राउ प्रहरीले जनाएको छ । मुक्तानलाई सोधपुछ गर्दा शङ्कास्पद सामानको सुरक्षा गरिरहेको बुझिएपछि नियन्त्रणमा लिइ सामान जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका मुक्तानलाई गाँजासहित नियन्त्रणमा लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।...