Monday, August 3News That Matters

Breaking News 3

चक्कु प्रहारबाट एक युवकको हत्या, आठ जना पक्राउ

चक्कु प्रहारबाट एक युवकको हत्या, आठ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २४ चक्कु प्रहारबाट कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ बस्ने भुपेन्द्र बडुवालको चक्कु प्रहारबाट हत्या भएको हो । हत्या अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टकाअनुसार दुई समूहबीच झडप हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टीकापुरमा रहेको कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।...
१२२ केजी गाँजासहित एक जना पक्राउ

१२२ केजी गाँजासहित एक जना पक्राउ

Breaking News 3
पूर्णपुष्टि, कार्तिक २४ एक सय २२ केजी गाँजासहित मकवानपुरबाट एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मनहरि गाउँपालिका–९ जयसिहं सडक खण्डबाट प्रहरीले राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तानलाई गाँजासहित पक्राउ गरेको हो । आज बिहान शङ्कास्पद रुपमा गाँजा लिएर निकासी गर्न लागेको अवस्थामा मुक्तानलाई एक सय २२ केजी गाँजासहित पक्राउ प्रहरीले जनाएको छ । मुक्तानलाई सोधपुछ गर्दा शङ्कास्पद सामानको सुरक्षा गरिरहेको बुझिएपछि नियन्त्रणमा लिइ सामान जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका मुक्तानलाई गाँजासहित नियन्त्रणमा लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।...
बस दुर्घटना पश्चात आग्लागी : १० भन्दा बढी घाइते, चालक फरार

बस दुर्घटना पश्चात आग्लागी : १० भन्दा बढी घाइते, चालक फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २४ धनुषामा आज बस दुर्घटना भई आगलागी हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकदेखि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । आगलागीपछि बस पूर्ण रुपले जलेको छ । दुर्घटनामा बसमा सवार १० भन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० वर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
जनकपुरबाट काठमाडौं तिर गइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु

जनकपुरबाट काठमाडौं तिर गइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २४ जनकपरबाट काठमाडौं तिर गइरहेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै ज्यान गएको हो । मृतकहरुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ ।...
गुडिरहेको गाडीमा एक पुरुषको शव फेला

गुडिरहेको गाडीमा एक पुरुषको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २३ गुडिरहेको गाडीमा एक जना पुरुषको शव फेला परेको छ । दाङको तुलसीपुर उपमाहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै उनको शव फेला परेको हो । राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी अनुसार सल्यानको बागचौर नगरपालिका– २ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका हुन् । सिटमै बसेको अवस्थामा फेला परेका वलीको एउटा हात घुँडामा र अर्को हात कम्मरको साइडमा रहेको तथा अलिकति घोप्टो परको हुँदा अन्य यात्रुले सुतेको ठानेर कसैले घटनाबारे जानकारी नै नपाएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आएर मुचुल्का तयारी पारी पोष्टमार्टमका लागि जिल्ला अस्प...
गोलबजारको फर्निचर शोरुमा आग्लागी लाखौँको क्षति

गोलबजारको फर्निचर शोरुमा आग्लागी लाखौँको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक २३ सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत सर्ट भएर सोमबार आग्लागी हुँदा लाखौँको क्षति भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा आग्लागी हुँदा १२ लाख बराबरको सामान जलेर नष्ट भएको छ । फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जलेर नष्ट भएको हो । दोहटियाका योगेन्द्र यादवको घर भाडामा लिएर सञ्चालन गरेको शोरुममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गोदाममा करिब १२ लाख मूल्य बराबरको सामान रहेको सञ्चालक ज्योति नायकले बताउनुभयो । जसमध्ये सबै सामाग्री जलेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिनुभयो । आगो गोलबजार नगरपालिकाको वारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिब...
७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २३ एक सात वर्षीया बालिकाको निर्मम तरिकाले घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका–१ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी छोरी मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५ सय मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा भेटिएको थियो । मनिषा आइतबार बिहान १० बजे सामान किन भनी घर नजिकैको पसलमा गएकी थिइन् । घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । खबर प्राप्त हुना साथ इप्रकाका प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे । मनिषाको शरीरको माथिल्लो भागमा कपडा भएपनि तल्लो भागमा कपडा नभएको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उप...
मोटरसाईकलको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

मोटरसाईकलको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २२ सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ वर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा मोटरसाईकलले जहदा गाउँपालिका–७ की २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो । अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी १६ वर्षीया बर्षा साह र उनिसंगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको छ । घाईते बर्षालाई थप उपचारको लागी बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल...
बोक्सी भनी मानव मलमूत्र खुवाउने २ महिलासहित ४ जना कारागामा

बोक्सी भनी मानव मलमूत्र खुवाउने २ महिलासहित ४ जना कारागामा

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २२ बोक्सीको आरोप लगाएर एक महिलालाई मानव मलमूत्र खुवाउने दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँका सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो । बडादशैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहितपरिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए । सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुका...
जङ्गलमा श्रीमतीको कंकाल फेला, श्रीमान पक्राउ

जङ्गलमा श्रीमतीको कंकाल फेला, श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक २२ परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै कपिलवस्तुमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । जिल्लाको महाराजगंज नगरपालिका–११ स्थित बाबा बनलाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई श्रीमतीको हत्या गरी जङ्गलमा फालेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । लोनियाले श्रीमती चिन्का लोनियालाई गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका–९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । अवैध सम्बन्धको विषयमा उनीहरु बीच दैनिक झगडा समेत हुने गरेको थियो । श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपछि उनी भारततिर गएका थिए । मृतक चिन्का लोनियाको सामुदायिक जंगलमा कंकाल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शीर्षकमा अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।...