Monday, July 13News That Matters

Breaking News 3

सल्यानमा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु, चालक फरार

सल्यानमा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु, चालक फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक २१ सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर सडकबाट २ सय मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयकाले जनाएको छ । प्रहरीकाअनुसार बसमा सवार चालकसहित ३१ जना रहेका छन् । ९ जना बाहेक अन्य सबै घाइते रहेको जनाएको छ । घाइतेहरुको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको छ । बस धेरै स्पिड र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस चालक अझै फरार रहेको बताइएको छ । चालकको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।...
विराटनगरको खदम खोला किनारमा पहिचान नखुलेको शव फेला

विराटनगरको खदम खोला किनारमा पहिचान नखुलेको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ विराटनगर महानगरपालिका–१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा पहिचान नखुलेको एक युवकको शव फेला परेको छ । उक्त शव करिब २५÷२६ वर्षका युवकको रहेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृतक युवकको हुलिया समेत उल्लेख गरेको छ । कालो रंगको टिसर्ट र कालै रंगको ट्राउजर, गोरो अनुहार, पाँच फिट चार इन्च उचाइ, कालो कपाल, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।...
देउसी खेल्न गएका युवको ट्याक्टरबाट लडेर मृत्यु

देउसी खेल्न गएका युवको ट्याक्टरबाट लडेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ तिहारको अवसरमा देउसी–भैलो खेल्न गएका २२ वर्षीय एक युवकको ट्याक्टरबाट लडेर ज्यान गएको छ । महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय युवक अजय रानाको ज्यान गएको हो । ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । २० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टरमा यात्रा गरेर रामनगरतर्फ गएका थिए ।...
वाभाेछा समाजकाे देउसीभैलाे तथा शुभकामना कार्यक्रम सम्पन्न

वाभाेछा समाजकाे देउसीभैलाे तथा शुभकामना कार्यक्रम सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १८ । <span;>२०७८ सालकाे तिहार पर्व सुरु भईसकेकाे छ । आज गाईतिहार, लक्ष्मिपुजा ।यसै अबसरमा किरात राई चामलिङ वाभाेछा समाजले देउसीभैलाे तथा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गर्याे । कार्यक्रममा सहभागिहरुले गक्ष अनुसार  दानदक्षिणा गरेका थिए ।  सकंकलित रकम संस्थाकाे काेषमा जम्मा गरिने  समाजका अध्यक्ष दिलराज राईले जानकारि दिए । साे  अबसरमा जनगणना बारे सचेतना पनि गरिएकाे थियाे । भाषाशास्त्रि डा. कैलाश राईले राईहरुले जनगणनामा लेख्नु पर्ने कुराहरुकाे बारेमा जनाकारि दिए ।...
अबकास प्राप्त कर्मचारीकाे उपदान र ओैषधिउपचारप्रति उद्याेग संवेदनशिल

अबकास प्राप्त कर्मचारीकाे उपदान र ओैषधिउपचारप्रति उद्याेग संवेदनशिल

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक १७ । उदयपुर सिमेन्ट उद्योगको मर्मत सम्भार र क्षमता बिस्तारबाट उत्पादनमा हुने वृद्धिले उद्योगको आर्थिक स्थिति सुदृढ भइ निकट भविष्यमा अवकाश हुने कर्मचारीहरुले उपदान तथा औषधि उपचारको रकम पाउने जनाईएकाेछ । कर्मचारिकाे उपदान र औषधि उपचार कोषमा जम्मा गर्नुपर्ने रकम यस अघिका महाप्रबन्धकहरुबाट नियमित जम्मा नगरिदिएको कारण पछिल्लो समयमा अवकाश प्राप्त कर्मचारीहरुले भुक्तानी पाउन कठिनाइ भएको छ । एकातिर नियमित खर्च ब्यहोर्नुपर्ने र अर्कोतिर पुरानो दायित्व भुक्तानी समेत एकैसाथ गर्नाका लागि कठिन बन्दै गएको उद्याेगले जनाएकाे छ । महाप्रवन्धक गाेपिकृष्ण न्यौपानेका अनुसार उद्योगमा २०७७ माघ १ मा हाजिर भएपछि सो भन्दा पहिले अवकाश प्राप्त २१ जना कर्मचारीको उपदान बापत रु. ५ करोड ५४ लाख ९३ हजार ५ सय २० र औषधि उपचारको रकम रु. १ करोड ५० लाख ३५ हजार गरी कुल रकम रु. ७ करोड ५ लाख २९ हजार भुक्तान...
मोरङमा बसको ठक्करबाट साईकलमा सवार श्रिमतीको मृत्यु, श्रिमान घाईते

मोरङमा बसको ठक्करबाट साईकलमा सवार श्रिमतीको मृत्यु, श्रिमान घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १७ मोरङ धनपालथान गाऊपालिका ३ मोरीयापुल स्थितमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् । आज दिउसो साढे २ बजे रंगेली बिराटनगर सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्र १–०४–००१ख ००२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनकै श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी बेतौनाको प्रहरी टोलीले दुवै घाईतेलाई उपचारको लागी रंगेली अस्पताल पठाईएकोमा रेखाको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो भने उमेशको सोही अस्पतालमानै उपचार भईरहेको छ । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।...
ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक १७ सुनसरीमा ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी पक्राउ परेको छ । जिल्लाको धरान उमहानगरपालिका–११ का २५ वर्षीय सन्तोष राईलाई पक्राउ गरी आज अदालतमा बुझाईएको हो । ज्यान मार्ने उद्योग मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०७६ फागुन १५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद भई लगत नं. ९४२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो । राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आर आई टी बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा गत १५ गते राईलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका राईलाई हिजो जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।...
सुनचाँदीको मुल्यमा गिरावट

सुनचाँदीको मुल्यमा गिरावट

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १७ लक्ष्मीपूजाको एक दिन अगाडी सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा २५ रुपैयाँले सस्तिएको छ । चाँदीको प्रतितोला कारोबार मूल्य आज एक हजार २ सय २५ रुपैयाँ तोकिएको छ । हिजो एक हजार २ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।...
आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु, सह–चालक घाइते

आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु, सह–चालक घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १६ तेह्रथुममा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको ज्यान गएको छ, भने सह–चालक घाइते भएका छन् । जिल्लाको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा ओसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । ट्रक चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी र सह–चालक २४ वर्षीय सुदिप राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल म्याङलुङ पठाईएकोमा उपचारको क्रममा चालक अधिकारीको ज्यान गएको तथा सह–चालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
स्रोत नखुलेको साढे ८ लाखसहित तीन जना पक्राउ

स्रोत नखुलेको साढे ८ लाखसहित तीन जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १५ स्रोत नखुलेको साढे आठ लाख रुपैयाँसहित कैलालीबाट तीन जना पक्रांउ परेको छ । धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का,१८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नगद र गरगहनासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाए...