Tuesday, July 14News That Matters

Breaking News 3

ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा

ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, १९ माघ । ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्ने जनाईएको छ । उदयपुर जिल्ला होटल तथा पर्यटन संघका अध्यक्ष डबिट बस्नेतका अनुसार सुनकोशी नदी हवाईट र्याफ्टिङका लागि उत्कृष्ट १० भित्र पर्ने जनाएको हो । सुनकोशीले उदयपुरको पनि बिभिन्न स्थानमा छोएको छ । त्रियुगा नगरपालिका वडा नं १४ मा पर्ने धाप्लाङघाट उदयपुर र्याफ्ङििको लागि राम्रो मानिन्छ । फोक्सिन्टारदेखी धाप्लाङघाट सम्म जंगल करिडोर रहेका कारण निकै राम्रो स्थान रहेको हो । यस पछि पानीको छालको लागि धाप्लाङघाट देखी कम्फुघाट सम्म उत्तम रहेको जनाईएको छ । उक्त स्थानमा अहिले र्याफ्टिङ तालिम संञ्चालन भैरहेको छ । बिहिबार देखी सुभारम्भ उक्त प्रशिक्षकमा त्रिनपा १४ को ७ र १५ को २ गरी ९ जना युवाहरुले सहभागी जनाएको छ । त्रियुगा नगरपालिका र १४ नं वडाको समेत बजेट लगानी रहेको उक्त प्रशिक्षण जिल्ला होटल तथा पर्यटन व्य...
नक्कली प्रहरी इन्स्पेक्टर विरुद्ध ठगी मुद्दा दायर

नक्कली प्रहरी इन्स्पेक्टर विरुद्ध ठगी मुद्दा दायर

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ ।  प्रहरी इन्स्पेक्टरको नक्कली परिचयपत्र र पोशाक प्रयोग गरी ठगी गर्ने तीन जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-७ थापाचोकका ३८ वर्षीय सुदीप थापा, कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरी र तनहुँका ४६ वर्षीय रत्न लामिछाने विरुद्ध ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । थापा र चौधरी पक्राउ परिसकेका छन् भने लामिछानेलाई फरार प्रतिवादी बनाइएको छ । प्रहरी अनुसन्धानबाट थापाले इन्स्पेक्टरको बर्दी लगाएर विभिन्न प्रहरी कार्यालयहरूमा समेत आउने-जाने गरेको र सक्कली प्रहरीको सलाम खाने गरेको खुलेको छ । प्रहरी चौकी नरेफाँटमा एक प्रहरी जवानसँग नक्कली इन्स्पेक्टर बर्दीमा फोटो खिचेको समेत भेटिएको छ । अनुसन्धानका क्रममा थापाले क्यानडा र अष्ट्रेलिया पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख ...
दुर्घटनापछि फरार सुमो चालक भक्तपुर अस्पतालमा फेला

दुर्घटनापछि फरार सुमो चालक भक्तपुर अस्पतालमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ । ओखलढुंगामा तीन जनाको ज्यान लिने सवारी दुर्घटनापछि फरार रहेका सुमो चालक अनिल पण्डितलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचाररत २२ वर्षीय पण्डितलाई शुक्रबार फेला पारिएको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । बुधबार राति खोटाङकी मायादेवी गुरुङलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा ओखलढुंगाको मानेभञ्ज्याङमा ना १ ज ६४२१ नम्बरको टाटा सुमो दुर्घटना भएको थियो । दुर्घटनामा आगोले जलेर गम्भीर घाइते भएकी केपिलासगढी गाउँपालिकाकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पवन र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो । प्रहरी प्रमुख खड्काका अनुसार दुर्घटनापछि फरार रहेका चालक पण्डित हात, छाती र अनुहारमा चोटपटक लागेर उपचार गराइरहेको अवस्थामा फेला परेका हुन् । उनको प्रहरी निगरानीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधार भएपछि...
खोटाङमा नवजात शिशुको अवशेष फेला

खोटाङमा नवजात शिशुको अवशेष फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा एक नवजात शिशुको एक हात मात्र भएको शव फेला परेको छ । शुक्रबार स्थानीय जसबहादुर राईको घर नजिकै वासबारीमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सन्जु कार्कीका अनुसार स्थानीयबाट सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । शवको बाँकी भाग कुकुरले खाइसकेको र एक हात मात्र बाँकी रहेको अवस्थामा फेला परेको हो । उक्त हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट केही दिन अघि मात्र शव गाडिएको र अवैध गर्भपतन पश्चात घटना लुकाउन प्रयास गरिएको हुनसक्ने प्रहरीको आशंका छ । शिशुको हत्या गरी माटोमा खाल्डो खनेर गाड्ने काम भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कार्कीले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् ।...
स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई

स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
बिजय कुमार राई उदयपुर,  १७ माघ । जिल्लाको सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले चुमेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा बोक्सेले वडा नं. १२ डिएमगेटलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो हाफको निर्धारीत समय सम्म पनि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको सुरुवती ३७ औँ र ४७ औ मिनेटमा बोक्सेका तर्फबाट जर्सि नं. १० का खेलाडी अर्जुन मगरले व्यत्तिगत २ गोल गर्दै टिमलाई अग्रता दिलाए भने बोक्सेकै अर्का खेलाडि जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का खेलाडि लकि राईले सम्मन १–१ गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए । यता वडा नं. १२ को तर्फबाट भने रविसंकर चौधरीले खेलको ६६ औँ मिनटमा १ गोल गरे पनि थप गोल गर्न टिम असफल रह्यो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि...
प्रथम त्रियुगा जलजले महोत्सव माघ  २३ देखी, मुख्य प्रायोजक फरमी मोटरर्स

प्रथम त्रियुगा जलजले महोत्सव माघ २३ देखी, मुख्य प्रायोजक फरमी मोटरर्स

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ माघ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ मा प्रथम त्रियुगा जलजले महोत्सव हुने भएको छ । जलजल स्थित उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा माघ २३ गतेदेखी फागुनको ३ गते सम्म १० दिने महोत्सव लाग्ने भएको हो । । आयोजक स्वर्णीम युवा क्लवले पर्यटन प्रवद्र्धनको निमित्त महोत्सव गर्न लागिएको जनाएको छ । महोत्सव संयोजक रमाकान्त चौधरीका अनुसार राष्ट्रिय ख्याति प्राप्त कलकारहरुको माझमा भव्य महोत्सव हुने छ । त्यस वाहेक कृषि, शिक्षा, रोजगकार र पर्यटन जस्ता क्रियाकलाप र स्टलहरुले पनि महोत्सव आकर्षक बनाउने छ । महोत्सवमा एक सय बढी स्टलहरु राखिने छ । ८० लाख बढी महोत्सव आयोजनाका लागि लगानी लाग्ने आयोजक टिमको अनुमान छ । महोत्सवलाई सह प्रायोजक बन्दीपुर केवुलकारले गरेको छ भने बाँकी खर्च स्थानीय युवा, तथा आयोजक आफैले गर्ने भएको छ । महोत्सवले उठाएको रकमको ४० प्रतिशत जलजले नजिक रहेको पोखरीमा पार्क ...
ओखलढुंगामा सुमो दुर्घटना हुँदा एकै परिवारका तिन जनाको मृत्यु

ओखलढुंगामा सुमो दुर्घटना हुँदा एकै परिवारका तिन जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १७ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका स्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबार बिहान फेला परेको दुर्घटनाग्रस्त सुमोमा खोटाङबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामी र उनका आफन्तहरू सवार थिए । जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका अनुसार दुर्घटनामा बिरामी ५६ वर्षीया माया देवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र ४५ वर्षीया बहिनी तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो । खोटाङको केपिलासगढी गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमोमा चालक सहित चार जना मात्र सवार रहेको बताइएको छ । स्थानीयवासीका अनुसार दुर्घटना राति नै भएको हुनसक्ने र बिहान करिब ६स्३० बजे मात्र सुमो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनापछि सुनसरीको इनरुवा निवासी २२ वर्षीय चालक अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ । जिल्ल...
सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आपत्ति

सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आपत्ति

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको प्रावधानप्रति गम्भीर आपत्ति जनाएको छ । समितिले आज जारी गरेको विज्ञप्तिमा विधेयकका केही प्रावधानहरू संविधानप्रदत्त मौलिक हक विपरीत रहेको जनाएको छ । विज्ञप्तिमा सामाजिक सञ्जालको नियमन आवश्यक भए पनि नियमनका नाममा प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक जस्ता मौलिक अधिकार कुण्ठित हुने गरी कानुन बनाउन नहुने बताइएको छ । विधेयकमा सार्वजनिक सरोकारका विषय र सार्वजनिक पद धारण गरेका व्यक्तिका विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्न प्रतिबन्ध लगाउने प्रावधान राखिएको छ । साथै समाचार प्रकाशन तथा प्रसारण गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको अवस्थामा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई फौजदारी कसुर लाग्ने व्यवस्था गरिएको छ । म...
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा अवधि परिवर्तन गर्न विधेयक दर्ता

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा अवधि परिवर्तन गर्न विधेयक दर्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा हाल कायम रहेको ३० वर्षे सेवा अवधि हटाउने गरी दुवै सुरक्षा निकायसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ । सरकारले पदावधि र उमेर हदबाट मात्रै अवकाश हुने प्रावधानसहित दुवै प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ मंगलबार दर्ता गरेको हो । विधेयकमा प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) को उमेर हद ६० वर्ष र पदावधि ३ वर्ष तोकिएको छ । अतिरिक्त महानिरीक्षक (एआईजी) को पदावधि ३ वर्ष र उमेर ५९ वर्ष तथा नायब महानिरीक्षक (डीआईजी) को पदावधि ५ वर्ष र उमेर ५९ वर्ष प्रस्ताव गरिएको छ । जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष तथा सहायक निरीक्षक र नायब निरीक्षकको १८ वर्ष कायम गरिएको छ । नयाँ विधेयकले महानिरीक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था पनि गरेको छ । मुख्य सचिवको अध्यक्षतामा गृह मन्त्रालयका स...
उदयपुरगढी ७ जोगिटोलमा एक पुरुष मृत फेला

उदयपुरगढी ७ जोगिटोलमा एक पुरुष मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ माघ । उदयपुरको उदयपुरगढी वडा नं ७ अधेरी छेउ जोगिटोलमा एक पुरुष मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोही वडाका बर्ष ४६ को नयन्त्र घले मृत अवस्थामा फेला परहेको हो । डिएसपी राजन चापागाईका अनुसार घटना हिजो बेलुकाको भएपनि स्थानीयहरुले बिहान १० बजेमात्रै थाहा पाएका थिए । ढुँगैढुँगा भएको आसपासमा घले मृत अवस्थामा फेला परेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । घटनाबारे सर्जिमन मुचुल्का उठाईरहेको छ । तालिम प्राप्त कुकुर ल्याएर मात्रै लाश उठाउन भएको छ ।...