Sunday, June 28News That Matters

आर्थिक

शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ५ आज शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२.९५ अङ्कले बढेर २४ सय ७५.० नौ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको तीन, फाइनान्सको १४, माइक्रो फाइनान्सको एक सय दुई अङ्कले, जीवन बीमाको चार सय १५, निर्जीवन बीमाको एक सय ९१, उत्पादन समूहको शेयर एक सय ६२ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ । दुई सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता शेयर चार अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ७७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । युनाइटेड मर्दी र ग्रीन लाइफ हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा ...
नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३ ओरालो लागिरहेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २.५६ अङ्कले बढेर २३ सय ९१.७४ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर साढे ३ अङ्कले, होटल तथा पर्यटन समूहको ८६ अङ्कले, उत्पादनको २३, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको २ सय ३० र लगानी समूहको शेयर ०.२ अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । २ सय १६ कम्पनीका ९० लाख १२ हजार कित्ता शेयर ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । चन्द्रागिरि हिल्ससहित ५ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर भने सबैभन्दा धेरै झण्डै ९ प्रतिशतले घटेको छ ।...
नेप्से परिसूचक घट्ने क्रम जारी

नेप्से परिसूचक घट्ने क्रम जारी

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २  आज पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक १८.०७ अंक्ले घटेर २ हजार ३ सय ८९.१९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सूस्ताएको छ । आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ । दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २ सय १२ कम्पनीको ९६ लाख ४ हजार ५ सय २९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ ।...
आठ महिनामा विकास खर्च साढे २२ प्रतिशत मात्रै

आठ महिनामा विकास खर्च साढे २२ प्रतिशत मात्रै

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १ चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा सरकारले पुँजीगत विकास खर्च न्युन भएको देखिएको छ । आठ महिनाको अन्त्यसम्म विनियोजनको २२.५८ प्रतिशत मात्र विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । यस वर्ष पनि गत वर्षहरु झैँ असारमा नै ठूलो रकम विकासका लागि भन्दै खर्च हुने दोहोरिने सम्भावना बढेको छ । कोरोना भाइरसको महामारी साम्य भएर आर्थिक गतिविधि बढेको र निर्वाचनबारेको अन्यौल हटेपछि पनि सरकार पुँजीगत खर्चको दर बढ्न नसकेको देखिएको छ । यो वर्ष सरकारले कुल ३ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ । यो लक्ष्यलाई बजेटको मध्यावधि समीक्षाबाट व्यापक कटौती गरिएको छ । आठ महिनाको अन्त्यसम्म ७९ अर्ब ६९ करोड रुपैयाँ मात्रै कुल विकास खर्च भएको देखिएको छ । सरकारले हरेक महिना औसत १० अर्ब रुपैयाँ मात्र विकास खर्च गरेको तथ्याङ्कले देखाएको छ...
नेप्से परिसूचक ५१ अंकले घट्यो

नेप्से परिसूचक ५१ अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १  आज सेयर बजार ५१ अंक भन्दा धेरैले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले ४ सय ३५.१३ अंकमा झरेको छ । कारोबार रकम ५ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २ सय ११ कम्पनीका ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १ आज सुनको भाउ बढेको छ । सुन आज  तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २८  आज सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार भाउ बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
एभरेष्ट बैंकको १०२ औँ शाखा गाईघाटमा विस्तार

एभरेष्ट बैंकको १०२ औँ शाखा गाईघाटमा विस्तार

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ एभरेष्ट बैँकले आफ्नोे शाखा गाईघाटमा पनि विस्तार गरेको छ । बुधबार एक कार्यक्रमको बिच गाईघाट शाखा कार्यलयको उद्घाटन गर्दै १०२ औँ शाखाको रुपमा गाईघाटमा विस्तार भएको हो ।देशकै अन्य बैँकहरु मध्य सबैभन्दा कम निष्क्रिय कर्जाको रुपमा यस बैँकले आफुलाई स्थापित गरेको एभरेष्ट बैंकका डि.जि.एम सन्धिर कुमारले बताउनुभयो । उहाँले हाल ११ लाख भन्दा बढी ग्राहकहरुले यस बैंकबाट देशका बिभिन्न ठाउँबाट प्रत्यक्ष रुपमा गुणस्तरीय सेवा लिरहेको समेत बताउनुभयो । बिगत ३६ बर्ष लामो समयदेखि निरन्तर ग्राहकहरुको गुणस्तर सेवामा विश्वास दिदै आएको यस बैंकले देशको करिव ३१ ओटा काउन्टरहरुबाट नेपाल सरकारको राजश्व समेत संकलन गर्दै आएको उहाँले बताउनुभयो ।सरकारको केन्द्रिय बैंकको निर्देशन र निति अनुरुप दिगो दरिलो र विश्वासिलो भन्ने नारालाई आत्मा साथ गर्दै यस बैंकले सामाजिक उत्तरदायीत्वमा समेत ध्यान पुराउँदै आ...
नेप्से परिसूचकमा सामान्य घट्यो

नेप्से परिसूचकमा सामान्य घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ आज सेयर बजार परिसूचक नेप्से ३.४ अंकले घटेको छ । दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घटेको छ । यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ । मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ । २ सय ५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो । लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो । चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहे भने रैराङ हाइड्रोपावर, म...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ आज सुनको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।...