Tuesday, August 18News That Matters

आर्थिक

आज शेयर बजारमा सुधार

आज शेयर बजारमा सुधार

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २८ आज शेयर बजारमा सामान्य सुधार भएको छ । नेप्से परिसूचक बुधबार १.५१ अङ्कले सुधार भएर १४ सय २५.३२ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादनमूलक, जीवन बीमा र म्युचल फन्डको उपसूचक बढेका छन् । व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचक भने घटेका छन् । आज ९५ करोड १९ लाख ६० हजार रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर किनबेच भएका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको बुधबार सबैभन्दा धेरै ६ करोड २० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाउँदा युनियन हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ अङ्क गुमाएक...
चीनतर्फ सामान निर्यात घट्यो

चीनतर्फ सामान निर्यात घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २८ चिन तर्फको सामान निर्यात घटेको छ । रसुवागढी नाका हुँदै चीनतर्फको सामान निर्यात घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा रसुवागढी नाका हुँदै चीनतर्फको सामान निर्यात कम भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । आव २०७६/७७ मा ७६ करोड २ लाख २३ हजार मूल्य बराबरको सामान मात्र निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेअ छ । आव २०७५/७६ मा भने १ अर्ब ३२ करोड ३९ लाख २७ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । रसुवागढी नाकाबाट गत साउनमा १५ करोड २ लाख ७५ हजार, भदौमा ११ करोड ६ लाख १ हजार, असोजमा १० करोड ९९ लाख ६१ हजार, कार्तिकमा ११ करोड ९ लाख ९ हजार, मंसिरमा ९ करोड २५ लाख ७४ हजार, १५ करोड ९१ लाख २८ हजार र माघमा २ करोड ६७ लाख ७५ हजार मूल्य बराबरको सामान निर्यात भएको कार्यालयले जनाएको छ । कोरोना भाइरसको कारण फागुनदेखि असार मसान्तसम्म भने सामान निर्यात नभएको भन्सार कार्यालयले जनाएक...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २८ आज सुनको भाउ घटेको छ । सुन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो । त्यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २७ आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा २ सय रुपैयाँ घटेको थियो । तर आज चाँदी तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २६ आज सुनको भाउ घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रहरी सक्रियता : चाेरी निकासीका लागि संकलन भएकाे २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद्, ७ वटा ट्याक्टर पनि पत्रफाउ

प्रहरी सक्रियता : चाेरी निकासीका लागि संकलन भएकाे २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद्, ७ वटा ट्याक्टर पनि पत्रफाउ

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २३ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ स्थित कोल्टे गाउँमा बलानखोलामा अबैंधरुपमा उत्खनन् तथा संकलन गरी राखिएको २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको सक्रियताबाट ठूलो मात्राको ढुंगा बरामद भएको छ । बलानखोला र कोल्टे गाउँनै कब्जा गरी ढुंगा चोरी निकासी गर्ने समुहले उत्खनन् गरी खोला किनार र गाउँमा संकलन गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो । जिल्ला प्रहरीको एकहप्ताको सक्रियतामा बरामद भएको ढुंगा हिजो (विहिबार) जिल्लास्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी नापजाँच तथा सिल गरेको छ । तीस ठाउँभन्दा बढी ठाउँमा संकलन गरी राखिएको ढुंगा प्राविधिक टोलीसहित गएको अनुगमनटोलीले नाप्दाको प्रारम्भिक रिपोर्टमा उक्त परिणाम ढुंगा देखिएको हो । उक्त परिणामको ढुंगा स्थानीय मुल्य अनुसार करिब ४० लाख बराबरको ...
आज सुन र चाँदीको भाउ बढ्यो

आज सुन र चाँदीको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २३ आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीक आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।...
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा बढीले पाए काम

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा बढीले पाए काम

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २१ गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । आव २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार ६ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस कार्यक्रममार्फत स्थानीय स्तरमा छनोट भएका योजनामा बेरोजगारको सूचीमा सूचीकृतहरुले यो रोजगारी प्राप्त गरेका हुन् । मन्त्रालयले गत आवमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको पनि जनाएको छ । विभिन्न ११ वटा आयोजनाहरुका लागि ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन अर्ब ८ करोड ३९ लाख रुपैयाँ चालुतर्फ र पूँजीगतर्फ ५ करोड ८१ लाख खर्च गरेर समग्रमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जम्मा ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ भने बेरुजु फछ्यौंट पनि ५५.५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत...
सुन तोलाको एक लाख नाघ्यो

सुन तोलाको एक लाख नाघ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २१ सुनको भाउ बढेर तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
सुनको भाउ लाख पुग्यो

सुनको भाउ लाख पुग्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २० सुनको भाउ बढेर लाखको नजिक पुगेको छ । आज सुन तोलाको २ सय रुपैयाँले बढेर तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको हो । आज सुनको भाउ बढेर अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।...