प्रदेश लेखा इकाई कार्यलय उदयपुरको भवन उद्घाटन
उदयपुर/ माघ ७ गते
उदयपुरमा प्रदेश लेखा इकाई कार्यलयको भवन मंगलबार उद्घाटन भएको छ । कोष तथा लेखा नियन्त्रण बाट भईरहेको आर्थिक भुक्तानि र प्रतिवेदनको कामलाई छिटो छरितो र सरल बनाउन सम्बन्धित कार्यलय स्थापना भएको हो ।
बिनियोजित बजेट भुक्तानी सँग बिषेश काम गर्ने यस कार्यलयले कार्यलयबाट आफ्नो काम पारदर्शीका साथ अगाडी बढाइसकिएको कार्यालय प्रमुख लेखा नियन्त्रक जीवन राजभण्डारीले बताउनुभयो । भण्डारीले आउने सेवाग्रागिहरुलाई सरल, र सहज तरिका बाट काम थालनी गरेको बताउनुभयो । प्रदेश संघीय सरकारबाट १ नम्बर प्रदेश अन्तर्गत उदयपुरमा विनियोजित बजेटको भुक्तानी र प्रतिवेदन गर्नेसम्मको अधिकार र जिम्मेवारीका साथ स्थापना भएको कार्यालयले सेवाग्राहीलाई चुस्त, दुरुस्त, पारदर्शी र छिटोछरितो ढंगले सेवा दिने लक्ष लिएको भण्डारीले बताउनुभयो ।
प्रदेश सांसदहरु विमल कार्की, हिमाल कार्की र अम्बिका थापाले भवनको उद्...





