Saturday, April 18News That Matters

खेलकुद

मलेसियालाई पछि पार्दै एसीसी यू–१९ को फाइनलमा नेपाल

मलेसियालाई पछि पार्दै एसीसी यू–१९ को फाइनलमा नेपाल

खेलकुद, समाचार
मेलेसियामा जारी एसीसी यू – १९ प्रतियोगीतामा मेलेसियालाई पछि पार्दै नेपाल फाईनलमा प्रवेश गरेको छ । १९ वर्ष भन्दा मुनीको एसियाली पूर्वी क्षेत्रीय प्रतियोगीतामा कप्तान रोहित पौडेल र भीम सार्कीले सहज ब्याटिङ गरेपछि नेपालले आयोजक टिमलाई सात विकेटले पछिपार्दै फाईनलमा प्रवेश गरेको हो । मलेशियाले ४०.५ ओभरमा ८७ रनको सामान्य स्कोर बनाएको थियो भने नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउँदै लक्ष्य पूरा गरेका थिए । सुरुवाती खेलमा नेपालले लगातार तीन खेलाडी गुमाएपछि केही बेर दबाबमा परेपनि कप्तान पौडेल र सार्कीले सरल ढङ्गले ब्याटिङ गरेरपछि टिमले जित हात पारेको थियो । कप्तान पौडेलले ३१ रन र सार्कीले ३३ रन जोडेको थियो । दुवैले दुई चौका र एक छक्का प्रहार गरेका थिए भने पवन सर्राफले १८ रन, रित गौतमले तीन तथा खडकबहादुर बोहोरा शून्यमा आउट भएको थियो ।   फाईनल खेलमा प्रवेश गरेको नेपालले हङ्कङ र सिङ्गा...

अपाङ्गताहरुको पारा खेलकुद सुरु, फुटबलमा सुनसरी विजयी

खेलकुद, समाचार
उदयपुर, असार २० गते । पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरीय पारा खेलकुद अन्र्तगत फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीले तिज हातपारको छ । शारिरीक अपाङ्गता भएका मानिसहरुको सहभागितामा भएको प्रतियोगिताका उद्घाटन खेलमा  सुनसरीले धनकुटालाई ५–० ले पछि पार्दै जित हात पारेको हो । सुरुवाती खेलदेखिनै आक्रमक रुपमा प्रस्तु भएका सुनसरीले १० र २१ औँ मिनेटमा उज्वल राईले गोल गरेको थियो । त्यसै गरि १७ औँ मिनेटमा कुसुम बुढाथोकीले थप १ गोल गरेको थियो । ५० मिनट निर्धारित समय रहेको खेलको दोस्रो हाफको ५ औँ र १० औँ मिनेटमा कप्तान रोहन खड्का र सुजन यायोख्खाले १÷१ गोल गरी टिमलाई ५ गोलको अग्रताले विजय बनाएका थिए । प्रतियोगिताको दुबै टिमतर्फ वहिरा खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता अन्र्तगत शनिबार बिहान हुने पहिलो खेलमा उदयपुरले मोरङ्गको सामना गर्नेछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको...
गाईघाटमा मुख्य मन्त्रि प्रदेश लिग सुरु

गाईघाटमा मुख्य मन्त्रि प्रदेश लिग सुरु

खेलकुद
  गाईघाट/असार १६ १ नं प्रदेश स्तरीय मुख्य मन्त्रि लिग गाईघाटमा आज बाट सुरु भएको छ । थारुहट रंगशालाको खेल मैदान स्थित १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्कीले खेलको उद्घाटन गरेको हो । आज पहिलो र दोस्रो खेल गरी ४ टिमले खेलेको छ । । पहिलो चरणको खेलमा खोटाङ र मोरङले खेलेका थिए । भने दोस्रो चरणमा उदयपुर र सोलुखुम्वुले खेलेका थिए । मोरङ र खोटाङले १/१ अंक बाँड्दै बराबरी अंक प्राप्त गरेको छ । मोरङको तर्फ बाट १ गोलले टिमलाई अग्रता दिरहदा खेलको अन्तिम समयमा खोटाङको तर्फ बाट पनि १ गोल गर्दै अंक बराबरी बनाएका थिए । दोस्रो चरणको खेलमा भने उदयपुरले ३ अंक प्राप्त गरेका छन् भने सोलुखुम्बुको शुन्य अंक रहेको छ । उदयपुरको तर्फबाट ५ गोलले टिमलाई अग्रता दिदै सोलुखुम्वुलाई शुन्य वनाएको थियो । पछि सोलोखुम्वुको तर्फ बाट १ गोल फर्काउदै १ गोल घटाएका थिए । भोलीको खेल ओखलढुङग...
भोली देखी मुख्य मन्त्रि प्रदेश लिग सुरु

भोली देखी मुख्य मन्त्रि प्रदेश लिग सुरु

खेलकुद
  गाईघाट/असार, १५ भोली देखी १ नं प्रदेश स्तरीय मुख्य मन्त्रि कप लिग प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटवल संघको आयोजना तथा प्रदेश नं १ को संयोजनामा खेल हुने भएको हो । १ नं प्रदेशका सबै जिल्लाहरुबाट १४ ओटा टिमहरुले खेल्ले भेनु आयोजक जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले बताए  । १४ ओटा टिमलाई उदयपुर, धरान र इलाम गरी ३ ओटा स्थानमा खेलाईने छ, जसमा थारुहट रंगशाला उदयपुर, इलाम ठुलो टुंडिखेल ईलाम, र धरान रंगशाला धरान सुनसरीमा खेल प्रतिस्पर्धा हुने अध्यक्ष  कार्कीले बताए । उदयपुरमा मोरङ, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखल्ढुङगा गरी ५ टिमले खेल्ले छन् । भने सुनसरीमा पनि तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, र सुनसरी गरी ५ टिमले नै खेल्ने छन् । यता इलाममा भने ४ टिमको खेल हुने छ । जसमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ रहेको छ । प्रत्ये सेन्टर बाट २ ओटा टिम फाईनलम...
खेलकुद
  बिक्रम राई उदयपुर/ आसार ७ उदयपुरमा जारी उदयपुर रमपम गोल्डकप आज बाट सकिएको छ । फाईनल खेल हेर्नलाई दर्शकको निकै उत्साहजनक उपस्थिति रह्यो । अन्य दिनहरु भन्दा आज दोब्बर दर्शकहरुको उपस्थिति रहेको आयोजकले बताए । बिभिन्न टिमलाई हराउँदै फाईनलमा प्रबेश गरेका गोर्खा व्वाईज रुपन्देही  भर्सेस  एपिएफ काठमाण्डोले फाइनल खेल खेलका थिए । १–० को अन्तरले एपिएफ काठमाण्डोले उपाधी चुम्न सफल भए । फाइनल खेल उसै पनि राम्रो हुनुमा स्वभाविक नै रहेको र  फाइनलमा उत्कृष्टि टिमहरुले नै चान्स पाउनुका साथै उपाधी कस्ले लाने हो भन्ने दर्शकहरुको उत्कुसुकताले नै फाईनलमा दर्शकको ओइरो लागेको मूल आयोजक समितिका कोषाध्यक्ष ज्ञान मगरले बताए । मगरका अनुसार आज फिल्ड भित्र दर्शकहरुलाई फाइनल हेर्न निकै समस्या परेको आयोजकले महसुस गरेको छ । मगरले धेरै दर्शकहरुको उपस्थितिले बसेर खेल हेर्न ठुलो समस्या रहेको र द...
छैठौं रमपम उदयपुर गोल्डकपको उपाधी सशस्त्रले चुम्यो

छैठौं रमपम उदयपुर गोल्डकपको उपाधी सशस्त्रले चुम्यो

खेलकुद, समाचार
उदयपुर, असार ७ गते ।  उदयपुरको थारुहट रंगशाला गाईघाटमा सञ्चालन भएको छैठौँ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ काठमाडौं (सशस्त्र प्रहरी क्लव) ले चुमेको छ । उपाधी चुमेसंगै सशस्त्रले नगद पाँचलाख नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन परेको गोर्खा ब्वाईज रुपन्देहीले नगद तीनलाख पुरस्कार प्राप्त गरेको छ । विजेतालाई १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार र शिल्ड प्रदान गर्नुभयो । उपविजेतालाई पूर्व राज्यमन्त्री मञ्जुकुमारी चौधरी र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुरस्कार प्रदान गर्नुभयो । शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो । खेलको ७३ औं मिनेटमा सशस्त्रको तर्फबाट १४ नम्बरका खेलाडी स्याम नेपालीले पहिलो गोल गरेका थिए । पहिलो हाफसम्म दुबै टिमबाट गोल हुन नसकोको प्रतियोगितामा थपह...
दुवै टिम जितको दाविमा

दुवै टिम जितको दाविमा

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, असार, ६ गते ।  उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्कपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ । गोर्खाव्वाइज रुपन्देही र एपिएफ काठमाण्डोको फाइन खेल भोली हुदै छ । संर्घष पूर्ण अवस्था बाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए । खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका कोषध्यक्ष ज्ञानेन्द्र मगरले बताए । एपिएफको कोच सुदिप श्रेष्ठले फाइनलमा पुग्ने कुनै पनि टिम मजबुत रहने बताए । उनले रुपन्देहीलाई मजबुद टिम रहेको भएता पनि जितको पूर्व लक्ष्य राखेको बताएको छ । यस्तै रुपन्देहीका टिम कोच जगु खड्काले पनि एपिएफ नेपालको उत्कृष्ट टिम भएरै फाइनलमा पुगेको बताउँदै भोली हुने खेलमा आफ्नो जित रहने बताए ।  ...
गोर्खा व्वाईज फाईनलमा प्रवेश

गोर्खा व्वाईज फाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ५ गते ।  उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपका विहिबारको खेलमा आयोजक टिमलाई ४–१ ले पछि पार्दै गोर्खा व्वाईज फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा उदपयुर ११ लाई पछि पार्दै गोर्खा व्वाईज क्लव फाईनलमा प्रवेश गरेको हो । खेल सुरु भएको २ मिनटमा गोर्खा व्वाईजका जर्सी न. १२ को सुनिलकुमार यादवले गोल गरी आफ्नो टिमको खाता खोलेको थियो । त्यसै गरी १८ औँ मिनट जर्सी न. ९ का डेनियलले दोस्रो गोल गरको थियो भने २२ औँ मिनटमा जर्सी न. ७ का फोफानाले तेस्रो गोल र ८२ औँ मिनटमा चौथो गोल गर्दै आफ्नो टिमलाई विजय गराएको थियो । आयोजक टिमको घरेलु मैदान भएपनि हाप समय सम्म गोल गर्न सकेको थिएन  । हाप समयपछि ७९ औँ मिनटमा आयोजक टिमको जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल गर्दै टिमको खाता खोलेका थियो । दर्शकको राम्रो साथ पाएका आयोजक टिमले एक गोलमा चित्त बुझाउनु परेको छ । ...
एपिएफ फाईनलमा प्रवेश

एपिएफ फाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ४ गते ।  उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपको बुधबार खेलमा मोरङ फुटबल एकेडेमीलाई २–० ले पछि पार्दै सशस्त्रको एपिएफ फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा मोरङलाई पछि पार्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । खेल सुरु भएको ११ औँ मिनटमा एपिएफका जसी न. ९ को हरी कार्कीले गोल गर्दै खाता खोलेका थियो भने जर्सी नं १६ का प्रविन स्यान्त्याङ्ग दोस्रो गोल गरेको थियो स्यान्त्याङले गरको  गोल निर्णयक गोल हुन पुग्यो भने कार्की उत्कृष्ट खेलाडी घोषीत भएको थियो । मध्यान्नपछि मोरङले आफ्नो रणनीतिलाई परिवर्तन गरे पनि मोरङका स्ट्राईकर नवयुग श्रेष्ठलाई विपक्षी खेलाडीले अगाडी बढ्न नदिएपछि थुप्रै अवसर गुमाउनु पर्यो । रणनीति सफल हुनु र मेहनतको अनुसारको नतिजा आएको एपिएफका कोच सदिप श्रेष्ठले बताए । पानीमा खेल्ने बानी नपरेपनि वललाई होल्ड नगरी सुख्खा मैदानमा लैजाने...
सेमी फाईनलको पहिलो चरणको खेलमा दर्शक घट्यो

सेमी फाईनलको पहिलो चरणको खेलमा दर्शक घट्यो

खेलकुद
  उदयपुर/असार, ४ उदयपुरमा जारी रमपम उदयपुर गोल्डकपको सेमिफाईनलको खेलमा दर्शको चाप न्युन रहेको आयोजकले जनाएको छ । हिजो सम्म भएको नकआउट खेलको अन्तिम खेलका टिम संकटा र रुपन्देहीको खेल हेर्ने दर्शको चाप भने उच्च रहेको आयोजकले जनाए । मूलआयोजक समितिका कोषाध्यक्ष ज्ञानेन्द्र मगरका अनुसार हिजोको ख्याती प्राप्त टिम भएको कारणले पनि दर्शकले बढ्दो उपस्थिति जनाएको बताएको छ । आज खेल भन्दा अगाडी नै परेको पानीका कारण पनि दर्शकले खेल हेर्न नसकेको मगरको भनाई छ । हिजो झण्डै २ हजारको हाराहारीमा भएको दर्शक आज भने १५ सयको हाराहारीमा मात्र सहभागी रहेको आयोजकको अनुमान छ । यस्तै गरी हिजो साधारण टिकट मात्रै ८५० पिस बिक्रि गरेको थियो भने, आज ६ सय पिस मात्र बिक्रि गरिएको छ । भोली हुने सेमिफाईनलको अन्तिम चरणको खेलमा ३५ सय हाराहारीमा दर्शक उपस्थित हुनेमा आयोजक ढुक्क रहेको छ भने १५ सय पिस टिकटक...