Friday, June 26News That Matters

खेलकुद

एपिएफ फाईनलमा प्रवेश

एपिएफ फाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ४ गते ।  उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपको बुधबार खेलमा मोरङ फुटबल एकेडेमीलाई २–० ले पछि पार्दै सशस्त्रको एपिएफ फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा मोरङलाई पछि पार्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । खेल सुरु भएको ११ औँ मिनटमा एपिएफका जसी न. ९ को हरी कार्कीले गोल गर्दै खाता खोलेका थियो भने जर्सी नं १६ का प्रविन स्यान्त्याङ्ग दोस्रो गोल गरेको थियो स्यान्त्याङले गरको  गोल निर्णयक गोल हुन पुग्यो भने कार्की उत्कृष्ट खेलाडी घोषीत भएको थियो । मध्यान्नपछि मोरङले आफ्नो रणनीतिलाई परिवर्तन गरे पनि मोरङका स्ट्राईकर नवयुग श्रेष्ठलाई विपक्षी खेलाडीले अगाडी बढ्न नदिएपछि थुप्रै अवसर गुमाउनु पर्यो । रणनीति सफल हुनु र मेहनतको अनुसारको नतिजा आएको एपिएफका कोच सदिप श्रेष्ठले बताए । पानीमा खेल्ने बानी नपरेपनि वललाई होल्ड नगरी सुख्खा मैदानमा लैजाने...
सेमी फाईनलको पहिलो चरणको खेलमा दर्शक घट्यो

सेमी फाईनलको पहिलो चरणको खेलमा दर्शक घट्यो

खेलकुद
  उदयपुर/असार, ४ उदयपुरमा जारी रमपम उदयपुर गोल्डकपको सेमिफाईनलको खेलमा दर्शको चाप न्युन रहेको आयोजकले जनाएको छ । हिजो सम्म भएको नकआउट खेलको अन्तिम खेलका टिम संकटा र रुपन्देहीको खेल हेर्ने दर्शको चाप भने उच्च रहेको आयोजकले जनाए । मूलआयोजक समितिका कोषाध्यक्ष ज्ञानेन्द्र मगरका अनुसार हिजोको ख्याती प्राप्त टिम भएको कारणले पनि दर्शकले बढ्दो उपस्थिति जनाएको बताएको छ । आज खेल भन्दा अगाडी नै परेको पानीका कारण पनि दर्शकले खेल हेर्न नसकेको मगरको भनाई छ । हिजो झण्डै २ हजारको हाराहारीमा भएको दर्शक आज भने १५ सयको हाराहारीमा मात्र सहभागी रहेको आयोजकको अनुमान छ । यस्तै गरी हिजो साधारण टिकट मात्रै ८५० पिस बिक्रि गरेको थियो भने, आज ६ सय पिस मात्र बिक्रि गरिएको छ । भोली हुने सेमिफाईनलको अन्तिम चरणको खेलमा ३५ सय हाराहारीमा दर्शक उपस्थित हुनेमा आयोजक ढुक्क रहेको छ भने १५ सय पिस टिकटक...
गोर्खा व्वाईज क्लव सेमिफाईनलमा प्रवेश

गोर्खा व्वाईज क्लव सेमिफाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ३ गते ।  छैटौँ उदयपुर रमपम गोल्डकपका मंगलबारको खेलमा गोर्खा व्वाईज कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । गोर्खा व्वाईज क्लव रुपन्देहीले २–१ ले सङ्कटा क्लव काठमाण्डौँ लाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्प्रधात्मक खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफानाले गोल गर्दै आफ्नो टिमको खाता खोलको थियो । लगातार अर्को गोल ६५ औँ मिनटमा जर्सी नम्बर ९ का डेनिलले गरेको थियो । भने ८९ औँ मिनटमा सङ्कटा क्लवका जर्सी नम्बर ६ को अमित तामाङ्ले गोल गर्दै आफ्नो टिमको खाता खोलेको थियो । आक्रमक रुपमा खेल मैदानमा उत्रेका दुवै टिमका खेलाडीहरुले गोल गर्ने प्रयास गरेपनि हाप समयसम्म गोल हुन सकेको थिएन । उत्कृष्ट खेलाडी गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफाना घोषित गरे भने नगद सात हजार, म्यडल प्रदान गरेको थियो । दौड र बल नियन्त्रमा खेलाडीहरुले रा...
खेलकुद
  उदयपुर/असार, ३ उदयपुरमा जारी रमपम उदयपुर गोल्डकपको तेस्रो दिन दर्शकहरुको सामान्य उपस्थिति रहेको आयोजकले बताएको छ । खेलको पहिलो र दोस्रो दिन भन्दा तेस्रो दिन दर्शकको चाप केहि कम भएको मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जानकारी दिए । चौधरीले पहिलो लेभलको राष्ट्रिय टिम, घरेलु टिम र उद्घाटन खेल तथा पहिलो दिन दर्शकले निकै उत्साहजनक सहभागीता जनाउने आजको दर्शक सहभागीताले प्रष्ट पारेको जनाए । पहिलो दिन सुरुको खेल हेर्नका लागि पनि मान्छे निकै उत्साहाले सहभागीता भएको र दोस्रो दिन घरेलु टिमलाई जिताउन र हौसाला थप्न दर्शकले सहभागीता जनाएको चौधरीको अनुमान छ । तेस्रो दिन दर्शक सहभागीतामा कम हुनुका कारण पहिलो लेभलको राष्ट्रिय टोली मनाङ मस्र्याङदी जस्ता टिम नआउनु र दोस्रो लेभलको टिमको सहभागिताले पनि दर्शको चाप कम भएको चौधरीको अनुमान छ । बिभिन्न समस्या र अन्य ठाउँहरुमा समे...
मोरङ विजयी

मोरङ विजयी

खेलकुद, समाचार
उदयपुर, असार २ गते । छैठौं रमपम उदयपुर गोल्डकपको तेस्रोदिनको खेलमा मोरङ फुटबल क्लव विजयी भएको छ । निर्धारित ९० मिनेटको खेलमा २–२ गोल बराबरीमा टुंगिएपछि टाईबेक्ररमा नेपाल प्रहरी क्लवलाई ४ को विरुद्ध ६ गोल गर्दै विजयी भएको छ । खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो गोल गरेर खाता खोलेको थियो । १९ औं मिनेटमा प्रहरीको जर्सी नंं १२ का रविन पासवानले गोल गरेर बराबरीमा पुर्याएको थियो । ४३ औं मिनेटमा मोरङको तर्फबाट आत्मघाती गोल हुनपुग्दा प्रहरीले अग्रता पाएको थियो । मोरङको जर्सी नं. ४ का विकास खवासले पोल नजिकै रोक्न खोजेको बल नियन्त्रण गर्न नसकेपछि पोलपित्र छिरेको थियो । त्यस्तै दोस्रो हाफको २५ औं मिनेटमा मोरङका जर्सी नं. १२ का नवयुग श्रेष्ठले नै गोल गरी खेललाई फेरी बराबरीमा पुर्याएको थियो । निर्धारित समयसम्म खेल बराबरी भएपछि खेल टाईब्रेकर भएको थियो । टाईब्...
दोस्रो दिन पनि दर्शको चाप बढ्यो

दोस्रो दिन पनि दर्शको चाप बढ्यो

खेलकुद, समाचार
  उदयपुर/ असार, २ उदयपुरमा भईरहेको रमपम उदयपुर गोल्डकपको दोस्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागीता रहेको आयोजकले जनाएको छ । दोस्रो दिन घरेलु टिम भएको कारणले पनि दर्शकहरुले गोल्डकपमा उच्च सहभागीता जनाएको मुल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जनाए । चौधरीका अनुसार दर्शकको हौसाला र हुटिङले पनि खेललाई थप सहयोग पुगेका कारण घरेलु टिमले पहिलो चरणको खेलमा जित हासिल गरेकोे दावि छ । घरेलु टिमलाई जिताउनकै लागि पनि दर्शकहरुले दोस्रो दिन ठुलो सहभागीता जनाएको चौधरीले जनाए । पहिलो दिन साधारण टिकट ८ सय पिस गएका थिए भने दोस्रो दिन ११ सय टिकट बिक्रि भएको आयोजकले बताएको छ ।  ...
उदयपुरले रच्यो नयाँ इतिहास

उदयपुरले रच्यो नयाँ इतिहास

खेलकुद, समाचार
उदयपुर, असार १ गते ।  छैठौं रमपम उदयपुर गोल्डकपको दोस्रोदिनको खेलमा उदयपुर ११ ले झापा ११ लाई ० को विरुद्ध १ गोल गर्दै जित हात पारेको छ । ए लेबलको गोल्डकपमा उदयपुरले जितेको यो अहिलेसम्मकै एतिहासिक सफलता हो । उदयपुरमा भएको  गोल्डकपको छैठौं संस्करणसम्म आउदा पहिलोचरणमा पराजित ब्यहोर्ने उदयपुरले यसपटक जीतेपछि नयाँ इतिहास रचेको हो । यसले उदयपुरे खेलाडीको मनोबल पनि उच्च बनेको छ । खेलको ३८ औं मिनेटमा उदयपुरका १५ नम्बरका खेलाडी दिपक गुप्ताले पहिलो गोल गरेका थिए । विपक्ष टिमबाट पहिले गोल खाएपछि आक्रमक बनेको झापालाई उदयपुरले रोक्न सकेपछि दिपकको गोल नै निर्णायक बन्नपुग्यो । अनगिन्ती अबसरहरु चुकाएको झापाले उदयपुरको कडा भिफेन्सबाट पराजित ब्यहोर्नु परेको थियो । दुई विदेशी खेलाडीसहितको झापालाई घरेलु टिमले पराजित गरेपछि उदयपुरको खेलको उच्च मूल्यांकन पनि भएको छ । खेलको म्यान अफ दि म्याच दिपक नै...
खास स्टाईकरलाई विपक्षीले छेकेकाले पराजय : टिम मेनेजर सन्जिब

खास स्टाईकरलाई विपक्षीले छेकेकाले पराजय : टिम मेनेजर सन्जिब

खेलकुद, समाचार
उदयपुर, जेठ ३२ गते । शनिबारबाट सुरु छैठौं रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा बलियो टिम भएर राम्रै खेलेपनि न्यूस्टार क्लव सुनसरीले हराजय व्यहोर्नु परेको छ । टिमको एक विदेशी खेलाडी ३ नं. स्टाईकरलाई विपक्षीले छेक्ने रणनीति अपनाएपछि पराजित ब्यहोर्नु परेको विश्लेषण छ । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सो क्लव २ को विरुद्ध १ गोल मात्र गरेर पराजय भोगेको हो । खेलमा हार र जीत स्वभाविक रहेको भन्दै न्यूस्टारका टिम मेनेजर सन्जिब बस्नेतले सशस्त्रको टिम सधै खेल्ने सेटमा रहेको र आप्mनो खेलाडी संकलन गरिएकाले पनि खेल मिलाउन नसक्दा पराजय भोग्नु परेको बताए । पहिलो हालसम्म बराबरी रहेको दुबै टिमको रोचक र प्रतिष्पर्धात्मक खेल जमिरहेको बेला दोस्रो हाफको १३ औं मिखेनेटमा सशस्त्रका ९ नंं प्रविन स्यान्ताङले पहिलो गोल गरेर अग्रता गरेको थियो । २८ औं मिनेटमा न्यूस्टारको तर्फबाट ८ नं. विदेशी खेलाडी अउरेल...
विपक्षीको ३ नं. विदेशी खेलाडीलाई छेक्ने सशस्त्रको रणनीति सफल : कोच सुदिप

विपक्षीको ३ नं. विदेशी खेलाडीलाई छेक्ने सशस्त्रको रणनीति सफल : कोच सुदिप

खेलकुद, समाचार
उदयपुर, जेठ ३२ गते छैठौं रमपम उदयपुर गोल्डकपमा विपक्षी टिम सशक्त हुँदाहुँदै पनि नेपाल सशस्त्र प्रहरी क्लवले शनिबार जीत हात पारेको छ । २–१ को अन्तरले क्लवले जीत हात पारेको हो । तीनजना विदेशी खेलाडी रहेको न्यूस्टार क्लव सुनसरीलाई पराजित गरेर खेलयात्रा तय गरेको हो । सुरुदेखि नै बललाई नियन्त्रणबाहिर जान नदिनु, विपक्षी टिमको विदेशी खेलाडी ३ नं. स्ट्राईकरलाई चल्न नदिने रणनीति लिनु र खेलाडीको मेहनतको परिणाम स्वरुप जीत हात परेको टिम कोच सुदिप श्रेष्ठले बताए । ३ नं. स्ट्राईकर यनिक वोनालाई चल्न नदिएपछि गोल हान्न नसकेको उनले बताए ।  बीचमा डिफेन्समा कमजोरी देखिएको क्लवले विपक्षीको एक गोल ब्यहोर्नु पर्यो । “डिफेन्सको खटपटका कारण गोल खानु पर्यो” उनले भने । विपक्षी टिम एडिभिजन खेल्ने भएकोले कमजोर ठानिएको थिएन । पूर्वको टिमलाई कमजोर नठानेको उनले बताए । विदेशी खेलाडी दुईजनासम्मलाई खासै समस्याको रु...
गोल्डकपमा उत्साहजनक दर्शक

गोल्डकपमा उत्साहजनक दर्शक

खेलकुद, समाचार
  उदयपुर/ जेष्ट, ३२ उदयपुरमा सूरु छैटौँ रमपम उदयपुर गोल्डकपको पहिलो दिन उत्साहजनक दर्शकको सहभागीता रह्यो । विगतको दाँजोमा यसपटक प्रचारप्रसार कम भएता पनि पहिलो दिन दर्शकको उत्साहजनक सहभागीता रहेको मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए । पहिलो दिनमै साधारण टिकट ८ सय  र भिआइपी टिकट ७ सयको हाराहारीमा विक्री भएको चौधरीले बताए । दर्शकको उत्साहजनक सहभागीताले खेलको शोभा बढेको छ भने खेलाडीहरुलाई हौसाला र उत्साह बढाएको उनले बताए । खेल मनोरन्जक र रोचक बनेको दर्शहरुको प्रतिक्रिया छ । “पहिलो दिनको खेल राम्रो टिमहरुबीच रहेकाले राम्रो हेर्न पाईयो ।” गाईघाटका कृष्ण मगरले भने । गोल्डकपको मुख्य सहयोगकीको रुपमा दर्शकलाई लिएको आयोजकले आगामी दिनमा अझ थपिने आशा गरेको छ । गोल्डकपमो मुख्य प्रायोजक उदयपुर सिमेन्ट उद्योग रहेको छ ।...